के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
सरकारले समयमै पेन्सन रकम नराख्दा पेन्सनको भरमा जीवन चलाइरहेका पेन्सनरहरूलाई समस्या भएको छ । विगतमा हरेक महिनाको ७ गते र हाल १६ गते दिँदै आएको पेन्सन रकम अहिले महिना बितिसक्दा पनि वितरण गरिएको छैन । विशेषतः सेवानिवृत्त निजामती कर्मचारी र सिपाहीको पेन्सन बैङ्कले अझै वितरण गरेको छैन । महँगीले दैनिक जीवनका आधारभूत आवश्यकता पूरा गर्न नै हम्मेहम्मे भइरहेको बेला यसरी पेन्सन पाउन विलम्ब हुँदा अधिकांश ज्येष्ठ उमेरका सर्वसाधारण समस्यामा परेका छन् । मङ्सिर महिनाको पेन्सन रकम अझसम्म पनि बैङ्कले दिएको छैन । जीवनभर सरकारको सेवा गरेका कर्मचारी र सिपाहीहरूको यो दुःख राज्यले बुझ्न विलम्ब गर्नु उनीहरूप्रति अन्याय हो । सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।
Leave a Reply