भर्खरै :

भक्तपुर नगरपालिकाको स्पष्टोक्ति

‘मजदुर’ दैनिकमा मिति २०७८।९।५ र ६ गते प्रकाशित पाठक पत्रहरूका सम्बन्धमा भक्तपुर नगरपालिकाको ध्यानाकर्षण भएको छ । भक्तपुर नगरपालिकाले गरिरहेको कामको नगरबासी दाजुभाइहरूले सूक्ष्मरूपमा हेरिरहनु भएकोमा हामी खुशी छौँ । तपाईँहरूको सानो सल्लाह र सुझावहरूले सिङ्गो नगरबासीहरूको हित हुने हुँदा यस्ता आलोचना, सल्लाह र सुझावको निरन्तरताको अपेक्षा गर्दै पत्रहरूको निम्नबमोजिम प्रस्ट पार्न चाहन्छौँ ः
१. पुस ५ गतेको पत्रमा उठाइएको सम्बन्धमाः
पुस ५ गतेको पाठक पत्रमा भक्तपुर नगरपालिकाद्वारा नगरवासीलगायत आन्तरिक र बाह्य पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको नौका विहार बन्द भएको र सोही स्थानमा सञ्चालित व्यायाम पार्कका व्यायाम सामानहरू काम नै नलाग्ने भएकोबारे उल्लेख छ ।
भक्तपुर नगरपालिकाले नगरबासीहरूको स्वास्थ्य, शारीरिक तथा मानसिक विकास एवं बालबालिकाहरूदेखि ज्येष्ठ नगरिकसम्म सबै उमेर समूहका नगरबासीहरूलाई स्वस्थ बनाउने उद्देश्यले नगरको १० वटै वडाहरूमा व्यायामस्थलहरूको व्यवस्था गरेको हो । अहिलेसम्म प्रत्येक वडाको दुई दुई ठाउँमा पहिलो चरणमा १ सेटमा १० वटा व्यायाम सामग्रीहरू र दोस्रो चरणमा १ सेटमा १० वटा खेल सामग्रीहरूको व्यवस्थापन गरिरहेकोमा विद्यार्थीहरूलाई केन्द्रित गरी ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजहरूमा समेत व्यायामस्थल व्यवस्था गरी हालसम्ममा नगरभित्र २२ स्थानमा व्यायाम स्थलहरू रहेको जानकारी गराउन चाहन्छौँ ।
विश्वव्यापीरूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट नगरबासीहरूलाई सुरक्षित राख्न तथा सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न बन्द गरिएको नौका विहार हालसम्म सञ्चालनमा ल्याइएको छैन । नगरबासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर हामीले केही समय ढिलाइ गरेको साँचो हो । पत्रमा उल्लेख भएअनुसार डुङ्गालाई कैदी बनाइएको होइन । नौका बिहार पुनः सुचारु गर्ने तयारी गरिरहेका छौँ ।
सिद्धपोखरीमा समय समयमा माछाको भूरा छोड्ने गरिएको र माछा निकाल्ने समय भएपछि पुराना माछा निकाली पुनः नयाँ भूरा छोड्ने गरिएको छ । १० वटै वडाका व्यायाम स्थलहरू २०७८ जेष्ठको दोस्रो हप्तादेखि सञ्चालनमा आइसकेको छ । साथै सिद्धपोखरीको पूर्व पट्टिको व्यायामस्थल प्रत्येक दिन दैनिक ७०–८० जनाले प्रयोग गर्दै आइरहेका छन् । यसको मर्मत सम्भारको जिम्मेवारी सम्बन्धित वडा कार्यालय वडा खेलकुद समितिलाई दिइएको छ ।
दुई पटकसम्म चोरी गरिएको वेट लिप्mिटङ्ग सामग्री पनि पुनः थप गर्दै प्रयोग भइरहेको छ तर भेटेरीनरी केन्द्र पछाडिको व्यायामस्थल भने कोभिडपश्चात् सञ्चालनमा ल्याइएको छैन । यसलाई यथासक्य छिटो सञ्चालन गर्न सरसफाइलगायतका आवश्यक कार्यहरू अगाडि बढाइएको जानकारी गराउन चाहन्छौँ ।
२. पुस ६ गतेको पत्रमा उठाइएको सम्बन्धमाः
भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्य सेवा तथा परामर्शमा सहज गर्ने उद्देश्यले जनप्रतिनिधिहरूको कार्य आरम्भ भएको १०० दिनको अवसरमा २०७४ साल भाद्र १२ गतेबाट नमुनास्वरूप भक्तपुर नगरपालिकाको वडा नं. ३, ४ र ६ मा घरदैलो नर्सिङ्ग सेवा आरम्भ गरिएको हो ।
ती वडाहरूको अनुभवलाई आधार मानी सोही वर्षको चैत्र २५ गतेसम्ममा नगरका १० वटै वडाहरूमा घरदैलो नर्सिङ्ग सेवा सुरु गरियो । यो नेपालको सन्दर्भमा सर्वथा नौलो अभ्यास र स्वास्थ्यको दृष्टिले अत्यन्त महत्वपूर्ण पाइला हो । अनुभवबाट सिक्दै उक्त सेवा निरन्तर चालू रहेकोमा विश्वभरी फैलिएको कोरोना महामारीको कारण घरदैलो नर्सिङ्ग सेवा निरन्तर सञ्चालन सम्भव भएन । स्वास्थ्यमा नगरपालिकाले पु¥याउनुपर्ने सेवालाई रतिभर कञ्जुस्याइँ नगरी सम्पर्क चिकित्सकहरूको फोन नम्बर सार्वजनिक गरी आवश्यक स्वास्थ्य परामर्श कार्यक्रम जारी राख्यौँ ।
भक्तपुर नगरभित्र अहिले कोरोनाको प्रभाव न्यून हुँदै गएको छ । विज्ञहरूका अनुुसार कोरोनाबाट बच्ने खोप नै सबैभन्दा प्रभावकारी कदम भएको भन्ने रहेको हुँदा खोप लगाउने कार्य निरन्तर जारी छ । जनताको स्वास्थ्यलाई ध्यानमा राखी भनपाले २०७८ साल मङ्सिर १६ गतेदेखि घरदैलो नर्सिङ्ग सेवा पुनः सञ्चालन गरिएको छ ।
घरदैलो नर्सिङ्ग सेवा अझ परिस्कृतरूपमा तपार्ईँको घरदैलोमा पनि आइपुग्ने छ । हाम्रा वडाहरूमा धेरै परिवारको बसोबास भएकोले तपाईँकोमा पुग्न केही समय लाग्न सक्छ तर अवश्य आउने नै छ र तपाईँहरूको सहयोग पनि निरन्तर मिल्ने हाम्रो अपेक्षा छ ।
घरदैलोमा परिचालन हुने सबै महिला दिदीबहिनीहरू भएकोले सुरक्षाको हिसाबले हामीले उहाँहरूको मोबाइल नम्बर सार्वजनिक गर्न सकेनौँ । त्यसमा हामी दुःखी छौँ । तर, हामीले त्यसको विकल्पबारे छलफल अघि बढाएको छांैँ र उहाँहरूलाई बिहानको घरदैलो समयपछि दिनको दुई बजेसम्म वडाले व्यवस्था गरेको स्थानबाट वडावासीको सेवाको लागि व्यवस्था गरेका छौँ । जानकारीको लागि सम्बन्धित वडा कार्यलयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
अन्त्यमा, घरदैलो नर्सिङ्ग कार्यक्रम हामी सबै नगरवासीको साझा कार्यक्रम हो । यसलाई प्रचारवाजीको कार्यक्रमको रूपमा लिनु उचित होइन । त्यस कार्यक्रममासबैको तर्फबाट सहयोगको अपेक्षा गर्छौँ ।
तपार्ईँको आलोचना र सुझावले हामी जन प्रतिनिधिहरूमा काम गर्ने हौसला बढ्नेछ । हामी प्रशंसाभन्दा पनि सकारात्मक आलोचनाको अपेक्षा गर्छौँ । जनप्रतिनिधिबाट गल्ती हुन सक्छ । तपाईँहरूको निरन्तरको खबरदारीले हामीलाई सही ठाउँमा उभिएर जनताको सेवा गर्ने भावनामा बल मिल्ने छ । पत्रका लेखकद्वय हरिकृष्ण धुख्वा र सुन्दरराम धौभडेललाई धेरै धेरै धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *