भर्खरै :

भक्तपुर कप फूटबल हुने

भक्तपुर, १७ पुस । मित्रता, अनुशासन र स्वास्थ्यको लागि खेल भन्ने नारालाई अघि सार्दै भक्तपुर युवा टीमको आयोजनामा १४ गतेदेखि २२ गतेसम्म महेश्वरी खेल मैदान, भक्तपुरमा खुला फूटबल प्रतियोगिता ‘भक्तपुर कप २०७८’ हुने भएको छ ।
टीमको आयोजनामा शनिबार सम्पन्न पत्रकार सम्मेलनमा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक संजीव कवांले काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाबाट १६ फूटबल टोलीको सहभागी हुने बताउनुभयो । प्रतियोगितामा विजेता टोलीलाई १ लाख १५ हजार र उपविजेता टोलीलाई ५५ हजार नगदसहित भक्तपुर कपको व्यवस्था र प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलकिपर, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर र उत्कृष्ट कोचलाई पनि आकर्षक पुरस्कार र अवार्डको व्यवस्था रहेको उहाँले जानकारी गराउनुभयो ।
भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष तथा सल्लाहकार विश्वराम कवांले टीमको स्थापनाको इतिहासलाई स्मरण गर्दै टोलका अग्रजहरूको सल्लाह, सुझाव र उत्प्रेरणाले औपचारिकरूपमा वि.स.२०५० सालमा टीमको स्थापना भएको बताउनुभयो ।
उहाँले खेलमा हार जित हुने र खेलाडीले जात, धर्मलाई होइन आप्mनो सीप प्रदर्शन गर्दै अनुशासन र इमानदारिता देखाउनुपर्नेतर्पm जोड दिनुभयो ।
टीमका अर्का सल्लाहकार तथा भक्तपुर नगरपालिका वडा न. ७ का वडा अध्यक्ष उकेश कवांले भक्तपुर युवा टीमको आयोजनामा हुने फूटबल प्रतियोगिताले उत्कृष्ट र अनुशासित खेलाडी तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले खेलकुद विकासकोे लागि महत्वपूर्ण भूमिका खेलिरहेको र भक्तपुरमा खेल विकासको लागि यथेष्ट सुविधा र पूर्वाधार हुँदाहुँदै पनि नेपाल सरकारले भक्तपुरमा खेल विकासको लागि गरिरहेको पक्षपातपूर्ण व्यवहार निन्दनीय रहेको बताउनुभयो । भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धरले प्रतियोगिताको सफलताको शुभकामना दिँदै खेल राष्ट्र र स्वास्थ्यको लागि खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासूको सभापतित्वमा भएको कार्यव्रmममा सल्लाहकार श्रीकृष्ण किसी, भक्तपुर जिल्ला फूटबल सङ्घका उपाध्यक्ष सुनिल प्रजापति र टीमका सचिव रामेश्वर मचामसीले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *