घरेलु तथा साना उद्योग प्रवद्र्धनमा जोड दिनुपर्ने
- असार ६, २०८३
पिता र पुत्र गफ गरी गरी
चढ्छन् पहाड स्वाँ–फ्वाँ गरी
कहिले उकालो, कहिले ओरालो
लाग्छन् दुवै आँट बटुली ।
दुवैमा थियो जोस र जाँगर
पितामा भन्दा पुत्रमा बेसी
भन्थ्यो पुत्र अलिकति छिटो
हिँड्नुस् बाबा ¤ अबेर नगरी
पिता ः (मुसुक्क हाँस्दै)
हुन्छनि पुत्र, सँगसँगै जाऔँला
त्यो धाममा हामी छिट्टै पुगाँैला
दगुर्नु हुन्न पहाडमा बाबू
चिप्लिएर लडी खोँचैमा पुगौँला !
पुत्र ः हिँड्दा हिँड्दै आज
डुब्न लाग्यो घाम
पुग्ने हो कहिले
त्यो पवित्र धाम !
पिता ः पुगिन्न आज
बास बस्नु पर्ला,
बसेर बास कतै
भोलि हिँड्नु पर्ला !
पुत्र ः उः त्यो पर
घर देखेँ मैले
गोधुलीमै पुगौँ
त्यो घरमा अहिले
(दुवै उकालो चढ्छन्)
पिता ः (घर अगाडि पुगेर)
को हुनुहुन्छ घरमा ?
एकक्षण आउनुस् !
घाम डुब्न थाल्यो
बास यहाँ दिनुस् !
पुत्र ः (मुसुमुसु हाँस्दै पितालाई आँखा झिम्काउँछ)
(सानो स्वरमा) मिठो मिठो बास्ना
आउँदै छ बाबा !
महाजन नै त होलान्
यहीँ बस्नै पर्ला !
(घरकी महिला बाहिर आउँदै)
महिला ः कहाँबाट आ’ को
कहाँ जाने यात्री ?
अँध्यारो रातमा
खाएर सास्ती ।
पिता ः मायाको खानी
भन्ने त्यो गाउँ
पुग्नलाई आ’ को
लिँदा लिँदै नाउँ ।
महिला ः सोधेर आउँछु एकक्षण पर्ख
दुःख नमानिकन पिँढिमै बस !
(महिला र पुरुषको खासखुसपछि पुरुष बाहिर आउँछ)
पुरुष ः ठाउँ छैन यात्री, दुःख नमान्नु होला
परिवार हाम्रो अति नै छन् ठूला,
बिस्तारै हिँड्नू ठाउँ अरू होला
आरामसाथ त्यहीँ बस्नु होला !
पिता ः जनिगर बिन्ति, बास आज दिनू !
रात प¥यो अहिले अब कहाँ जानु ?
पुरुष ः (जङ्गिएर)
छैन भनेपछि छँदै छैन
होटल–लज हाम्रो यो होइन ।
मिजास गर्दै छु बिस्तारै जानू
नराम्रो होला अहिले सोच्नू !
(दुवै त्यहाँबाट फर्कन्छन्)
पुत्र ः त्यो ठूलो घरले किन बास दिएन
विश्वास हाम्रो किन उसले गरेन ?
पिता ः चुप लागी हिँड, बाटोमुनि खस्लाऊ !
यस्तै हो संसार तिमी बुझ्दै जालाऊ ।
(चारैतिर स्याल कराएको सुनिन्छ)
पुत्र ः बाघ र भालु आउँछ क्यारे,
स्याल त धेरै कराउन थाले,
बास आज कहाँ बस्ने होला
अँध्यारो भयो कहाँ खोज्ने होला !
(कसैले बोलाएको स्वर सुनिन्छ)
स्वर ः ए यात्री भाइ ! कहाँ जाने होला ?
अँध्यारो छ अति खोँचतिर खस्ला !
यतातिर आऊ ! भोली मात्र जाऊ
एकरात यहीँ मैकहाँ बिताऊ !
पिता ः अहो, मित्र ! धन्य भएँ
कहाँबाट आउने, देखाऊ बाटो अहिले,
रात छिप्पिसकेछ धेरै
अलमल्ल भएँ, अलमल्लमा परेँ ।
(टर्च बालेर बुढो मान्छे देखापर्छ)
बुढो ः यती राती कहाँ जाने होला ?
कहाँबाट आयौ दुई बाउछोरा ?
पिता ः हिँड्दाहिँड्दै दिन बित्यो चाँडै,
मायाको खानी गाउँ जाने भन्दै
पुत्र ः त्यो गाउँ अति नै राम्रो छ भन्थे,
मान्छे त सबै सुखमा बस्थे ।
बुढो ः अहो ¤ त्यो गाउँ अति नै छ टाढा
पुग्न त कहिल्यै सकिँदैन होला,
एकरात बसी मैकहाँ आज
फर्केर जानु राम्रो नै होला !
पिता ः होइन है दाजु ! पुग्छौँ हामी त्यहाँ,
बाउ–छोरा दुवै सहन्छौँ कष्ट यहाँ ।
बुढो ः हुन त यात्री ! म पनि त पहिले
त्यही गाउँ जाने भन्दै हिँडेथँे,
के गर्नु भाइ, आधि बाटोबाटै
नमान्दै मन मुटु भारी पारी फर्कँे !
पिता ः किन आयौ त फर्कि, नपुगिकन गाउँ
व्यर्थै भयो नि, गयो तिम्रो नाउँ ।
बुढो ः घरायसी झन्झट निकै नै बढ्याथ्यो,
परिवारले नि दुःख अति पा’ पाथ्यो
फर्केर आउने मन मेरो मानेन
तैपन हाय ! उपाय अरू पाइएन ।
(भोलिपल्ट बिहान बिदावारी गर्दै)
पिता ः बास दिई एकरात, मीठो खाना ख्वायौ,
कपडा दिई न्यानो, सँगै सुतायौ,
आपतमा तिमीले, ज्यान हाम्रो जोगायौ
यस्तो गुण राम्रो, तिमीले लगायौ ।
बिर्सिने छैनौँ, यो गुण कहिल्यै पनि
हाम्रो राम्रो मित्रता जगायो ।
बुढो ः छैन, छैन सत्य ! ठूलो गुण ला’ को
पाहुनालाई मात्र सत्कार गरेको,
मजदुरी गरी परिवार पाल्छु
आपत विपतमा सहयोग गर्छु ।
(हात मिलाउँदै)
पिता ः बस्नुस् है दाजु, बिदा हुन्छौँ अहिले,
नमस्कार छ है, भेट होला कहिले ?
(बुढी महिला पिँढीमा आउँदै)
बुढी ः पर्ख ! पर्ख ! भाइ, दुइटा रोटी लिऊ
यात्रामा जाँदा मिठो मानी खाऊ !
पुत्र ः अहो ! काकी !दुःख अति ग¥यौ,
आमाले जस्तो अति माया ग¥यौ,
हुन्छ नि देऊ हात मेरो थाप्छु,
उपहार यहाँको मीठो मानी खान्छु ।
(बुढीले पुत्रको हातमा रोटी राखिदिन्छे । पुत्रले निहुरेर थाप्छ । दुवैजना हात हल्लाउँदै बिदा हुन्छन्)
पुत्र ः (धेरै अगाडि पुगिसकेपछि)
एउटै जातको मान्छेले लखेट्यो
बास एकरात नदिइकन,
जोसँग छैन केही सम्पत्ति,
दियो उसले बास खोजिकन ।
पिता ः जातले हुन्न कहिल्यै मित्र,
वर्गले मात्र हुन्छ त्यो
बुझ्दै जाऊ अगाडि अगाडि
समाजको नियम यो ।
(गफ गर्दै उकालो चढ्छन्)
Leave a Reply