न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
मलाई सा¥हैसा¥है होचो
र, आफूलाई सा¥है अग्लो देख्ने मेरा मित्रहरू,
आफ्नै खुट्टाले टेकेर हेर
आफ्नै धरातलमा उभिएर हेर
बुई चढेर होइन, भुईँ छोएर हेर
अठचालिस वर्ष होइन,
केवल अठचालिस दिन
शिर ठाडो पारेर हिँड्ने हिम्मत गर
तब, उचाइको छिनोफानो कसो नहोला ?
मलाई सा¥हैसा¥है कमजोर
र, आफूलाई अति शक्तिशाली ठान्ने मेरा मित्रहरू,
अठचालिस वर्ष होइन,
केवल अठचालिस महिना,
अझ अठचालिस दिन
आफ्नै वर्कतले बाँचेर हेर
आफ्नै दश नङ्ग्रा खियाएर हेर
हो, मात्र अठचालिस दिन
आफ्नै पौरखमा विश्वास गर्ने आँट गर
तब, तागतको ल्याकत छर्लङ्ग कसो नहोला ?
मलाई सा¥हैसा¥है होच्याउने
र, आफूलाई अति महान् ठान्ने मेरा मित्रहरू
अठचालिस वर्ष होइन,
केवल अठचालिस दिन,
अझ अठचालिस घण्टा
नैतिकता, इमान–जमानमा बाँची हेर
हो, केबल अठचालिस घण्टा
विचार, सिद्धान्त, आदर्शमा अडिग भएर हेर
उच–निचको टुङ्गो निमेषभरमा कसो नहोला ?
पद, पैसा र प्रतापको सा¥है दम्भ गर्ने मेरा मित्रहरू
सिंहदरबार बपौती सम्झने मेरा मित्रहरू,
मलाई सिंहदरबार नचिनेको गँवार देख्नेहरू
अठचालिस वर्ष होइन,
अठचालिस महिना
केवल अठचालिस दिन,
सिंहदरबारको न्यानो त्यागेर हेर
अट्टालिकाबाट सडकमा निस्कने साहस गर
ताप, राप र प्रताप अनि कसो नदेखिएला ?
अट्टहास हाँसो हाँस्ने मेरा मित्रहरू,
अठचालिस वर्ष होइन,
अठचालिस महिना,
अझ अठचालिस दिन
जनताको निःस्वार्थ सेवा गरेर हेर
तल्लो वर्गका निम्ति सोचेर हेर
देशको निम्ति सङ्घर्ष गरेर हेर
समाजवादको निम्ति लडेर हेर
विस्तारवादको विरोध गर्ने साहस गर
साम्राज्यवादको विरोध गर्ने हिम्मत गर
तब मात्र बुझ्नेछौ
मेरो त्याग, तपस्या, बलिदानका अठचालिस वर्षको गरिमा
तब मात्र महसुस गर्नेछौ
मेरो आत्मगौरवका अठचालिस वर्षको महिमा ।
हो, मेरो आत्मोत्सर्गका अठचालिस वर्ष
मेरा अविचलित अठचालिस वर्ष
राज्यको श्वेत आतङ्कसँग साहसपूर्वक जुझेका अठचालिस वर्ष
आफ्नै मित्रहरूको आततायी हमलासँग नडगेका अठचालिस वर्ष ।
Leave a Reply