के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
नेपाल आमाको दूधबाट बाँचेका हामी यो धर्तीका सक्षम सन्तान हौँ । राम्रो राजनीतिले देशलाई खाल्डोबाट जोगाउने काम गर्छ, सारा जनताको मुहार फेर्ने काम गराउँछ । सबैले माया गरेर खाईनखाई दुःख कष्ट आफै भोगी सरकार बनाएको हामीले नै हो र दुईतिहाई बहुमत बनाएको हामीले नै हो । अमूल्य जनताको भावनाको माया टोकरीमा नफाली ।
शासकहरू नेपालको गरिमामय बन्नुप¥यो । आमाको काख जन्म जन्मौको लाख । आमाको हृदयमा बसेको हामी नेपाली । हामी आमाको अस्तित्व कसैलाई पनि लुट्न दिँदैनाँै । सिद्धार्थ राजकुमारले नेपाललाई विश्वमा चिनाएका थिए । तर, हाम्रो सत्तारुढ दलका नेताहरूमा हुनुपर्ने सामान्य गुण पनि छैन । कस्तो काङ्ग्रेस ? एमाले मतिभ्रष्ट नहोस् । नत्र गन्हाएको फर्सीजस्तो हुन्छ पक्का । तीन करोड जनतालाई ५५ अर्बको एमसीसी चाहिँदैन । आजका शासक वर्गहरूले बुझन्नुपर्छ । सौतेनी आमाले मुखमा जति चुम्बन गरे पनि वास्तविक रूपमा त्यो चुम्बन राम्रो होइन । त्यो जन्मदाता आमाको स्नेह मायाजस्तो होइन ।
परिवर्तनको नाउँमा या शोषक सामन्त सिध्याउने नाउँमा १७ हजार जनताले बलिदान दिए । दोधारे नीतिले बाँदरको गति हुन्छ । प्रधानमन्त्री हुने लोभमा पश्चिमबाट सूर्य उदाउने सपना बाँडेर महाकाली सन्धि भयो । शेरबहादुर देउवाले जनताको भावनामा चोट पु¥याउने काम गरे । शासक वर्गहरूको चरित्र ५५ अर्बको एमसीसीले चरितार्थ गरिदियो । त्यो सौभाग्य होइन दुर्भाग्य हो । त्यसले दूरगामी असर पार्छ । शान्तिको जन्मभूमि नेपालमा सैन्य परेड खोल्ने मैदा बनाउन हुँदैन । ५५ अर्बको एमसीसीले कसरी शान्ति हुन्छ ? छोरा के हेर्ने छोराको साथी हेर्ने, तेल के हेर्ने तेलको धारा हेर्ने । सोझा हेर्न परे युधिष्ठिर हेर्ने, घमण्डी हेरे दुर्याेधन हेर्ने । नेपाल सिध्याउनेमा अघि सर्ने सत्तारुढ दलका नेताहरू नै हुन् । यसले शासकहरूको छविमा दाग लाग्छ । आजदेखि उनीहरूलाई लेण्डुप दोर्जे नाम राख्दा फरक पर्दैन ।
Leave a Reply