नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
पूर्वपञ्चहरूको पार्टीको रूपमा चिनिने राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनले कमल थापाको ‘साम्राज्य’ भत्काएको खबर प्रकाशमा आए पनि राप्रपाका नेताहरू सामन्ती विचारबाट ग्रसित छन् । आफ्ना प्रतिद्वन्द्वी कमल थापा पार्टीको महाधिवेशनमा पराजित भएपछि अध्यक्षमा निर्वाचित लिङ्देनले पद तथा गोपनीयताको शपथग्रहण ईश्वरको नाममा गरे । ईश्वरको नाउँमा शपथ खाएर पार्टी सुदृढ हुने होइन । विज्ञान र प्रविधिको यो युगमा ईश्वर र राजाको महिमा गाएर देश विकास हुने होइन, नेपाली जनताको सांस्कृतिक स्तर उठ्ने होइन । ईश्वरको नाउँमा शपथ लिनुको अर्थ राप्रपा सामन्तहरूको प्रतिनिधित्व गर्ने दल हो भन्ने कुरा बुझ्न सकिन्छ ।
समाजमा अहिले पनि अन्धविश्वास, कुरीति, विसङ्गगति र विकृति कायम भइरहनुको कारण सामन्ती समाजकै अवशेष हो । सामन्तहरू समाजमा कुरीति तथा कुप्रथा यथावत राख्न चाहन्छन् । उनीहरूले सर्वसाधारण जनतालाई धर्म कर्ममा अल्झाएर शोषण र शासन गरिरहेका हुन्छन् । सामन्ती सरकारले जनतालई राजनीतिक चेतना र वैज्ञानिक शिक्षा दिने काम गरेन । ईश्वर नै संसारका स्रष्टा हुन्, यो संसार ईश्वरको कृपामा अडेको छ, ईश्वर नै सबथोक हुन् भनी उनीहरू पाठ घोक्छन् र अरूलाई घोकाउँछन् । त्यही भएर पञ्चायती व्यवस्था अन्त्य भएको दशकौँ पछि पनि संसद्मा सांसदहरूले ईश्वरको नाउँमा शपथग्रहण गरिरहे । हालै सम्पन्न भएको राप्रपाको महाअधिवेशनमा निर्वाचित पार्टीका नेताहरूले पद तथा गोपनीयताको ईश्वरको नाउँमा शपथग्रहण गरे ।
विज्ञान र प्रविधिको यो युगमा मन्त्री तथा सांसदहरूले ईश्वरको नाउँमा शपथग्रहण गर्न नहुने कुरा नेमकिपाले बेलैमा उठाएको थियो । ईश्वरको सट्टा देश र जनताको नाउँमा शपथ गर्नुपर्ने कुरा नेमकिपाले उहिल्यै संसद्मा उठाएको हो । ईश्वरको नाउँमा शपथ खान मिल्दैन भनी नेमकिपाले पटक–पटक संसद्मा आवाज उठाउँदा कम्युनिस्ट र प्रजातान्त्रिक भनिने दलका नेताहरू मुसुमुसु हाँसेर बसे । कति वर्ष त नेमकिपाको कुरा मान्नुपर्ला भनेर शपथग्रहणको व्यहोरा सच्याउनुबारे सत्तारुढ दलका नेताहरूले ख्यालै गरेनन् । अतः राप्रपाको नेतृत्व जुन नेताले गरे पनि, राप्रपामा पुस्ता हस्तान्तरण भने पनि राप्रपा सामन्तवादकै पक्षमा उभेको हुन्छ । ती दलका नेताहरू राजालाई फर्काउन चाहन्छन्, राजाको गुणगान गरेर शोषण यथावत राख्न चाहन्छन् । पात्र फेरिँदैमा सोच र चिन्तन फेरिँदैन । राप्रपा पूर्वपञ्चहरूको दल नै हो, राजावादी दल हो । यसले सामन्तहरूको प्रतिनिधित्व गर्छ ।
Leave a Reply