अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
११ फागुन २०७८ को ‘अन्नपूर्ण पोष्ट’ मा प्रकाशित डा. प्रकाशशरण महतको ‘राष्ट्रघात होइन एमसीसी’ शीर्षकको लेख पढेँ ।
“सत्तामा हुँदा मात्रै होइन, विपक्षमा हुँदा पनि काङ्ग्रेस एमसीसीको पक्षमा थियो ।” त्यो वाक्य पढेपछि ‘मुसाको बच्चा मुसै हुन्छ, विरालाको बच्चा विरालै हुन्छ’ भन्ने उखान सम्झेँ । एमसीसी होस् वा अरू केही होस्, संरा अमेरिका, बेलायत वा भारत सरकारले जे भन्छ नेपाली काङ्ग्रेस त्यही स्वीकार्छ– ‘सत्तामा हुँदा होस् वा विपक्षमा ।’
राजनीतिशास्त्र तथा अर्थशास्त्र भनेको जीव विज्ञान होइनन् । हो, नेपाली काङ्ग्रेसका केही माननीय सांसदहरूका हजुरबुबा, बुबा र नाति–नातिनीसमेत काङ्ग्रेस नै थिए र काङ्ग्रेस नै हुन् भन्ने सुनेको हुँ । त्यसो त पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य, मोहनविक्रम सिंह, निर्मल लामाजस्ता कम्युनिस्ट भनिएका नेताहरू सुरुमा नेपाली काङ्ग्रेस नै थिए । तर, नेपाली काङ्ग्रेसका केही नेताहरू वर्गीय रूपले सामन्त र जमिनदार वर्गबाट आएका हुन् र वर्गीयरूपले ती पुस्ता नेपाली काङ्ग्रेस नै हुन् । वीपी कोइरालाको ‘समाजवाद’ लाई केही कुलीन काङ्ग्रेसहरूले ‘म्याद नाघेको’ र ‘असान्दर्भिक भइसकेको’ बताउँछन् । तीमध्ये डा. रामशरण महत र डा. प्रकाशशरण महत पनि हुन् ।
तर, मलाई उहाँहरूको पारिवारिक पृष्ठभूमि र विश्वविद्यालयबारे जानकारी छैन । ती सबै पृष्ठभूमि थाहा भएको भए उहाँहरूको विचार प्रस्ट भन्न सकिन्थ्यो । देशको स्वतन्त्रता र सार्वभौमिकतासमेत हरण गर्ने एमसीसीलाई ‘राष्ट्रघात’ होइन भन्नु ‘देशद्रोह’ र राज्यप्रतिको विश्वासघात हो । के उहाँहरूको अघिल्लो पुस्ताले नेपालमा बेलायती साम्राज्यवादको आक्रमण र युद्ध हुँदा सुगौली सन्धि गराउन शुत्र पक्षलाई सहयोग गर्ने गरेको थियो ? देशघात तथा राज्यद्रोह गर्दा शत्रु पक्षबाट पुरस्कार पाउन सकिएला । यसबारे नेपालको गुप्तचर विभाग कति गम्भीर छ भन्ने मलाई थाहा छैन । तर, २०२२ सालतिर अमेरिकी दूतावासलाई गुप्त सूचना प्रवाह गरेकोमा नेपालको गुप्तचर विभागको उपाध्यक्षलाई पक्राउ गरी र कारबाही गरिएको कुरा गोरखापत्र र पत्रपत्रिकामा छापिएको थियो ।
१४ फागुनको एउटा टीभी अन्तर्वार्तामा काठमाडौँकै एक काङ्ग्रेसका नेता तथा सांसदले विदेशी कम्युनिस्टहरूबाट नेपाली कम्युनिस्टहरूले कक्षा लिन्छन् र विदेशीहरूलाई गुरु मान्छन्, सुरुदेखि नै अमेरिकी साम्राज्यवादको विरोध र भारतीय विस्तारवादको विरोधमा तालिम लिन्छन् भने ।
वीपी कोइराला आफै भारतमा जयप्रकाश नारायण र डा. लोहियाहरूको सल्लाहमा काम गर्थे । सत्य कुरा के हो भने नेपाली काङ्ग्रेसजस्तै नेपालको कम्युनिस्ट पार्टी पनि भारतमै स्थापना भएको थियो । संसारले संरा अमेरिकालाई साम्राज्यवादी भन्छ । भारतले दक्षिण एसियाली देशहरूमाथि थिचोमिचो र हमला गरी आफ्नो भूभागमा भारतमा गाभ्दा पनि भारतलाई विस्तारवादी नभनी के भन्ने ?
यसकारण नेपाली काङ्ग्रेसलाई वर्गीयरूपले विदेशी पुँजी ‘परस्त’ राजनैतिक दल नभनी के भन्ने ?
तर, नेपालमा ‘प्रजातन्त्रवादी’ भन्ने दल र नेताहरू व्यवहारमा प्रजातन्त्रवादी रहेनन् र ‘कम्युनिस्ट’ भन्ने राजनैतिक दलहरू सैद्धान्तिक र वर्गीयरूपले कम्युनिस्ट (साम्यवादी) रहेनन् । एमसीसीको पक्षमा बोल्ने कुनै पनि ‘कम्युनिस्ट दल’हरू कम्युनिस्ट रहेनन् ।
Leave a Reply