भर्खरै :

खेलकुदमा महिलाभन्दा पुरूष मानसिक र शारीरिक दुव्र्यवहारको बढी सिकार

लन्डन, २७ नोभेम्बर (एएफपी) । खेलकुदमा पुरूष खेलाडीभन्दा महिला खेलाडी बढी पीडित हुने सम्भावना रहेको शनिबार सार्वजनिक गरिएको ६ वटा युरोपेली मुलुकका १० हजारभन्दा बढी व्यक्तिको अध्ययनले देखाएको छ ।
तीनचौथाइ बालबालिकाले खेलकुदमा दुव्र्यवहारको सामना गर्नुपरेको उक्त अध्ययनले देखाएको छ । युरोपेली सङ्घद्वारा सञ्चालित अध्ययनले देखाएअनुसार विद्यालयबाहिर खेलकुदमा भाग लिने केटाकेटीले प्रशंसाको कमीदेखि लिएर अपमानजनक उपचारसम्म भोग्नुपरेको र सबैभन्दा सामान्य प्रकारको दुव्र्यवहार मनोवैज्ञानिक रहेको उक्त अध्ययनले देखाएको छ ।
खेलकुदमा बाल दुव्र्यवहार शीर्षकमा सर्वेक्षण गरिएको र सर्वेक्षणमा संलग्नहरूमध्ये झन्डै दुईतिहाइले मानसिक दुव्र्यवहार भोगेको पाइएको छ अर्थात् ४४ प्रतिशत खेलकर्मीले शारीरिक हिंसा भोगेका थिए ।
उक्त रिपोर्टका प्रमुख लेखक तथा इङ्गल्यान्डको ‘एज हिल’ विश्वविद्यालयका प्राध्यापक माइक हार्टिलले उक्त निष्कर्षले देखाएअनुसार युरोपमा खेलकुदमा शासन गर्नेहरूले खेलकुदमा बालबालिकाको अधिकार संरक्षण गर्न ‘अत्यन्तै थोरै’ प्रयत्न गरेका छन् । उनीहरूले ‘नीतिमात्र बनाउनुभन्दा यसलाई कार्यान्वयनमा लान अझै धेरै’ गर्नुपर्छ ।
“हामीले पत्ता लगाएका कुराहरू पक्कै पनि सा¥है चिन्ताका विषय हुन् । हालैका समयमा हामीले खेलकुदमा बाल दुव्र्यवहारका धेरै उच्च–प्रोफाइल घटनाहरू देखेका छौँ, तर यस अनुसन्धानले हामीलाई समस्याको व्यापकता अझ स्पष्टसँग बुझ्न मद्दत गर्छ”, हार्टिलले भन्नुभयो ।
एज हिल विश्वविद्यालय र जर्मनीको वुपरटल विश्वविद्यालयको नेतृत्वमा गरिएको यस अध्ययनले १८ वर्ष पुग्नु पहिल्यै खेलकुदमा भाग लिएका १८ देखि ३० वर्षका व्यक्तिहरूलाई प्रश्न गरेको थियो । अध्ययनले दुव्र्यवहारको सबैभन्दा धेरै घटना अन्तर्राष्ट्रिय तवरमा प्रतिस्पर्धा गरेका बालबालिकाहरूमा रहेको देखाएको छ । त्यस स्तरमा ८४ प्रतिशत किशोरकिशोरीहरूले कुनै न कुनै प्रकारको दुव्र्यवहार भोगेका थिए ।
समाजशास्त्रका विशेषज्ञ हार्टिलले अक्सर प्रशंसा वा प्रोत्साहनको अभावलाई खेलकुदको दुव्र्यवहारको रूपमा उल्लेख गरिएको बताउनुभयो ।
“केटाकेटीको प्रशंसा गर्न नदिनु हानिकारक हुनसक्छ ।” मोनाको वल्र्ड एथलेटिक्सको मुख्यालयमा अध्ययन सुरू गर्नुपूर्व एक गोष्ठीमा बोल्दै उहाँले बताउनुभयो । यो हल्का घटनादेखि लिएर अझ गम्भीर दुव्र्यवहारको लागि सङ्केतको रूपमा प्रयोग हुनसक्छ ।
अस्ट्रिया, बेल्जियम, जर्मनी, रोमानिया, स्पेन र बेलायतको वालोनिया क्षेत्रमा जम्मा १० हजार ३०२ जनालाई प्रश्न गरिएको थियो । तिनीहरूलाई मतदान कम्पनी ‘इप्सोस मोरी’द्वारा वितरण गरिएको अनलाइन प्रश्नावली पूरा गर्न आग्रह गरियो र रोचक जवाफहरूले अनुसन्धाताहरूका लागि थप प्रश्नहरू खडा ग¥यो । अध्ययन गरिएका युरोपेली मुलुकमध्ये बेल्जियममा सबैभन्दा बढी ८० प्रतिशत दुव्र्यवहार थियो भने सबैभन्दा कम अस्ट्रियामा (७० प्रतिशत) थियो । अस्ट्रियाबाहेक सबै देशमा केटाहरूले हिंसाको सामना गर्ने सम्भावना निकै बढी थियो ।
सहलेखक प्राध्यापक बेटिना रूलोफ्सले बताएअनुसार विशेषगरी एउटा निष्कर्षले अनुसन्धाताहरूलाई छक्क पारेको थियो । “खेलकुदमा लागेका केटीहरूको तुलनामा यौन हिंसाको शिकार पुरूषहरू बढी हुनु उल्लेखनीय कुरा हो ।” लेखकहरूले उक्त रिपोर्टले देखाएअनुसार थुप्रै खेलकुद निकायहरूले मनोवैज्ञानिक विषयहरूमा यौन हिंसाविरूद्ध सुरक्षाबाहेक आफ्नो नीति विस्तार गर्न असफल भएका छन् ।
हार्टिलले भन्नुभयो, “दुःखको कुरा, यी निष्कर्षले खेलकुदमा गहिरो जरा गाडेर रहेका विवादहरू समाधान गर्न खासै केही गरेको छैन भन्ने सङ्केत गर्छ ।”
“युरोपमा खेलकुदलाई हेर्ने संस्था तथा नेतृत्वले नीति निर्माण गरेरमात्र पुग्दैन । यो समस्या अन्ततः खेलकुदमा वयस्क र बच्चाहरूबीचको सम्बन्धभित्रै आधारित हुन्छ ।”
तथापि, उक्त रिपोर्टले खेलकुदको दुव्र्यवहार समग्र समाजमा भन्दा धेरै कम रहेको देखाएको छ । रिपोर्टअनुसार ८५ प्रतिशत वयस्कहरूले केटाकेटीको हैसियतमा खेलकुदबाट सकारात्मक अनुभव गरेको पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *