भर्खरै :

बारामा नेक्राकिसङ्घको भेला तथा प्रशिक्षण

बारा, २७ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिका अध्यक्ष डिल्लीप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा बारा जिल्लाको पिडारी, कलैया नपामा किसानहरूको भेला भयो ।
भेलामा अध्यक्ष काफ्लेले कमिसन खाने लोभले देशका शासकहरूले मल कारखाना नेपालमै खोल्ने चासो नराखेकाले किसानहरूले पटक – पटक मलको अभाव व्यहोर्नु परेको हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी र नेक्राकिसङ्घले पञ्चायतकालदेखि नेपालमै मल कारखाना स्थापनाको लागि आवाज उठाउँदै आएको बताउँदै उहाँले किसानहरूले सङ्गठितरूपमा सशक्त आन्दोलन नगरेसम्म सरकारहरू कमिसन खानमै लागिरहने छन् भन्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीले उखु किसानहरूसँग ऐक्यबद्धता जनाउँदै उखुको तत्काल भुक्तानी दिनुपर्ने आवाज सदन र सडकमा उठाएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोज साहले एमसीसी सम्झौता देशको हितमा नभएकोले उक्त सम्झौता खारेज गराउन सम्पूर्ण नेपाली सडकमा ओर्लनुपर्नेमा जोड दिनुभयो । शासक पार्टीहरूले हरेक विदेशी सहयोग र परियोजनाहरूलाई दुहुनो गाई बनाइरहेको तर एमसीसी परियोजना अरू नस्तो नभई अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको कार्यान्वयन भएकोले त्यसले नेपाललाई छिमेकी देश चनिको विरोधमा पु¥याउने स्पष्ट पार्नुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मुक्ति यादवले तराईका शासक दलका जनप्रतिनिधिहरू जनताप्रति जिम्मेवार नभएको र भ्रष्टाचार तथा कमिसनतन्त्रमा फसेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले भक्तपुर नगरपालिकाले कृषि क्षेत्रमा गरिरहेको गतिविधिहरूबारे चर्चा गर्दै भनपाले कृषकहरूलाई समयमै बीउ उपलब्ध गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रम नेक्राकिसङ्घका केन्द्रीय सदस्य रेन्जुदेवी शाहको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *