भर्खरै :

नगरव्यापी खेलकुद गतिविधि चालु, आज समापन

कबड्डी
भक्तपुर, २३ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरूलाई प्रमाणपत्र तथा मेडल वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नपाको आयोजनामा भएको खेलकुद प्रतियोगितामा विद्यार्थीहरूको सहभागिता र उत्साहले भक्तपुर खेलकुदमय भएको बताउनुभयो ।
विद्यार्थीहरूलाई अनुशासित, सभ्य र सुसंस्कृत बनाउन विद्यार्थी जीवनदेखि खेलकुद जीवनमा सक्रियता बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विद्यार्थीहरूमा उत्साह र प्रेरणा दिन नपाले प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो ।

 
खेलकुदमा हार र जीत स्वाभाविक भएको चर्चा गर्दै उहाँले खेलकुद मानव जीवनको अभिन्न अङ्ग भएको र विद्यार्थीहरूको शारीरिक र मानसिक स्वस्थ राम्रो बनाउन खेलकुदको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले खेलकुद प्रतियोगितामा सहभागी विद्यालय र विद्यार्थीहरूप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि नपाको गतिविधिमा आवश्यक सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो ।
आज सम्पन्न कबड्डी प्रतियोगिताको फाइनल खेलमा छात्र कबड्डीतर्फ मिनर्वा विद्यालय प्रथम, पारागन एकेडेमी द्वितीय, वागीश्वरी मावि र साइनिङ स्टुडेन्ट्सले तृतीय स्थान हासिल गरेका थिए । साथै छात्रा कबड्डीको फाइनल खेलतर्फ साइनिङ स्टुडेन्ट्स प्रथम, वागीश्वरी मावि द्वितीय र रोम्बर सेकेन्डरी स्कूल तृतीय भएका थिए ।
कराँते
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत नगरपालिका वडा नं. ६ को आयोजनामा भएको कराँते खेलको उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो । नगर प्रमुख प्रजापतिले अन्तर्राष्ट्रिय कराँते खेलका रेफ्री राजन चित्रकारलाई खेल सामग्री हस्तान्तरण गरी खेलको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, वडा सदस्य गोविन्द दुवाल, सिद्धिराम अवाल, कार्यपालिका सदस्य रोशनमैँया सुवाल, खेलकुद समितिका अध्यक्ष राजुसिं बजिक्व र शिक्षक जगन्नाथ सुजखूले पनि बोल्नुभएको थियो ।
कसिमला पाँय् र बुद्धिचाल
नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत ९ नं. वडा कार्यालयको आयोजनामा भइरहेको कसिमला पाँय् र बुद्धिचाल प्रतियोगिताको समापन कार्यक्रम बिहीबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा अतिथि जोशीले विद्यार्थीहरूले खेलकुदको साथै शिक्षामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ र खेलकुद क्षेत्रमा गरिरहेको योगदानको चर्चा गर्दै विद्यालयहरूले खेलकुदलगायत अतिरिक्त क्रियाकलापहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य छोरीमैंया सुजखु, भक्तपुर बुद्धिचाल सङ्घका अध्यक्ष निराजन प्रजापतिलगायतले खेलकुदको महत्वमाथि चर्चा गर्नुभएको थियो ।
दत्तात्रयमा सम्पन्न बुद्धिचालको छात्रतर्पm १६ वर्षमुनिको समूहमा प्रभात इङ्गलिश स्कूलका स्वर्णिम दुवाल प्रथम, मेधा माविका सुदेन तुईतुई द्वितीय, प्रभात ई. स्कूलकै प्रनिश लाखे तृतीय र ख्वप्रिङ्ग ई. स्कूलका तेन्जिङ्ग तामाङ्गले सान्न्वना स्थान हासिल गरे । छात्रतर्पm १२ वर्षमुनिको समूहको बुद्धिचाल प्रतियोगितामा नविन आधारभूत विद्यालयका मनिक खायमली प्रथम, वागीश्वरी माविका मेरिक प्रजापति द्वितीय, नविन आविकै रविन माक तृतीय र प्रभात इङ्गलिश स्कूलका स्वप्निल आगन्जाले सान्त्वना स्थान हासिल गरेका थिए ।
