भर्खरै :

जथा कार्यकर्ता तथा नेता

‘मजदुर’ दैनिकको माघ १५ गतेको सम्पादकीयमा प्रयोग भएको ‘जथा राजा तथा प्रथा’ अहिलेको सन्दर्भमा नमिलेको जस्तो लाग्यो । राजतन्त्रको समयमा राजाको आदेशलाई प्रजाले पालना गर्नुपथ्र्यो र त ‘जथा राजा तथा प्रथा’ भनियो । देश अहिले गणतन्त्रमा गइसकेको र देशमा भ्रष्टाचार पनि व्याप्त रहेकोले ‘जथा कार्यकर्ता तथा नेता’ भन्नु समयसापेक्ष हुन्छ जस्तो लाग्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार विश्वमा धेरै भ्रष्टाचार हुने देशमध्येमा पर्छ नेपाल । सचेत नागरिकहरूले देशको लागि दक्ष र योग्य नेता चुन्नुपथ्र्यो । जनता नै सचेत र सङ्गठित नभएपछि गलत मान्छेहरू निर्वाचित भए ।
देशमा भ्रष्टाचार व्याप्त हुनुमा जनता पनि त्यतिकै जिम्मेवार छन् । जनता सचेत नभएपछि अथवा बेलैमा होस पु¥याउन नसक्दा देशको स्थिति कहालीलाग्दो भएको हो । आफ्नै व्यक्तिगत स्वार्थ र विभिन्न लोभलालचमा परी सर्वसाधारण जनता विभिन्न राजनीतिक दलको झन्डा बोक्ने गर्छन् । नेताहरू पनि आफू पदमा पुग्नको निम्ति जस्तोसुकै कार्य गर्न पछि पर्दैनन् । जनता सचेत र सङ्गठित भएका भए जाली नेताहरूलाई निर्वाचनबाट फाल्थे ।
नेतृत्वमा बसेकाहरूले पटक–पटक गल्ती गरे पनि जनताले तह लगाउन सकेका छैनन् । राजनीतिक नेतृत्वप्रति जनताको विश्वास कम हुँदै जानुमा नेतृत्वमात्र जिम्मेवार देखिँदैन । चुनावको समयमा विश्वास गरी मत दिने अनि चुनाव सकिएलगत्तै नेतृत्वलाई गाली गर्नु मूर्खता हो । आफ्नो हातमा निर्णय गर्ने अधिकार भएको समयमा जनविरोधी शासकहरूलाई किनारा लगाउन सकिन्थ्यो । जनता अवसरवाद, जालीझेली, पैसा र प्रतिष्ठाको लोभमा डुब्नु हुँदैन । कम्युनिस्टको खोल ओढेका सत्तारुढ दल र काङ्ग्रेसले गल्तीले सभ्य र सुसंस्कृत समाजको अपेक्षा गर्न सकिँदैन । जनता सचेत भएपछि नेतृत्वलाई पनि ठाउँमा ल्याउन सकिन्छ । जनता सचेत भए नेतृत्व सुध्रिन बाध्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *