के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
भक्तपुरबाट प्रकाशित ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा पस्किने लेख, समाचार कुनै पनि राष्ट्रिय पत्रिकाभन्दा कम छैन, अझ बढी स्तरीय छ । बौद्धिक स्तर वृद्धिमा ती दुई पत्रिकाको महत्वपूर्ण भूमिका या योगदान रहेको छ । म यी दुवै पत्रिकाको नियमित पाठक र ग्राहक हुँ ।
पत्रिकाको एउटा राम्रो पक्ष छापा फोटो (तस्वीर) पनि हो । पत्रिकामा छापेको फोटोले पनि पाठकलाई राम्रो सन्देश दिएको हुन्छ । केही महिना अघिसम्म पत्रिकाको स्तर पनि राम्रो, छापेका फोटोहरू पनि राम्रै थियो । पत्रिका हेर्नासाथ फोटोमा पहिला आँखा पुग्छ । मनलाई आनन्द अनि पढ्न पनि आनन्द ।
यो केही हप्तादेखि पत्रिकामा छाप्ने पत्रिकाको क्वालिटी पनि नराम्रो । फोटोहरू कालो देखिन्छ । न मान्छे चिन्छ न त सौन्दर्य नै छ । नचिन्ने फोटो छापेर के गर्ने ? पत्रिकाको गुणस्तर खस्किनेछ । त्यसैले, प्रकाशक र सम्पादक मण्डलले पत्रिकामा व्यक्ति नचिन्ने खालको कालो फोटो छाप्नुभन्दा नछाप्नु जाती होला । ध्यान जाओस् !
Leave a Reply