भर्खरै :

परियोजनामा सहमति नजनाउँदैमा माओवादी केन्द्र ‘धुलोपिठो’ हुने !

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसदमा ध्वनिमतबाट पारित भएपछि नेकपा (माओवादी केन्द्र) मा राजनीतिक भुइँचालो गएको छ । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको सो बैठकमा माओवादीका नेताहरूले पार्टीको महाअधिवेशनविपरीत पार्टीका अध्यक्ष दाहालले एकतर्फीरूपमा विनासंशोधन एमसीसी सम्झौता पारित गरेको समाचार प्रकाशमा आयो ।
समाचारमा नेताहरू देव गुरुङ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले राष्ट्रघाती एमसीसी सम्झौता पारित गरिएको भन्दै लिखितरूपमै असहमति जनाएको उल्लेख छ । माओवादी केन्द्रकै नेताहरूको अभिमतबाट अध्यक्ष पुष्पकमल दाहालमा अडान र दृढता नभएको पुष्टि हुन्छ । यसले अध्यक्ष दाहाल अवसरवादी नेतामात्र होइन आत्मसमर्पणवादी नेता भएको थप पुष्टि गरेको छ ।
फागुन २१ गते प्रकाशित अन्नपूर्ण दैनिक पत्रिकामा माओवादी केन्द्रका अध्यक्ष दाहालले केन्द्रीय बैठकमा व्यक्त विचारबारे लेखिएको छ, “एमसीसी पारित नभएको भए माओवादी केन्द्र धुलोपिठो हुन्थ्यो । काङ्ग्रेससँग मिलेर एमालेले हामीलाई कर्नरमा पु¥याउने र सभामुखविरुद्ध महाअभियोग लगाउने काम हुन्थ्यो ।” कुनै एउटा विदेशी कम्पनीको परियोजना पारित नगर्दा धुलोपिठो हुने माओवादी केन्द्र कस्तो दल ¤ ‘जनयुद्ध’ मा माओवादीका मात्रै १० हजारभन्दा बढी ज्यान गए पनि धुलोपिठो नभएको र एक समय देशकै ठूलो पार्टी बनेको माओवादी केन्द्र कुनै अपराध नगरी कसरी धुलोपिठो हुन्थ्यो ? माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीको परामर्शमा पार्टीमा कुनै छलफलैविना एमसीसी सम्झौता पारित गर्ने प्रतिबद्धता जनाएर अमेरिकीसामु आत्मसमर्पण नगरेका भए पार्टी धुलोपिठो हुने चिन्ता किन हुन्थ्यो ?
नेकासँग मिलेर एमालेले माओवादी केन्द्रलाई कर्नरमा पु¥याउने रे ¤ माओवादी केन्द्र सिद्धान्त र विचारमा टेकेको दल भए यस्तो चिन्ता लिनुपर्दैनथ्यो । सिद्धान्तको राजनीति गर्ने दलले हारजितलाई महत्व दिँदैन । निर्वाचनमा हारे पनि जिते पनि सिद्धान्त र विचारको राजनीति गरिरहेको हुन्छ । सिद्धान्तनिष्ठ दलले एकचोटि निर्वाचनमा हार्दैमा पार्टी नै नरहने चिन्ता लिँदैन, लिनु आवश्यक छैन । अध्यक्ष दाहालको चिन्ताले पनि थाहा हुन्छ, माओवादी केन्द्र सिद्धान्त र विचारको आधारमा चलेको दल होइन । ज्यानको बाजी राखेर, रगतको खोलो बगाएर ‘जनयुद्ध’ गरिसकेको माओवादी केन्द्रलाई सभामुखविरुद्ध महाअभियोग लगाउने चिन्ता ¤ सङ्घर्ष र आन्दोलनमा प्रतिक्रियावादी सामन्त र पुँजीपति वर्गको सरकारले जेलनेलमा राखे पनि नझुक्ने, आत्मसमर्पण नगर्ने दललाई मुद्दाको केको चिन्ता ¤
सत्तारुढ तथा ठूला दलका नेताहरू विदेशीसामु झुकेकाले, उठबसमा बसेकाले नै यो चिन्ताले छोपेको हो । राजनीति इमानदारीपूर्वक नगर्दा, देश र जनताप्रति जिम्मेवार नहुँदा यो समस्या देखिएको हो । पद, पैसा र सरकारको आडमा चलेका पार्टीका नेताहरूमा यस्तो दरिद्र विचार हुनु अस्वाभाविक होइन । नेमकिपाका नेताहरू अरु दलका नेताहरूलाई पैसा खर्च नगरी, लोभलालच नदेखाई, भोजभेतर नगरी, मालसामान नबाडी निर्वाचन लड अनि तिनीहरूको दलको स्थिति के हुन्छ थाहा हुन्छ भनी बरोबर भन्थे । साम, दाम, दण्ड र भेदको नीति लिएर नै ठूला दलहरू निर्वाचनमा जित्थे र बहुमत ल्याउँथे । सिद्धान्त र राजनीति गरिरहेको हुँदा नेमकिपालाई त्यस्तो कुनै चिन्ता हुँदैनथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *