भर्खरै :

फोहोर सङ्कलनको शुल्कमा यस्तो विभेद किन ?

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिकामा नेप्सेम्याक सेवा प्रालिले धेरै वर्ष पहिलेदेखि फोहर व्यवस्थापन गर्दै आएको सर्वविदित्तै छ । हप्ताको दुईपटक फोहर उठाउँदै फोहर व्यवस्थापनबापत नेप्सेम्याक सेवा प्रालिमा आबद्ध घरधनीसँग मासिकरूपमा नियमित शुल्क पनि उठाइरहेको छ । कसैलाई आफ्नो घरायसी फोहर फाल्नको लागि नेप्सेम्याकलाई १ वर्षमा मासिक रु. तीन सयको दरले ते¥ह महिनाको ३,९०० (चाडपर्व शुल्कसमेत) शुल्क तिर्न बाध्य छन् भने कतै ते¥ह रूपैयाँ पनि नतिर्ने घरधनीको फोहर पनि नेप्सेम्याक प्रा.लि.ले फोहर सङ्कलन गरिरहेको छ । मासिक शुल्क तिर्ने र शुल्क नतिर्ने छिमेकीले सँगै एउटै गाडीमा फोहर हाल्छन्, कसैले फोहर सङ्कलन हुने ठाउँमा फोहर हाल्छन् र नेप्सेम्याकले फोहर उठाउँछ ।
एउटै टोल बस्तीमा यस्तो विभेद किन ? नेप्सेम्याक प्रालिले सोच्नुपर्छ । शुल्क तिर्दै आएका टोलवासीहरूको एउटा समूहले यस्तै हो भने अब उप्रान्त शुल्क नतिर्ने सोच बनाई सकेका छन् । सोचनीय कुरा के छ भने स्थानीय नगरवासीहरूको फोहर व्यवस्थापनको जिम्मेवारी स्थानीय नगरपालिकाले किन लिएन ? सँगैको भक्तपुर नगरपालिकाले हरेक दिन स्थानीय नगरवासीहरूको घरायसी फोहर सङ्कलन गर्दछ र हरेक घरधुरीले सफाइ शुल्कबापत सम्बन्धित वडामा मासिक रु. सय तिरे पुग्छ । फोहर व्यवस्थापन गरी फोहरलाई मोहर बनाउने र वातावरणलाई स्वच्छ बनाउने नाममा कसैसँग चर्को शुल्क लिई, कसैलाई निःशुल्क सेवा दिने नेप्सेम्याक सेवा प्रालिले सेवा र शुल्क सम्बन्धमा विचार गरोस् । स्थानीय नगरपालिकाले पनि नगरवासीहरूको स्वास्थ्य र नगरको वातावरणसँग सम्बन्धित फोहर व्यवस्थापनको लागि सबै नगरवासीलाई समानरूपले लागु हुने प्रभावकारी नीति नियम बनाउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *