यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
इतिहासमा खालखिन गोल माथि अघोषित युद्धबारे खुब चर्चा हुने गर्दछ । मार्सल जुकोभले आफ्ना संस्मरणहरूमा खालखिन गोलको लडाइँबारे विशेष लेख्नुभएको छ । खालखिन गोलको लडाइँलाई अघोषित सोभियत–जापानी अर्थात् मङ्गोलिया–जापानी सीमा विवाद या लडाइँका रूपमा पनि अध्ययन गरिन्छ । सोभियत सङ्घ, मङ्गोलिया, जापान र मन्चुकुव संलग्न उक्त लडाइँ सन् १९३९ मा भयो । युद्धमैदान भएर बग्ने खाल्खा नदीको नाममा युद्ध चिनिन्छ । जापानीहरू नोमोनहान घटनाको रूपमा सम्झन्छन् । सेप्टेम्बर १८, १९३१ मा जापानले मञ्चुरियामा हस्तक्षेप सुरु ग¥यो । सन् १९३२ फेबु्रअरीको अन्त्यमा जापानले मन्चुकुवमा आफ्नो कठ्पुतली सरकार खडा ग¥यो । त्यसपछि मङ्गोलिया र मन्चुरियाको सिमानामा अघोषित युद्धको घोषणा जापानी उपनिवेशवादी सरकारले ग¥यो । तर, खालखिन गोलको कथा जापानी छैटौँ सेनाको हारको कथा हो । सोभियत सेना, लाल सेना र मङ्गोलियाली सेनाको गौरवपूर्ण जितको कथा हो ।
जापानी हमलाकारीहरूले मङ्गोलियामाथि अचानक हमला गरेपछि सोभियत सरकारले सन् १९३६ मार्च १२ को सन्धिअनुसार बाह्य हस्तक्षेपको प्रतिकार गर्ने निर्णय ग¥यो । जापानी सेनाले मङ्गोलियाली सिमानाका सिपाहीहरूमाथि उत्तेजक हमला सुरु गरिसकेपछि मार्सल जुकोभलाई सो क्षेत्रमा जाने निर्देशन मिल्यो । उनले आदेशअनुसार सरासर जेनरल स्टाफका कार्यकारी उपप्रमुख तन स्मोरोडिनो लाई भेट्न गए । स्मोरोडिनोभसँग युद्ध क्षेत्रबारे ज्ञान थियो । टेबलमा नक्सा राखेर लामै छलफल र जानकारी साटासाट गरे । भूगोलअनुसार लडाइँ क्षेत्रका लागि सेनाबीच राम्रो सञ्चारको जरुरी रहेको टुङ्गोमा पुगी मङ्गोलियातिरको यात्रा थाले । जाँदाजाँदा सो क्षेत्रमा जापानी हवाइसेना मङ्गोलियाको आकाशमा उडिरहेको खबर आयो । मङ्गोलिया र सोभियत सेनाका लरी र कारहरूलाई पिछा गर्दै गोली वर्साएको खबर आयो ।
युद्धमैदानको १२० किलोमिटर वरै बसेर लडाइँ सञ्चालन सम्भव थिएन र तयारीविना अघि बढ्ने स्थिति पनि थिएन । लडाइँभूमिमा तयारी पुग्दो थिएन । एक किलोमिटर दूरीको लागि पनि टेलिफोन र टेलिग्राफको तार बन्दोवस्त थिएन । कमान्ड गर्ने पोस्ट र अवतरण स्ट्रिप्सहरू व्यवस्था गरिएको थिएन । काठको कमान्ड घरहरू बनाउने सल्लाह दिई जुकोभ केही अधिकारीहरूसँग युद्धमैदानको अग्रणी भागमा अवलोकनका निम्ति जानुभयो । स्थानीय रेजिमेन्टल कमिसारका अफिसर एम.एस. निकिसेभ साथै थिए । अवलोकनपछि सोभियत सेना र मङ्गोलियाली सेनाबीच छलफल भयो । जापानी सेनाको तागत र ल्याकतबारे जुकोभले अध्ययन गर्नुभयो । त्यतिमात्र होइन सोभियत सेना र मङ्गोलियाली सेनाका गल्ती, कमजोरीहरू औँल्याउनुभयो । सबैभन्दा ठूलो कमजोरी आफ्नै फौजको जाँचबुझ लामो समयसम्म नहुनुलाई औँल्याउनुभयो । जापानीहरूले आफ्नो आक्रामक शैली त्यागेका रहेनछन् । सोभियत सुदूरपूर्व र जनगणतन्त्र मङ्गोलियाविरुद्ध जापानको आक्रामक भावनाबारे सम्पूर्ण सेनालाई अवगत नगराई जापानी सैन्य टोलीसँग मुकाबिला असम्भव थियो ।
सोभियत–मङ्गोलियाली एउटा सैन्य टोली खाल्खा नदीको दायाँ किनारमा तैनाथ रहने र त्यही समय सिमानामा प्रतिकारको तयारी गर्ने योजना बन्यो । जनकसिसार अर्थात् उपल्लो तहसम्म योजना स्वीकृत भयो । हातहतियार जति माग गरिएको थियो त्योपनि पठाउने भएपछि सेनालाई आत्मबल मिल्यो । जापान लामो समय युद्धमैदानमा रहेको देश, उपनिवेशको निम्ति लडेको सिपाही भएको देश, हातहतियारमा निकै सम्पन्न र आधुनिक देश थियो । जापानको आक्रामकताविरुद्ध सोभियत सङ्घ र मङ्गोलियासँग कम्युनिस्ट कमान्डरहरू थिए । कम्युनिस्ट शिक्षा थियो, युद्धकौशल थियो ।
जापानले आफ्नो जित सुनिश्चित गर्न विदेशी शक्ति पनि गुहारेको थियो । तीमध्ये नाजी जर्मनी र फासीवादी इप्लीलालाई आग्रह गरिएको थियो । तिनले जापानलाई सघाए । जापानीहरू आक्रामक शैलीमा प्रस्तुत भइरहेकै समयमा मङ्गोलियाली आर्मीका वरिष्ठ सल्लाहकार आई.एम. अफोनिन, बेन सागान पहाडमा खतरा मोलेर पुगे र मङ्गोलियाली छैटौँ घोडचढी डिभिजनको प्रतिकार क्षमताबारे जाँचबुझ गरे । उनले त्यहाँ अँध्यारोमा जापानी सेना खालखिन गोल पार गरेको र मङ्गोलियाली सैन्य इकाईहरूमाथि धमाधम हमला गरिरहेको थाहा पाए । तिनको बृहत् स्तरको शक्तिले बेन सागान पहाड र वरपरका सम्पूर्ण क्षेत्रहरू हडपेर कब्जा जमाए । त्यहाँको भयावह स्थिति देखेपछि अफोनिन सोभियत सेनाको कमान्ड पोस्टमा फर्के । त्यसपछि ११ औँ ट्याङ्क ब्रिग्रेडअन्तर्गत ब्रिगे्रड कमान्डर एकोभलेभलाई मोर्चामा जाने निर्देशन मिल्यो । २४ औँ मोटर चालित रेजिमेन्टलाई सहायता दिने तोपखाना बटालियनका कमान्डर कर्णेल फेडयुनिन्स्कीलाई यकोभ्लेभसँग अन्तरक्रिया गर्दै युद्धमैदानमा जाने आदेश मिल्यो । ब्रेन सागेन पहाडमा तिनले अवलोकन पोस्ट बनाए, सम्पूर्ण तोपखाना र हातहतियार तयारी अवस्थामा राखे, युद्धक विमानहरू तैनाथ राखे । जापानी सेना १० हजारको सङ्ख्यामा थियो भने सोभियत र मङ्गोलियाली सेना जम्मा १००० मात्र थिए । जापानसँग १०० तोपखाना र ६० वटा ट्याङ्कलाई समेत रोक्ने तोप थिए भने सोभियत–मङ्गोलियालीसँग ५० थान पनि थिएन । तर, वीरता र लडाकू भावना थियो । ११ औँ ट्याङक