भर्खरै :

के विचार र राजनैतिक उद्देश्य – उमेरले निर्धारण गर्छ ?

एमालेको १० औँ महाधिवेशन, राप्रपाको एकता महाधिवेशन र नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट नेपालको राजनैतिक डबलीमा अस्पष्ट रहँदै आएका धेरै राजनैतिक विषयवस्तु प्रस्ट हुँदै छ र राजनीतिक दलहरूलाई सैद्धान्तिकरूपबाट हेर्ने प्रवृत्तिको विकास हुने छनक देखिँदै छ ।
हरेक राजनैतिक दलले एक न एक राजनैतिक आदर्श बोकेर एक आदर्श समाजको निर्माण गर्ने सपना देखेको हुन्छ । त्यो सपना पूरा गर्न तत् दलका नेताहरूले भिन्नभिन्न उपाय छान्ने गरेका हुन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीका चेन तु स्युजस्ता दक्षिणपन्थी नेताहरू पुँजीवादी च्याङ काई सेकसँग मिल्न चाहन्थे भने च्याङ काई सेकले संरा अमेरिकी र अन्य साम्राज्यवादीहरूसँग मिलेर चीनमा पुँजीवादको स्थापना गर्न खोजेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको दक्षिणपन्थी दृष्टिकोण असफल भयो । साम्राज्यवादविरोधी सङ्घर्षमार्फत जस्तालाई तस्तैको व्यवहार गरी चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १०० वर्ष र मुक्तिपछि कम्युनिस्ट पार्टीको सरकार स्थापनाको ७२ वर्षमा १ अर्ब ४१ करोड जनता भएको चीनमा गरिबी उन्मूलन गरियो । १४ वटा साम्राज्यवादी देशले अर्ध–उपनिवेश बनाएको अत्यन्त दलित र पीडित देशलाई उद्योग, विज्ञान र प्रविधिको विकाससँगै संसारको एक महत्वपूर्ण अर्थतन्त्र भएको समाजवादी देशमा परिणत गरियो ।
अर्को छिमेकी देश भारतमा सुभाषचन्द्र बोशको सशस्त्र सङ्घर्षबाट भारतलाई स्वतन्त्र देशको रूपमा अगाडि बढाउने उद्देश्यको ठाउँमा गान्धि–नेहरू र सरदार पटेलहरूले बेलायती उपनिवेशवादको विरोधमा शान्तिपूर्ण आन्दोलनबाट स्वतन्त्रता प्राप्त गरे । भारतमा स्वतन्त्रता प्राप्तिपछि ७४ वर्ष पहिले एक पुँजीवादी पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेसको शासन सुरु भयोे । आज पनि एक दक्षिणपन्थी पुँजीवादी पार्टी भाजपाले भारतमा शासन गर्दै छ । चीनभन्दा २ वर्ष पहिले स्वतन्त्रता प्राप्त गरेको गणतन्त्र भारतले कसरी १ अर्ब ३६ करोड जनतालाई भोकमरीबाट जोगाउन सकेन ? समाजवाद र पुँजीवादको अन्तर नै यसको कारण हो । जो पहिले रुसी सर्वहारा समाजवादी क्रान्तिले उदाहरण प्रस्तुत ग¥यो ।
नेपालमा २००७ सालको पुँजीवादी क्रान्तिलाई हिसाब नगरे पनि २०३६ सालको पञ्चायतविरोधी आन्दोलनपछिका ४२ वर्षमा पनि बारम्बार नेपाली काङ्ग्रेस, राप्रपा र एमाले लगायतका पार्टी र नेताहरूले सरकारहरूको नेतृत्व गर्दै आएका छन् । तर, ती राजनैतिक दलहरूको नाम जे भए पनि तिनीहरूका सरकारका काम र परिणाम एउटै देखियो । शासनमा जाली–फटाहा, पुँजीपति र जमिनदारहरू कालाबजारिया, ठेकेदार, तस्कर, गुन्डा र अपराधीहरूकै हालीमुहाली देखियो ।
यही परिवेशमा तीनवटै दलका महाधिवेशनमा सिद्धान्त, देश र जनताको हितभन्दा नयाँ नेतृत्वको चयन गर्नेबारे नै बढी समय र छलफल भएको देखियो । एमालेको महाधिवेशनमा नेतृत्वको कार्यशैलीलाई ‘तानाशाही’ र ‘अधिनायकवादी’ को आरोप लाग्यो, पार्टी तीन टुक्रामा विभाजित भयो तर नेतृत्वमा ओली समूह नै देखियो ।
नेपाली काङ्ग्रेसको १४ आँै महाधिवेशन चालु छ, सिद्धान्त र नीतिलाई प्राथमिकता दिनुपर्नेबारे सा¥है झिनो मत सुनियो । ९९ प्रतिशत छलफल, प्रचार र झिलिमिली नेतृत्वकै निर्वाचनमा केन्द्रित देखियो ।
‘नेताहरूको भाग्य परीक्षा आज’ (नेपाल समाचारपत्र– २७ मङ्सिर २०७८), ‘व्यक्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ’ (अन्नपूर्ण पोष्ट), ‘काङ्ग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायक’ (नागरिक दैनिक), ‘भोटिङ मेसिनको लागेन भर’ जस्ता शीर्षकहरूले विचार, चिन्तन र आदर्शका विषय अब नेपाली काङ्ग्रेसमा हराएको देखियो । ‘अवसर नपाएका वर्गलाई थप सक्रिय बनाउन मेरो जिम्मेवारी’ भनी एक काङ्ग्रेसी उम्मेदवारको जिकिर छ (राजधानी– २७ मङ्सिर २०७८) । तर, पुँजीवादी दलमा के कामदार वर्गले कुनै स्थान पाउने सम्भावना छ ? नेपाल समाचारपत्रले एक व्यङ्ग्यचित्र छाप्यो– ‘महाधिवेशन’, हातखुट्टा तानातानको ¤’ समाजवाद र सर्वहारा वर्गको उत्थानको गफ छाँट्नेहरूले आफ्नो उत्थान गरे तर तिनले जनताबारे सोचेका पनि छैनन् । लेखको शीर्षक थियो– ‘समाजवादी गफमा पुँजीवादी प्रहसन’ (नयाँ पत्रिका– २७ मङ्सिर २०७८) ।
सभामुख, गृहमन्त्री र अन्य मन्त्री पदमा पुगेका एक नेता सा¥है बदनाम थिए – आर्थिक र नैतिकताको मामिलामा । तर, उनी आफ्नै मानिसको कारण निर्वाचनबाट पन्छिए । लाठी चार्ज, गोली हान्ने र अश्रुग्यासका सबल नेता उनी कसरी ‘राजनैतिक सन्यासी’ (नागरिक–विचारमा) भए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *