सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
नेपाल भारत सीमामा भारतीय नागरिकहरू परीक्षण नगरी निर्वाध नेपाल भित्रिँदै छ भन्ने शिर्षकमा (२९ पुस, २०७८) नयाँ पत्रिकाले समाचार प्रकाशन ग¥यो । भारतीय नागरिक परीक्षण नगरी भित्रिन दिँदा हाकाहाकी हिँड्डुल गर्दा त्यसबाट सम्पर्कमा आएका सबै नेपालीलाई कोरोना सङ्क्रमण हुने खतरा छ । त्यसैले नेपाल सरकारले यस तर्फ समयमै ध्यान पु¥याउनु पथ्र्याे । कोरोना परीक्षण नगरी भारतीय नागरिक नेपाल प्रवेश गर्दा नेपालको सबै ठाउँहरूमा थप जोखिम बढेको छ ।
एन्टिजेन पोजिटिभ आउने भारतीयलाई नाकाबाटै फर्काइए पनि नेपाल आउने नेपालीलाई भने क्वारेन्टिनमा राखी नियन्त्रण गर्नु जरुरी छ । खुल्ला सीमाका कारण सबैको परीक्षण सम्भव नरहेको र यसतर्फ पनि समयमै सचेत हुनु आवश्यक थियो । नेपालमा आउने भारतीय नागरिकहरू र नेपालीहरूको चाप बढी भएकोले होल्डिङ सेन्टरको अभावको कारण बिरामीलाई राख्ने ठाउँको अभाव, स्वास्थ्यकर्मीहरूको अभावजस्ता समस्याले गर्दा प्रभावकारीरूपमा परीक्षण हुन सकिरहेको छैन । यसलाई व्यवस्थित पार्नका लागि समयमै सम्बन्धित निकायको ध्यान केन्द्रित हुन अति आवश्यक छ ।
भारतबाट फर्केका नेपाली परीक्षण विना नै गाउँमा प्रवेश गरिरहेका छन् । ती नेपालीहरूमा कोरोना सङ्क्रमण दर बढी छ । यसको नियन्त्रणको लागि समयमै भारतबाट नेपाल फर्कने नेपालीहरूको सीमा नाकामै परीक्षण गरी उपचार गर्नुपर्ने थियो । नाकामै सबैको चेक जाँच गरी क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपथ्र्याे । समयमै ध्यान नदिएको हुँदा नेपालको गाउँ–गाउँमा कोरोना बढ्दै छ । गाउँमा सुरक्षित छ भन्ने भ्रम नराख्न पनि सबैलाई सचेत पार्नुपर्छ ।
भारत र नेपाल सरकार नेपालको जनसङ्ख्या घटाउन चाहेको हो कि भन्ने कुरा व्यवहारले देखिँदै छ । जतिखेर कोभिड–१९ बढ्छ तब नेपाल र भारतको नाकाहरू हुलकाहुल हुन्छन् । यसलाई व्यवस्थापन तथा नियन्त्रण गर्नका लागि कुनै बन्दोबस्त छैन । भारतले नेपाल फर्कनेहरूलाई कोरोना परीक्षण गरेको हुँदैन, यसकारण, नेपालको सीमामा नेपालले नै गर्नुपर्छ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपको विभिन्न देशमा सङक्रमण दर ह्वात्तै बढ्दै छ । विश्व स्वास्थ्य सङ्गठनले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड सङ्क्रमण हुने चेतावनी दियो । यस हिसाबले नेपालको जनसङ्ख्याको आधारमा हेर्ने हो भने नेपालको एक तिहाइलाई सङ्क्रमित हुने सम्भावना छ । त्यससँगै नेपालको तयारी हेर्दा र व्यवस्थापन हेर्दा त्रासदीपूर्ण छ ।
कोरोना महामारी भारतीय सीमा नाका हुँदै काठामाडौँ र समुदायकै फैलिसकेको जनस्वास्थ्य विज्ञाहरूको दाबी छ । स्थानीय स्तरमा पनि डेल्टा र ओमिक्रोन सङ्क्रमण पुष्टि भएकाले समुदाय तहमै सङ्क्रमण फैलिसकेको छ । सबै सचेत जनता सजग भई सुरक्षाको उपाय अपनाउनु सचेत नागरिकको कर्तव्य हो । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू सङ्क्रमणको जोखिममा छन् । जोखिमपूर्ण क्षेत्रमा पनि भौतिक दूरी पालना गरी सीमा नाकामा नियमन र व्यवस्थापन गर्नुपर्ने खाँचो छ ।
कोरोनाबाट नेताहरू पनि होसियार
अमेरिका र युरोपजस्ता सभ्य भनिने देशहरूको स्थिति त्यस्तो छ भने सरकारले व्यापारीहरूको कुरा सुनेर लकडाउन गरिएन भने सङ्क्रमित नेपाली नेताहरू प्रचण्ड, नारायणकाजी, माधव नेपाल स्वयं प्रधानमन्त्री शेरबहादुर देउवा र अरू नेताहरूलाई कोरोनासँग भिड्न दिने गलत सोचप्रति सचेत हुनु जरुरी छ । यसको अर्थ युवाहरूलाई पनि ओमिक्रोनले छोड्दैन भन्ने उदाहरण बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन आदि छन् ।
Leave a Reply