ब्रिगेडको साहस र आत्मबल थियो । ब्रेन सागानमा जापानीहरूमाथि हमला सम्भव भयो । जापानी सेना नाकामुराले जुलाई ३ का दिन लेखेको डायरीको अंश जुकोभले प्रस्तुत गर्नुभएको छ । डायरीमा लेखिएको छ– “अचानक थुप्रै ट्याङकहरूले आक्रमण गरे, हाम्रो फौजमा नराम्रो क्षति पु¥याए । हामी अलमलमा प¥यौँ । तिनीहरूसँग घोडचढी सेना थियो । हाम्रा दुई युद्धकविमान खरानी भयो । जापानी फौजसँग आत्मबल हराउँदै थियो । जापानी सेनाले भयानक, दुःखद, निराशाजनक शब्द सायदै अनुभव गरेका थिए । जुलाई ५ को बिहानीसम्म बेन सागानमा चलेको हमलाले जापानी सेनालाई डरको अनुभूति दिलायो । हार कस्तो हुन्छ, थाहा पायौँ । हजारौँ–हजार जापानी शरीर ढले, कति जिउँदा सिपाहीहरू खालखिन नदीमा डुबेर विलाए । घोडा कति मरे, लेखाजोखा नै छैन । ४५ जापानी युद्धकविमान, जसमध्ये २० वटा गोताखोर बमवर्षक ध्वस्त बनाइए ।”
बेन–सागानमा प्रमुख भूमिका निर्वाह गर्ने ११ औँ ट्याङ्क ब्रिग्रेड नै थियो । सातौँ बख्तरबन्द ब्रिगेड, मङ्गोलियाली आठौँ बख्तरबन्द बटालियन, तोपखाना र वायु सेना इकाइको बलियो सहायता मिलेको थियो । बेन–सागानको लडाइँले युद्धमा ट्याङ्क र मोटरचालित फौजसहितको कुशल समन्वय र सहकार्य कति महत्वपूर्ण हुन्छ भन्ने सिकायो । वायु सेना र घुम्ती तोपखानाको संयुक्त प्रयासबारे पनि चर्चा भयो । त्यसपछि सिमानामा सेना र आधुनिक युद्ध सामग्रीहरूको आवश्यकता आकलन गरी लडाइँको तयारी गरियो । बेन–सागानमा हारपछि जापानी सेना झन् आक्रामक शैलीमा प्रस्तुत हुँदै थियो । तिनले टेलिफोनको लाइन ट्याप गरे । जानकारी प्राप्त गर्ने रेडियो खबर बन्द गरे । सोभियत–मङ्गोलियाली सेनाले साङ्केतिक अर्थात् कोड भाषामा टेलिफोन, रेडियो जानकारी आदानप्रदान गर्न सुरु गरे । सेनाका लागि हजारौँ निर्देशक पर्चाहरू छपाइयो । अग्रमोर्चामा उभिएका सिपाहीहरूसम्म पु¥याइयो । सोभियत र मङ्गोलियाली सेनालाई समयसमयमा राजनीतिक र सैन्य अभिमुखीकरण माथिल्लो तहबाट भइरह्यो जसले सेना र फौजमा उत्साह सञ्चार ग¥यो ।
लडाइँका घटनाक्रमबारे जुकोभले लामै लेख्नुभएको छ । युद्धमैदानका दर्दनाक घटनाहरू स्मरण गर्नुभएको छ । तत्कालीन समयमा जापानी फौजको कमजोर पक्ष पहिल्याउनु आवश्यक मात्र होइन अनिवार्य थियो । सोभियत फौजलाई राम्रो थाहा थियो ती आफ्नो सर्वहारा वर्गीय अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गर्दै थिए । जस्तै परिस्थितिमा हमला र अस्वस्थ युद्धविरुद्ध उभिने सोभियत सङ्घको नीतिबमोजिम सोभियत सेना मङ्गोलियाली जनताको माझमा थिए, जापानी फौजसँग कष्टसाध्य लडाइँ गर्दै थिए ।
मार्सल जुकोभले धेरै–धेरै वीर योद्धाहरूको योगदानबारे लेख्नुभएको छ । तीमध्ये भ्लादिमीर स्टाभ्स्की एक लेखक हुन् जसले सेनाको जीवन बाँचे, आजीवन नाजी र फासीवादी आक्रमणविरुद्ध लडे । उनी खालखिन गोलको लडाइँमा मार्सलसँगै थिए । लडाइँ मैदानमा जान कतिपनि सङ्कोच नमान्ने र आफ्नो अलिकति समय पनि खेर नपठाई लडाइँमा समर्पित रहने स्टाभ्स्कीले नेभेलमा लड्दालड्दै सन् १९४३ मा वीरगति प्राप्त गरे । उनलाई जस्तै जुकोभले भरू धेरै–धेरै वीरहरूलाई सम्झनु भएको छ । जुकोभले लडाइँमा ढलेका जापानी सेनाहरूको डायरीका केही परिच्छेदहरू उद्धृत गर्नुभएको छ । तीमध्ये फाकुटाको डायरी मार्मिक छ । उनले जापानी फौज कसरी हा¥यो भन्ने बताएका छन् ।
जापानी सेनाहरूलाई लालसेनाविरुद्ध ब्रेनवास गर्ने कामलाई महत्व दिइन्थ्यो । ‘सोभियत लालसेनासँग आधुनिक हातहतियार छैन । प्राविधिकरूपले ती पछाडि छन् । तिनको क्षमता जारकालीन सेनाको भन्दा न्यून छ । सन् १९०४–१९०५ को रूस–जापान युद्धमा जापानले सजिलै रूसलाई हराएको थियो ।’ यस्ता कुराहरू मस्तिष्कमा भरिएको जापानी फौजले खालखिन गोलमा शक्तिशाली सोभियत ट्याङ्क, उड्डयन, तोपखाना, पूर्ण व्यवस्थित पैदलसेनासँग मुकाबिला गर्नपर्दा निकै अत्तालिए ।
“लाल सेनाको कब्जामा पुगेका जापानी सेनालाई बन्दीगृहमा हत्या गरिन्छ, त्यो भन्दा अगाडि निर्ममभन्दा निर्मम यातना दिइन्छ, लालसेना राक्षस जस्तै हुन्छन्” भन्ने गलत अफवाह फैलाइएको थियो । एकजना भर्खरका जापानी सेनालाई कब्जामा लिई जुकोभमाझ ल्याइँदा अनुहार पूरै लामखुट्टे टोकाईले सुन्निएको थियो ।
उनलाई सोभियत सेनामाथि निगरानी गर्न खटाइएको थियो । हलचलविना निरीक्षणमा रहने आदेश थियो, झुलको बन्दोवस्त थिएन । रातभर लामखुट्टेको टोकाइ सहेका उनले बिहान सहनै नसकेर हलचल गर्दा सोभियत सेनाले पक्राऊ ग¥यो । जुकोभ त्यस क्षेत्रमा जापानीहरूको योजनाबारे जान्न चाहनुहुन्थ्यो । त्यसकारण, बन्दी जापानी सेनाका निम्ति एक गिलास भोड्का मगाउनुभयो । जापानी सेना बोल्यो – “कृपया पहिलो घुट्को तपाइँ लिनुहोस् ¤ यसमा विष हुन सक्नेमा मलाई डर छ । मेरो बुबाले मलाई लडाइँ भूमिबाट जिउँदै फर्कनु भनेका छन् ।” यसले सोभियत सेनाले जापानी सेना फेला पर्नेबित्तिकै मार्छन् भन्ने हल्ला व्याप्त भएको पुष्टि ग¥यो ।
सन् १९३९ अगष्त ३१ मा मङ्गोलियाली जनगणतन्त्रबाट छैटौँ जापानी सेना लखेटियो । रक्षा र प्रतिरोधका लागि जनकमिसारका भोरोसिलोभले नोभेम्बर, १९३९ मा लेखे – “खालरियन नदीको क्षेत्रमा भएको लडाइँमा सहभागी सिपाही, अधिकारीहरूले हाम्रो गौरवलाई उँचो बनाए । उनीहरूको बहादुरी र वीरता, युद्ध आदेशहरूको उत्कृष्ट कार्यान्वयन क्षमताका लागि सहृदय धन्यवाद ।”
युद्धमैदानमा सोभियत सेनाले शत्रुविरुद्ध मात्र लडेनन्, बरु आप्mनो युद्धकौशल पनि प्रदर्शन गरे । सेना आपूm मरेपनि आप्mना सहयोद्धाको रक्षा गर्ने विचारबाट लालसेना दीक्षित थिए । सहकार्य तथा समन्वयले नै युद्धमैदानमा बलियोसँग एकसाथ उभिन सकिन्छ भन्ने पुष्टि खालखिन गोलको लडाइँले ग¥यो ।
युद्धमैदानमा सोभियत नायक, वरिष्ठ लेफ्टिनेन्ट भी.एफ. स्कोबारिखिनलाई जुकोभले सम्झनुभएको छ । उनी पाइलट थिए । उनले हवाई हमलामा देखाएको कौशलबाट सोभियत सेनाको शक्ति जापानी फौजले आकलन गरेका थिए । धमाधम जापानी युद्धकविमानलाई खरानी बनाउने पाइलट उनी नै थिए । लडाइँभूमिमा उनको कौशल बेजोडको थियो । सेना, अधिकारी, कमान्डरहरूको जीवन जोगाउने पुण्यको काममा खटिने डाक्टर, नर्स र चिकित्सकहरूलाई जुकोभले सम्झनुभएको छ ।
लडाइँमा जापानी फौजको हार सोभियत लालसेनाको अनुभव, सोभियत सङ्घमा हातहतियारको उत्पादन र आधुनिकीकरण, कमान्डरहरूले पाएका उत्कृष्ट तालिमहरूको नतिजा होभन्दा अत्युक्ति नहोला । त्यसकारण, मङ्गोलियाली सेना र सरकार सोभियत सङ्घप्रति अनुग्रहित बने । मङ्गोलियाली सेनाको तर्फबाट सोभियत फौजलाई पठाइएको पत्रमा लेखिएको छ– “हाम्रो भूमिको रक्षाका निम्ति जापानी हमलाकारीहरूसँग निडर र वीरतापूर्वक लडेका सोभियत सेनाप्रति सम्पूर्ण मङ्गोलियाली सैन्य फौजको तर्फबाट धन्यवाद ¤
देशको स्वतन्त्रता र मुक्तिसङ्घर्षको इतिहासमा हाम्रा जनताले सोभियत सेनाको नाउँ सुनौलो अक्षरले लेख्नेछन् । सङ्घर्षको इतिहासमा खालखिन गोलमा जापानी हमलाविरुद्ध सोभियत सेनाको वीरतालाई पुस्तौँपुस्ताले पढ्नेछन् । सोभियत सङ्घको भाइचारा र निःस्वार्थ सहयोगविना मङ्गोलियाली जनताले मुक्ति र क्रान्तिकारी मङ्गोलियाली राज्य प्राप्त गर्ने थिएनन् । सोभियत सङ्घको सहयोग प्राप्त नभएको भए हामीले पनि मन्चुरियाको नियति भोग्नुपथ्र्यो । हामी सोभियत सेनाको लडाकू भावना र युद्ध कौशलको सम्मान गर्छौँ, अनुसरण गर्छौँ ।”
खालखिन गोल लडाइँका सहिदहरूको स्मारकमा लेखिएको छ – “मङ्गोलियाली जनताको मुक्ति र स्वतन्त्रताका लागि शान्ति र सुरक्षाका लागि जापानी हस्तक्षेपविरुद्ध, साम्राज्यवादी आक्रमणविरुद्धको लडाइँमा वीरगति प्राप्त गरेका वीर सोभियत योद्धा र बहादुर मङ्गोलियाली क्रान्तिकारी सेनाप्रति असीम र अनन्त सम्मान ।”
त्यो लडाइँपछि जुकोभलाई सोभियत सङ्घका नायकको उपाधिले सम्मान गरियो । साथै, सन् १९७२ मा मङ्गोलियाली जनगणतन्त्रका हिरोको उपाधि प्रदान गरियो । खालखिन गोलपछि जुकोभ नेतृत्वको फौज उल्लान बाटोर फक्र्यो । मार्सल जुकोभले अत्यन्त प्रेमपूर्वक मङ्गोलियाली जनताको इमानदारी, दयालु स्वभाव, सोभियत सङ्घप्रतिको विश्वासलाई सम्झनुभएको छ । मङ्गोलियाली जनताको घर, राज्यका संस्थाहरू, सेनाका ब्यारेकहरू जताततै जुकोभले लेनिनको फोटो टाँगिएको देख्नुभएको थियो । मङ्गोलियाली सेना समयसमयमा सोभियत सङ्घमा तालिम लिन आउने सन्दर्भ पनि जोड्नुभएको छ ।
मार्सल खोरलोगिन चोइबाल्सनबारे छोटो चर्चा जुकोभले गर्नुभएको छ । मङ्गोलियाली जनताको मुक्तिपछि उनी निकै खुसी थिए । उनी जुकोभ खमर–दादा पहाडमा हुँदा भेट्न आएका थिए । उनी असाधारण प्रतिभा, हार्दिकता भएका व्यक्ति थिए । सारा जीवन सोभियत सङ्घका निम्ति समर्पण गरे । उनी एक अन्तर्राष्ट्रवादी थिए । जीवनको अन्तिम दमसम्म विश्व साम्राज्यवाद र फासीवादविरुद्ध लडे । माक्र्सवादी–लेनिनवादी पार्टी, शान्ति, समाजवाद र जनताको प्रजातन्त्रका निम्ति आजीवन लडेका सहयोद्धाहरूलाई जुकोभले मनैदेखि सम्झनुभएको छ । जुकोभले सोभियत सङ्घको सहयोगबारे मात्र लेख्नुभएको छैन । सोभियत सङ्घलाई मङ्गोलियााट प्राप्त सहयोगबारे पनि चर्चा गर्नुभएको छ । सोभियत सङ्घले नाजी जर्मनीविरुद्ध देशभक्तिपूर्ण युद्ध लडिरहँदा मङ्गोलियाले सहयोग ग¥यो । सन् १९४१ मा मङ्गोलियाली जनगणतन्त्रले १४० कारलोड उपहार सोभियत सेनालाई पठायो । जुन ६ करोड ५० लाख टुग्रिक्स अर्थात् मङ्गोलियन रुपियाँ बराबरको हुन्छ । सोभियत सङ्घको बैङ्कले वैदेशिक व्यापारका लागि मङ्गोलियाबाट २५ लाख टुग्रिक्स प्राप्त ग¥यो । त्यतिमात्र होइन, एक लाख अमेरिकी डलर र ३०० किलो सुन प्राप्त ग¥यो । त्यो रकमले थुप्रै हातहतियार जुटाउन सहयोग ग¥यो । सन् १९४१–१९४२ मा लालसेनाले ३५ हजार घोडा सहयोग पायो । मङ्गोलियामा बिस्तारै समाजवाद विकास हुँदै गयो । सन् १९३९–१९४० मा मङ्गोलियाको भूमिमा लडेका वीर सिपाहीहरू सन् १९४१ मा नाजी जर्मनी सेनाविरुद्ध मस्कोमा लडे । विश्व फासीवादी र समाजवादी खेमामा विभाजित हुने सङ्घारमा मङ्गोलिया रूसको समाजवादको पक्षमा उभियो । पछि मङ्गोलियाली जनगणतन्त्र समृद्ध समाजवादी देश बन्यो । त्यहाँ उद्योग, कृषि, विज्ञान र प्रविधिको राम्रो विकास भयो ।
जुकोभ मस्को फर्केपछि नेता स्तालिनले भेट्न बोलाउनुभयो । त्यसअघि उहाँले नेता स्तालिनलाई कहिल्यै भेट्नुभएको थिएन । त्यसकारण, असाध्यै पुलकित मुद्रामा उहाँ स्तालिन समक्ष पुग्नुभयो । उहाँलाई स्तालिनले सोध्नुभयो– “जापानी सेनाबारे तिम्रो धारणा के छ ?”
“खालखिन गोलमा हामीविरुद्ध लडेका जापानी सेना तालिमप्राप्त थिए । विशेषगरी नजिकका क्वार्टरहरूमा हमला गर्न खप्पिस थिए । आफ्नो जिम्मेवारीमा इमानदार थिए । सिनियरभन्दा जुनियर कमान्डिङ अफिसरहरू बढी तालिमप्राप्त थिए । जापानी सेनाको युद्ध पोसाक अप्रचलित भइसकेको थियो । जापानी ट्याङक र ःक्–ज्ञक् बिलकुल पुरानो भइसकेको थियो । तिनीहरू सुस्त तथा खराब ढङ्गले प्रतिकार गर्दै थिए । मेरो अध्ययनमा जापानी फौज पहिलाको तुलनामा निक्कै पछाडि परेको पुरानो भइसकेको भन्दा फरक पर्दैन ।”
हामीले कसरी लडाइँ जित्यौँ भन्ने सवालमा जुकोभले सटिक जवाफ दिनुभयो ।
सारमा सोभियत सेनाको अनुशासन, प्राप्त तालिम हातहतियारको आधुनिकता, कमान्डरहरूको सही निर्णय जापानी फौजको कमजोरी थाहा हुनु, लालसेना र मङ्गोलियाली क्रान्तिकारी सेनाबीच राम्रो र असल समन्वय हुनुले जित हासिल भयो ।
जुकोभले खालखिन गोलको लडाइँलाई सम्पूर्ण लडाकू, सिपाही, कमान्डर, सैन्य इकाइहरूका लागि युद्धकौशल सिकाइको राम्रो विद्यालयका रूपमा स्मरण गर्नुभएको छ ।
लडाइँ क्षेत्रमा सोभियत सेनाका कमजोरीहरू पनि केलाइएको छ । खालखिन गोलमा कब्जाको लागि जापानी सरकारले हमला गर्नुको मुख्य उद्देश्य के हो भनी सोधिँदा जुकोभले भन्नुभयो – “जापान सरकारको तत्कालीन उद्देश्य मङ्गोलियाली सिमाना खोस्नु हो भने पछि खोल्खा नदीको किनारै किनार लाइन तानेर रणनीतिक हिसाबले महत्वपूर्ण रेल्वे ट्«याक बनाउनु हो जुन चिनियाँ पूर्वी रेल्वेको पश्चिम हाम्रे ट्रान्स–बैकाल क्षेत्रको सिमानासँग नजिक पर्छ ।”
सम्पूर्ण जवाफ सुनिसकेपछि स्तालिनले भन्नुभयो – “अब तिमीसँग लडाइँको अनुभव भयो । त्यसैले किभ सैन्य जिल्ला क्षेत्रको कमान्डमा खटिनू ! आफ्नो अनुभव सोभियत सेनासँग साट््नू, तालिम दिनू ¤” त्यही समय सैन्य अपरेसनको जर्मनी र एङ्ग्लो फ्रेन्च खेमाको विषयमा स्तालिनको विचार जुकोभले सुन्न चाहनुभयो । वास्तवमा ब्रिटेनको डालाडियर र चाम्बरलेन सरकारको हिटलरसँग मिलेर युद्धमा समावेश हुने कुनै नियत थिएन । ती सोभियत सङ्घविरुद्ध युद्ध छेड्न हिटलरलाई मनाउँदै थिए । हिटलरविरोधी खेमा वा सोभियत सङ्घसँग आउन तिनले सन् १९३९ मै अस्वीकार गरिसकेका थिए । त्यो तिनको अदूरदर्शी कदम थियो ।
स्तालिनको व्यक्तित्वले जुकोभलाई खुबै प्रभावित बनायो । स्तालिनको नरम स्वर, गहिरो र सटिक मूल्याङ्कन, सैन्यमामिलामा गहन ज्ञान, अन्य व्यक्ति अर्थात् सेना, कमान्डर र कार्यकर्ताहरूको प्रतिवेदन सुन्ने धैर्य, प्रश्न गर्ने शैलीबाट जुकोभ प्रभावित हुनुभयो ।
नेता स्तालिनले नै जुकोभलाई किभ सैन्य क्षेत्रको कमान्डर बनाउनुभयो । जुकोभ बेलारूसको सैन्य क्षेत्रमा रहँदा किभ क्षेत्र उहाँको आदर्श या सिक्ने क्षेत्र थियो । सोभियत सङ्घकै एउटा महत्वपूर्ण सैन्य क्षेत्र, उच्चकोटीको सैन्य जिल्लामा कमान्डरको जिम्मेवारी चानचुने थिएन । त्यसकारण, उहाँ दिलोज्यानले खटिनुभयो । किभ विशेष सैन्य क्षेत्रमा काम गर्दाको अनुभव जुकोभले पुस्तकमार्फत साट्नुभएको छ ।
Leave a Reply