भर्खरै :

यात्रा पिता र पुत्रको – ९

(गाउँमा भाले बास्न थाल्छ । गोठमा सुतेकि बुहारी आँखा मिच्दै घरभित्र पस्छिन्)
बुहारी– अहो ! यहाँ त दाजुहरू आउनु भा’ र’ छ !
अँगेनाको वरिपरि सुत्नु भा’ र’ छ !
कतिखेर होला आउनु भ’को चालै पाइनँ,
गोठमा जाँदा निद्रा लाग्यो फर्कन पाइनँ ।
पिता– (बिस्तारै बस्दै)
हिजोको दिन अँध्यारो भयो यो गाउँमा पस्दा,
सुनसान थियो गाउँभरी सिरेटो नै चल्दा ।
आमाले दिइन् सहारा ठूलो बास नै दिएर,
दुःखको कुरा सुन्न नि परो’ यो गाउँ पसेर ।
(बुढीआमा पनि भ¥याङबाट ओर्लन्छिन्)
बुढीआमा– दुलही पनि उठेर आइ’छे, बिहान सबेर,
दूध खाने बच्चा छोड्नु हुन्न एक्लै पारेर ।
बुहारी– एकथोपा पानी गाग्रोमा छैन त्यसैले उठेकी,
भान्साको लागि तयारी गर्न चाँडै नै आएकी ।
(यात्रीहरू फर्कने सुरसार गर्छन्)
पिता– (बुढीआमाको अगाडि हात जोड्दै)
लौ त आमा, बिदा हुन्छौँ हामी पछि भेटौँला,
हजुरको गुण सदाको लागि मुटुमा राखौँला ।
बुढीआमा– (सबैलाई छेक्दै)
नजाऊ बाबू, दुइचार दिन बस भेट कहिले होला र !
मायाको खानी जाने मान्छे अब कहिले फर्किएला र !
गाउँमा डुल्नु सुख दुःख बुझ्नु के लानु छ र !
रुखोसुखो ख्वाउँछु चिनाजानी गर्छु लिनु पर्दैन पीर !
पिता– (सबैलाई हेरेर)
दुईचार दिन बस्न आमाले गरिन् अति नै कर,
सबैले भन्नु, हुन्छ कि हुन्न, के छ त विचार ?
पहिलो मान्छे– हुन्छ नि काका ! यो गाउँमा बस्दा के बित्ने छ र,
जता गयो अब उतै नै हाम्रो भयो नि घर ।
घर–खेत छैन, सम्पत्ति छैन, संसारै हाम्रो हो,
गरिबहरू मिलेर बस्नु, विचार राम्रो हो ।
(सबैले आ–आफ्नो झोला यताउति किलामा झुन्ड्याउँछन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *