नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
१७ माघ २०७८ को नयाँ पत्रिकाले बोक्सी आरोपमा कुटिएकी वकिला खातुनको जाहेरीको १३ दिनपछि प्रहरीमा दर्ता, दुई मुख्य आरोपी पक्राउ भन्ने समाचार प्रकाशित ग¥यो । तराईबाट धेरै पटक सरकारमा गएका राजनैतिक दलहरू मन्त्री भए । तराईका जनताको समस्याको सम्बोधन ती मन्त्रीहरूले गर्न सकेनन् । त्यहाँका जनतालाई पार्टीले किन अन्धविश्वासको विरोधमा प्रशिक्षित गर्दैन ? तराईका जनतामा शारीरिक र मानसिक यातना बढ्दै छ । दाइजोको कारण बुहारीलाई हत्या–हिंसा गर्ने, केटीहरूलाई तेजाबको आक्रमण, मट्टीतेल हाली आगो लगाइने जस्ता समस्या जस्ताको त्यस्तै देखिन्छ । तराईका पार्टीहरूले काम नगरेको समाचारले नै प्रस्ट देखायो । न्यायका निम्ति निवेदन दिए पनि पीडितले न्याय पाइरहेका छैनन् । पीडितलाई निसाफ दिन नसकिनुमा शासकहरू नै जिम्मेवार छन् ।
दोषीलाई समयमै कानुनअनुसार सजाय दिन नसकिएको हुँदा यस्ता घटनाहरू बरोबर भइरहन्छन् । दोषीलाई संरक्षण दिने पनि तराईकै राजनैतिक दलहरू देखिन्छन् । घटनामा दोषी आफ्नै कार्यकर्ता भएपछि घटनालाई नै अर्काे रूप दिएको देखियो । यसरी जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठीत गर्न सकेको भए यस्तो समाचार पढ्नै पर्ने थिएन । चुनावको समयमा विभिन्न लोभलालच देखाउनुको सट्टा जनताको चेतना स्तर वृद्धि हुने खालका कार्यक्रमहरू गरेको भए हुन्थ्यो । जनताको नैतिक र सांस्कृतिक स्तर राम्रो नभएसम्म सामाजिक समस्या कम हुनेछैन । अन्धविश्वासले गर्दा हाम्रो समाजमा यस्ता समस्याहरू भइरहेका छन् । तराईमा जति धेरै शासक दलहरू बढे पनि त्यहाँका जनताको अवस्था जस्ताको त्यस्तै देखिन्छ । पुँजीपतिहरू धनी भए भने कामदार जनताको अवस्था झन् जटिल बन्ने छ । तराईका शासकहरूले कार्यकर्ता तथा त्यहाँका सर्वसाधारण जनताको बानी बिगार्ने, गलत विचार दिने गरिरहेका छन् । अतः तिनीहरूको काम गर्ने नियतमा परिवर्तन नभएसम्म यस्ता समस्याको समाधान गर्न गा¥हो छ । सिद्धान्त र विचारको राजनीति गरेका दलहरू भए तराईका समस्या केही मात्रामा भए पनि कम हुन्थ्यो ।
Leave a Reply