हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, ११ मङ्सिर । निओ फ्युजन स्कूल अफ कम्प्युटरको प्रमाणपत्र तथा प्रशसापत्र वितरण कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा बाग्मती प्रदेशका सांसद तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले युवा–विद्यार्थीहरूले पैसाकै लागि जे पनि गर्न नहुने बताउनुभयो । विद्यार्थीहरूलाई देश हितविपरीतको एमसीसी सम्झौताबारे जानकारी दिँदै सांसद गोसाईले साम्राज्यवादी शक्तिले नेपाललाई आफ्नो क्रिडास्थल बनाउन डलरको लोभ देखाइरहेको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता पारित भए नेपालले पनि अफगानिस्तानको हालत भोग्नुपर्ने बताउनुभयो ।
सांसद गोसाईले विद्यार्थीलाई आफ्नो पढाइका साथै देश र समाजको हितको विषयमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले युवा विद्यार्थीले विदेश जान मरिहत्ते गर्न नहुने बताउनुभयो । उहाँले विदेश जानको लागि नेपाली समाजमा अनैतिक र असामाजिक गतिविधि भएका विभिन्न अनुभव सुनाउनुभयो ।
निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले युवा–विद्यार्थीलाई विभिन्न रचनात्मक र प्राविधिक ज्ञान दिने उद्देश्यले तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै तालिमका साथै समाजप्रति जिम्मेवार पनि बन्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न तालिम प्राप्त विद्यार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
Leave a Reply