त्यसैगरी छात्रातर्फ १६ वर्षमुनिको समूहमा मेधा माविका अंशुदिन प्रजापति प्रथम, जेन्यूइन से. स्कूलका समर हाडा द्वितीय, ख्वप्रिङ्ग ई. स्कूलका स्नेहा प्रजापति तृतीय तथा जेन्यूइन स्कूलका राजश्री हाडाले सान्त्वना स्थान हासिल गरेका थिए भने १३ वर्षमुनिको समूहमा वागीश्वरी माविका कृपा प्रजापति प्रथम,, वाइजल्यान्ड स्कूलका सनरी ङाखुसी तृतीय र वागीश्वरी माविका यमुना तिवारीले सान्त्वना स्थान हासिल गरेका थिए ।
बुद्धिचाल प्रतियोगिताको समग्र परिणाममा वागीश्वरी माविले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरी प्रथम स्थान, मेधा माविले १ स्वर्ण र १ रजत गरी द्वितीय स्थान, प्रभात ई. स्कूलले १ स्वर्ण, १ कास्य र १ सान्त्वना प्राप्त गरी तृतीय स्थान तथा नविन आविले १ स्वर्ण र एक कास्य गरी सान्त्वना स्थान प्राप्त गरे ।
त्यसैगरी भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भनपा–९ कै आयोजनामा सम्पन्न कसिमला पाँय् खेलमा छात्रतर्पm कक्षा ८–१० को समूहमा ख्वप्रिङ्ग ई. स्कूलका नोरिक प्रजापतिले प्रथम स्थान, जेसिज ई. स्कूलका रोजल शिल्पकारले द्वितीय स्थान, प्रभात ई. स्कूलका रिकेश दुवालले तृतीय स्थान तथा गोल्डेन गेट ई. स्कूलका प्रशान्त शिल्पकारले सान्त्वना स्थान प्राप्त गरे ।
छात्रतर्पmकै कक्षा ७ का विद्यार्थीहरूको समूहमा हिमालयन ग्लोरीका आर्यन दुगुजु प्रथम, श्री ब्रह्मायणी आविका राज तामाङ्ग द्वितीय, ज्ञानतारा आविका श्रीजल आचार्य तृतीय र श्री ब्रह्मायणी आविका अविन हमाल सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।
कसिमला पाँय्को छात्रातर्पmको कक्षा ८–१० को समूहमा सामुदायिक ई. स्कूलका आकृति खुसु प्रथम, वागीश्वरी माविका कृषा पैmजु द्वितीय, ख्वप्रिङ्ग ई. स्कूलका आयुषा तुकंबन्जार तृतीय र ख्वप्रिङ्ग ई. स्कूलकै सन्जिना तमखु तृतीय स्थान प्राप्त गर्न सफल भए भने कक्षा ७ का विद्यार्थीहरूको समूहमा ज्ञान विजय आविका बासना गुरुङ्ग प्रथम, ज्ञान विजय आविकै सपना विक द्वितीय, सिद्धि शारदा आविका सङ्गिता तामाङ्ग तृतीय र सन्तति आविका मनिता शर्मा सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।
कसिमला पाँय्को समग्र परिणाम हेर्दा ज्ञान विजय आधारभूत विद्यालयले १ स्वर्ण, १ रजत गरी प्रथम स्थान, ख्वप्रिङ्ग ई. स्कूलले १ स्वर्ण १ कास्य र १ सान्त्वना प्राप्त गरी द्वितीय स्थान, सामुदायिक ई. स्कूल र हिमालयन ग्लोरीले १–१ स्वर्ण प्राप्त गरी संयुक्तरूपमा तृतीय स्थान हासिल गरे ।
भलिबल
भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय भलिबल प्रतियोगिताका सम्पूर्ण खेलहरू सहिद स्मृति खेल मैदानमा सम्पन्न भयो ।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई प्रमाणपत्र तथा मेडल वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भयो ।
भलिबल खेलमा छात्रतर्फ सैनिक आवासीय महाविद्यालयले प्रथम स्थान, पद्म माविले द्वितीय स्थान र शारदा माविले तृतीय स्थान हासिल गर्न सफल भएको थियो भने छात्रातर्फ वागीश्वरी माविले प्रथम स्थान, डेमोस इङ्गलिश स्कूलले द्वितीय स्थान र पद्म माविले तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।
तस्बिर : भक्तपुर नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *