के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
संसारका कुनै पनि विद्वान, वैज्ञानिक, नेता, राजनीतिज्ञहरूको दर्शन, सिद्धान्त र विचार अन्तरदेशीय हुन्छ । ती विद्वान, नेता र राजनीतिज्ञहरूको विचार स्वदेशमा मात्र सीमित हुँदैन । तिनीहरूको सिद्धान्त र विचारलाई संसारले अङ्गालिरहेको हुन्छ, अङ्गाल्नुपर्ने हुन्छ । उनीहरूको सिद्धान्त, दर्शन र विचार कसैले आत्मसात गर्न सकिन्छ । सिद्धान्त र विचार आत्मसात गर्नु कसैको दलाली गर्नु होइन, दलाल हुनु होइन । राजावादी एक युवाले माक्र्स, लेनिन र माओ त्सेतुङ्गको विचार मान्नेहरू माक्र्स र लेनिनका दलाल हुने विचार व्यक्त गरे । आकर्षक भाषण दिने उनको त्यो ठम्याइ सो¥है आना झूट हो ।
कुनै वैज्ञानिकले पत्ता लगाएको आविष्कार आफ्नो देशको लागि मात्र होइन, त्यो संसारकै लागि उपयुक्त हुन्छ । पानीबाट बिजुली निकाल्ने कुनै वैज्ञानिकको बुद्धि त्यो देशका जनताको लागि मात्र होइन विश्वकै लागि काम लाग्छ । उनकै बुद्धिअनुसार संसारका हरेक मुलुकले पानीबाट बिजुली निकाल्दै छन् । के त्यो बुद्धि आत्मसात गर्ने सबै वैज्ञानिकको दलाल हुन्छ ? बुद्धले मार्ग निर्देश गरेको कुरा नेपालले मात्र होइन संसारका अन्य मुलुकले मानिरहेका हुन्छन् । के बुद्धको अर्ती मान्ने सबै बुद्धको दलाल हुन्छ ? माक्र्स, लेनिन, माओ त्सेतुङ्ग, किमइल सङ, क्यास्ट्रो आदि पार्टीका नेताहरूको विचार देश र जनताको हितमा छ भने त्यो सिद्धान्त र विचारको अनुकरण गरेर के भयो ? माक्र्सवाद, लेनिनवाद मान्ने नेपालका नेता र जनतालाई माक्र्स र लेनिनको दलाल ठान्नु अल्प बुद्धि हो । माक्र्स, लेनिन र माओ त्सेतुङ्गले नेपालमा के गरेकाले नेपाली राजनीतिज्ञ या नेताले माक्र्सवाद, लेनिनवादलाई आत्मसात गरेको भनी प्रश्न गर्नु उचित होइन ।
विगतमा राजाभन्दा राजावादीहरूको गलत राय, विचार र गतिविधिले राजतन्त्र अन्त्य भएको हो । कुनै नेता, मन्त्री, सांसद, युवा सभा सङ्गठनमा गर्जेर, आकर्षक भाषण गरेर कुनै दलको विचार सही हुने होइन । वक्ताले कुनै दलले गरेको गल्तीको दोष सबै दललाई मुछ्ने गरी बोल्नु ठीक होइन । राजतन्त्र अन्त्य हुनुको कारण निरङ्कुश तन्त्र हो । सभा सङ्गठन गर्ने अधिकार थिएन । राजनीतिक र मौलिक अधिकार थिएन । त्यही अधिकार प्राप्त गर्न देशका अन्य दलले आन्दोलन गरे । आन्दोलन सफल भयो र राजतन्त्र अन्त्य भयो ।
Leave a Reply