बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
संरा अमेरिका कस्तो देश हो भन्ने कुरा आज इराक, अफगानिस्तान र लिवियाका जनतालाई भन्दा बढी कसलाई थाहा होला र ? सुन्दर र समृद्ध ती देशहरू संसारले हेर्दाहेर्दै आज भग्नावशेषको थुप्रो बनेको छ । कुन दिन मारिने हो, कुन दिन छानामा बम खस्ने हो, कुन दिन भोकै मरिने हो कुनै टुङ्गो नभएका ती देशका जनता आज आफ्ना सन्तानको सुन्दर भविष्यको लागि महिनौँ–महिना अनकन्टार भूमिको यात्रा गर्न बाध्य छन् । उनीहरू किन कुनै पनि गल्ती नगरे पनि यस्ता दुःख भोग्न बाध्य भए ? प्रस्टतः यसको एउटै कारण संसारलाई आफ्नो तखतमा राख्ने संरा अमेरिकी शासकहरूको चाहना । यो संरा अमेरिकी हतियार व्यापारीहरूको आफ्नो उत्पादन बेच्ने लक्ष्य । यो संसारलाई आफ्नो एकछत्र बजार बनाउने अमेरिकी व्यापारी र पुँजीपतिको उद्देश्य हो । उनीहरूका तिनै स्वार्थ पूरा गर्न आज संसारका करोडौँ जनता दुःखको आहालमा डुबेका छन् ।
संरा अमेरिका कस्तो देश हो भन्ने कुरा आज त्यहीँका काला, ह्यासपेनिक, एसियाली मूलका जनतालाई भन्दा बढी कसलाई थाहा होला र ? संसारलाई प्रजातन्त्र र मानवअधिकारको पाठ सिकाउने संरा अमेरिकामा अझै पनि यी समुदायका मानिस अनागरिक भएर बाँच्न विवश छन् । को कतिबेला जर्ज फ्लोयडजस्तै मारिनुपर्ने हो, कुनै ठेगान छैन । कतिबेला कुन विद्यालय वा रात्रीक्लवमा कोही सन्की युवकले गोली चलाएर कति जनाको ज्यान लिने हो, कुनै टुङ्गो छैन ।
मानिसहरू न्यु योर्कको टाइम्स स्क्वाएरको झिलिमिली हेर्छन् र अमेरिकी समृद्धिको बखान गर्छन् । तर, न्युयोर्ककै गल्लीमा एक्लै हिँड्दा कुनै पनि बेला लुटिन सक्ने भयको कुरा पत्याउन तयार हुँदैनन् । अमेरिकी सेनाको ठाँट परेको चाल हेरेर मानिसहरू अमेरिकीहरू शक्तिशाली भएको भन्छन् । तर, ग्वान्टानामो टापुमा निर्दोष बन्दीहरूलाई नाङ्गो बनाएर ‘पहाड बनाएर’ माथि बन्दुक राखेर तस्बिर खिचेको अमानवीयता कसैलाई वास्तविक लाग्दैन । ‘सपनाको देश’ मानिएको संरा अमेरिकाले ल्याटिन अमेरिकी देशका जनतामाथि गरेको शोषणको इतिहास धेरैलाई पढ्न मन नलाग्ला । तर, इतिहासको शिलापत्रमा कुँदिएको यो वास्तविकता अब सायद कुनै घोडामा सवार शासकले पनि मेट्न नसक्ला ।
प्रसङ्ग एमसीसीकै । एमसीसी सम्झौता पारित गराउन मरिहत्ते गर्ने देशका शासक र बुद्धिजीवीहरू संसारको ऐनामा देखिएका यी सबै वास्तविकतालाई हेर्न चाहँदैनन् अथवा वास्तविकता ठान्दैनन् । उनीहरू यसलाई ‘प्रचारबाजी’ ठान्छन् । यसलाई ‘राजनीति’ ठान्छन् । तर, एमसीसी सम्झौता पारित भएपछि इराक, अफगानिस्तान र लिवियाको कथा नेपालीमा पनि ‘अनुवाद’ हुने सम्भावना उनीहरूले नदेख्दैमा नहुने होइन । विकसित र समृद्ध जीवन बाँच्ने मोहमा उनीहरू डाक्टर फाउस्टसले जस्तै राक्षसलाई आफ्नो आत्मा बेच्न खोजिरहेका छन् । त्यस्तो गल्ती नेपाली जनताले गर्न दिनुहुन्न । नेपाली जनताका प्रतिनिधिहरूले यसरी आफ्नो आत्मा बेच्ने अपराध गर्नुहुन्न ।
Leave a Reply