भर्खरै :

एमसीसी र धुन्धुकारी प्रवृत्ति

‘पानसुपारीका पोका’ पहिल्यै खाएका÷लिएका छन् । भित्रभित्रै वचन पनि दिएका छन् । सरकार पनि अत्यन्त ‘कम्फर्टेबल’ बन्न पुगेको छ । यो अवस्थामा, एमसीसी जसरी पनि पास गरेर अमेरिकालाई खुसी पार्नुपर्ने राष्ट्रघाती सोच हाम्रा शीर्षस्थ नेताहरूको देखिन्छ । त्यसो नभए, उहाँहरूलाई जीउज्यानको खतरा पनि होला । अमेरिकाले नेपाललाई नाकाबन्दी पनि लाउला । यता, कसै गरी एमसीसी पास गरे भने त्यस्ता देशघाती नेताहरूलाई जनताले पनि कुनै हालतमा छोड्नेवाला छैनन् ।
हाम्रा गृहमन्त्री जसरी भए पनि, एमसीसीविरुद्ध जनताले गर्नसक्ने आन्दोलन रोक्न कटिबद्ध छन् रे ¤ यता जनता पनि जसरी भए पनि एमसीसी रोक्ने पक्षमा छन् । यस क्रममा ‘मुठभेड’ गर्नै परे पनि जनता तयार छन् । देश बेच्न खोज्ने नेतालाई देशबाहिर पठाएरै छाड्ने सङ्कल्प लिएका छन् जनताले । सभामुख अग्नि सापकोटाले भन्नुभएछ, “बरु संसद्मै मर्छु तर एमसीसी पेश हुन दिन्नँ ।” यसबाट एमसीसी पास गराउन चाहनेहरू रिसाएर, उनीमाथि लागिआएको ज्यानमुद्दालाई फेरि अगाडि बढाउने तयारीमा रहेको पनि बताइन्छ । निर्वाचन आयोगबाट निर्वाचन मिति तोक्न प्रस्ताव गरिएको कुरा पढिएको÷सुनिएको नै हो । शीर्षस्थ नेताहरू बाझेझैँ÷मिलेझैँ गरेर एमसीसी पास गरिहाल्ने सरकारी दाउ सबभन्दा खतरा भएको कुरा जानकारहरू बताउँछन् ।
देशको अस्तित्व नै सङ्कटमा पर्ने अवस्थामा के सत्ता पक्ष के प्रतिपक्ष सबै एकजुट भएर देश बचाउने काममा लाग्नुपर्ने हो । हामीकहाँ सत्ता पक्ष देश बेच्न तयार भएको बेलामा, सत्ताच्युत भएर प्रतिपक्षमा बस्न बाध्य भएको प्रतिपक्षले एमसीसीलाई सत्ताप्राप्तिको सौदाबाजीका रूपमा लिइरहेको छ । गठबन्धन टुटाउने हो भने एमसीसी पारित गर्न सहयोग गर्ने कुरा पहिले नै आएको हो । अहिले पनि कुरो यही नै छ । कतिपय ‘ठूला नेता’ ले दोहोरो तेहेरो चरित्र देखाइरहेका छन् ।
कोही आँखा चिम्लेर जस्ताको तस्तै पास गर्ने, कोही सुधार गरेरमात्र पास गर्ने र कोही सत्ताको भाग पाएपछि पास गर्नमा सहयोग गरिहाल्ने ¤ आखिरमा यी तीन थरीका धुन्धुकारीको बोलीको शैली फरक देखिए पनि सारमा त उही नै देखियो–जसरी पनि एमसीसी पास गर्ने ¤
यस प्रकारको धुन्धुकारी प्रवृत्तिविरुद्ध तमाम देशप्रेमी नेपाली जनताको घोर आपत्ति छ । यसलाई कुनै पनि हालतमा पास गर्न दिइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *