भर्खरै :

आधारभूत विद्यालय समितिको चित्रकला प्रतियोगिता

भक्तपुर, २४ मङ्सिर । । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा समितिस्तरीय स्थलगत चित्रकला प्रतियोगिता दतात्रय परिसरमा शुक्रबार सम्पन्न भयो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष दीपक माकले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने, शैक्षिक गन्तव्यस्थल बनाउने अभियानमा विविध गतिविधिहरूका साथ समिति सक्रियतापूर्वक लागिपरेको बताउनुभयो ।
उहाँले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग गर्ने बताउँदै आधारभूत विद्यालय समिति विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने साझा दबु भएको उल्लेख गर्नुभयो ।
दतात्रय आधारभूत विद्यालयको संयोजनमा भएको उक्त प्रतियोगितामा समितिका सचिव सूर्यबहादुर फोजू र संयोजक विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताको निमावितर्फ गणेश माविका दीपिका शाह प्रथम, समाज सुधार माविका निशान दुवाल द्वितीय, बालसेवक आविका सञ्जय तामाङ तृतीय र भीम आदर्श आधारभूत विद्यालयका प्रवेश प्रजा सान्त्वना भए ।
त्यसैगरी प्रावितर्फको प्रतियोगितामा गणेश माविका प्रसुन तामाङ प्रथम, बालसेवक आविका विजय तामाङ द्वितीय, नविन आविका मुना रिजाल तृतीय तथा बाल मन्दिर आविका शान देउला र दतात्रय आविका युनिक तामाङ सान्त्वना भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *