भर्खरै :

नेमकिपा र कोरियाली मजदुर पार्टीबीच शुभकामना आदानप्रदान

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मान (Jo Yong Man) ले बिहीबार भेट गर्नुभयो । उहाँहरूबीच अङ्ग्रेजी नयाँ वर्ष २०२२ को शुभकामना आदानप्रदान भयो ।
महामहिम राजदूतले कोरियाली मजदुर पार्टीको तर्फबाट नेपाल मजदुर किसान पार्टीलाई पठाइएको नयाँ वर्षको शुभकामनापत्र हस्तान्तरण गर्नुभयो । अध्यक्ष बिजुक्छेँले नेपाल मजदुर किसान पार्टीको तर्फबाट कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनसम्म नयाँ वर्षको शुभकामना पु¥याइदिन महामहिम राजदूतलाई अनुरोध गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले प्रजग कोरियामा कोभिड–१९ भाइरस नै नदेखिएको उल्लेख गर्नुहुँदै युरोप र अमेरिकामा यो भाइरस धेरै फैलिएको बताउनुभयो ।
महामहिम राजदूत जोले समाजवाद र पुँजीवादको भिन्नता कोभिड–१९ को सङ्क्रमणमा पनि देखिएको उल्लेख गर्नुभयो ।
उहाँले गत वर्ष डिसेम्बर २७ देखि ३० मा भएको कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा वर्षभरिको समीक्षा र आगामी वर्षको योजनाबारे छलफल भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले कोरियाली नेता र क्रान्तिबाट सिकेर नयाँ पुस्तासम्म पु¥याउने नेपाल मजदुर किसान पार्टीको अन्तर्राष्ट्रिय कर्तव्य भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भूगोल र जनसङ्ख्यामा नेपालसँग मिल्दो प्रजग कोरियाको आत्मनिर्भर विकास नीति नेपालका लागि उदाहरण हुनसक्ने उल्लेख गर्नुहुँदै नेपाललाई अन्य ठूला देशसँग तुलना गर्नु ठीक नहुने बताउनुभयो ।
नेपालको अर्थशास्त्रमा भारत, बेलायत, अमेरिकाको पाठ्यक्रमको बढी प्रभाव भएको उल्लेख गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले प्रजग कोरियाको योजना आयोगको कामबाट नेपालले प्रेरणा लिनसक्ने बताउनुुभयो ।
महामहिम जोले भन्नुभयो, “कोरियाली जनताका नेता एवम् कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनले बैठकमा राजनीति, आर्थिक, सैनिक, सांस्कृतिक क्षेत्रमा भएको उपलब्धिबारे प्रकाश पार्नुहुँदै समाजवादको विकास र कृषि विकासमा जोड दिनुभएको थियो ।”
महासचिव किम जङ उनले केन्द्रीय समितिको विस्तारित बैठकमा विगतको कमजोरी नदोहो¥याउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको र औद्योगिक विकासबारे पनि निर्देशन दिनुभएको महामहिम जोले उल्लेख गर्नुभयो ।
उहाँले कोरियाली जनताका नेता किम जङ इलको दशौँ स्मृति सभा आयोजना गरेकोमा नेमकिपालाई धन्यवाद दिनुभयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले नेमकिपाको प्रकाशन हस्तान्तरण गर्नुभयो भने महामहिम राजदूतले कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनको वक्तव्य प्रति हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *