भर्खरै :

अउकसको हाइपरसोनिक मिसाइल : विवेकहीनताको प्रदर्शन

युक्रेनको सङ्कट अनियन्त्रित बन्दै गएसँगै एसिया प्रशान्तलगायत कुनै क्षेत्रको सैनिकीकरणले अन्तर्राष्ट्रिय सुरक्षा अवस्थालाई अस्तव्यस्त बनाउने कुरा अब स्थापित तथ्य हो । यद्यपि, संरा अमेरिका, बेलायत र अस्टे«लियाले आफ्नो त्रिपक्षीय सुरक्षा सन्धिमा अर्को एउटा आणविक बुँदा थपेका छन् । यसले त्यसै पनि विवादास्पद छविलाई अझै विवादास्पद बनाएको छ ।
गत वर्षको सेप्टेम्बरमा अउकस मोर्चाले आणविकरूपमा निशस्त्र अस्टे«लियालाई आणविक पण्डुबी उपलब्ध गरायो । यसो गर्नु आणविक अप्रसारणको आधारभूत सिद्धान्तविपरीत हो । यो वर्ष हाइपरसोनिक मिसाइल बनाउनु ती देशहरूको शीतयुद्धकालीन मानसिकताको उपज हो । उनीहरूले चीनलाई नियन्त्रणमा लिन खोजिरहेका छन् । सबै मोर्चामा यो विकासक्रम नयाँ नीचता हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायत प्रधानमन्त्री बोरिस जोनसन र अस्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसनले दुईवटा मोर्चालाई नियन्त्रण गर्ने रणनीति अघि बढाउनु पछाडि बेतुकका तर्क प्रस्तुत गरे । सैनिक सम्झौताअन्तर्गत बेलायतले एसिया प्रशान्त क्षेत्रका आणविक क्षमता भएको हाइपरसोनिक मिसाइलको विकासको लागि संरा अमेरिका र अस्टे«लियाबीच सहकार्य हुनेछ । साथै साइबर क्षमता वृद्धि, क्वान्टम प्रविधि तथा समुद्रमुनि क्षमता विकासको लागि अहिले भइरहेको सहकार्यलाई प्रबद्र्धन गर्दै जानेछ ।
क्षमता वृद्धि गर्ने उनीहरूको तर्क पछाडि मुख्यतः गत महिना रुसले युक्रेनमा हवाइ हमला गरेको तेज गतिका मिसाइलको प्रतिकार गर्न हो । तर, यो कुरा विरोधाभासपूर्ण छ । अउकस सन्धि बलियो बनाउनुको देखाउने लक्ष्य द्वन्द्वको अर्को केन्द्र रुसप्रति लक्षित भए पनि खासमा आणविकरूपमा शक्तिशाली बन्नुको मूल लक्ष्य चीनमाथि नियन्त्रण गर्न हिन्द–प्रशान्त क्षेत्रमा आक्रामकता बढाउनु हो ।
दुई वटा देश मिल्ने निर्णय खतरनाक, जोखिमपूर्ण र कुनै पनि विस्फोटन हुनसक्ने अनिश्चित खतराको सङ्केत हो । आणविक क्षमता बढाएर सो क्षेत्रको सैनिकीकरण गर्नु रणनीतिक विवेकसम्मत पनि छैन किनभने गत महिना मात्र संरा अमेरिकाले हाइपर सोनिक मिसाइल परीक्षण गरेको थियो ।
यी अन्तरविरोधको पृष्ठभूमिमा सम्बन्धित देशको नेतृत्वले आफ्नो क्षेत्रीय र विश्वव्यापी परिस्थितिमा हाइपर सोनिक मिसाइल बनाउनुको अर्थ के हो भन्ने कुरा बुझ्न जरुरी छ । गत माहिना भारतको एउटा निशस्त्र मिसाइल पाकिस्तानमा खस्दा दक्षिण एसियाली आणविक हतियारको अवस्था परीक्षण भएको थियो । त्यो घटनाले आणविक रूपमा सशस्त्र दुवै राज्यबीच हिसाबकिताब नमिल्ने खतरा बढेको थियो । हाइपरसोनिक मिसाइल ध्वनि र क्रुज मिसाइलभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्न सक्छ । उसको त्यो क्षमताले अहिलेका मिसाइल सुरक्षा प्रणालीलाई क्षणभरमै तहसनहस बनाउन सक्छ ।
बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार स्टेफन लोभग्रोभले यस्तो हतियारको प्रबद्र्धनलाई मोर्चामा आबद्ध देशहरूले प्रजातन्त्र, अन्तर्राष्ट्रिय कानुन र समुद्री यात्राको स्वतन्त्रताको रक्षा गर्न खोजेको तर्क राखेका छन् । तर, सत्य के हो भने एसिया प्रशान्त क्षेत्रमा यस्ता मिसाइल ल्याउनुको घातक प्रभाव भनेको आणविक अप्रसारण नियमको खुला उल्लङ्घन हो । युक्रेनमा बढ्दो तनावबीच यसले संसारभर हतियारको दौडलाई अझ तेज बनाउनेछ ।
पेन्टागनको बुझाइमा हाइपरसोनिक मिसाइलले अमेरिकी जलसैनिक बजेटमा २१ अर्ब ५० करोड अमेरिकी डलरको भार थपेको छ । यो वृद्धि आणविक निःशस्त्रीकरण अभियानका सचिव केट हडसनले देखाएको चासोभन्दा ठीकविपरीत छ । उनले आणविक होडबाजीको खतरा बढिरहेको बेलामा अउकस सन्धिको विस्तारले विश्वव्यापी तनावलाई अझ फैलाउन सक्नेछ ।
रुसले युक्रेन द्वन्द्वमा किनझल हाइपरसोनिक मिसाइल प्रयोग गरेको भन्दै अउकसले आफ्नो अहिलेको निर्णयलाई जायज ठह¥याउन खोजिरहेका छन् । बाइडेनले हाइपरसोनिक मिसाइललाई महत्वपूर्ण हतियार भनेका छन् । तथापि, संरा अमेरिकी रक्षासचिव ल्योड अस्टिनले भने राष्ट्रपतिको दाबीलाई अस्वीकार गर्दै यस्ता मिसाइल कम सैनिक महत्वका भएको बताएका छन् । युक्रेन युद्धको सबभन्दा पहिलो शिकार आधिकारिक सूचना भएको छ । यस्ता समयमा यस्ता अन्तरविरोध सतहमा आउनु भनेको थप जोखिम बढ्नु हो र आणविक सशस्त्रीकरणलाई सही ठह¥याउन अपूर्ण सूचनाको प्रयोग हुन सक्छ ।
अउकसको मुद्दाको रूपमा हाइपरसोनिक मिसाइल राजनीतिक प्रकृतिका छन् । उनीहरूले दिएका तर्कमाथि धेरै प्रश्न गर्न सकिन्छ । अस्टे«लियामा प्रधानमन्त्री मोरिसप्रति उनकै चुनावी आधारक्षेत्रमा लेबर पार्टीविरुद्ध जनसमर्थन बढिरहेको बेलामा र एक महिनापछि नै त्यहाँ केन्द्रीय चुनाव हुने परिस्थितिमा यस्तो घटना भइरहेको छ ।
चीनको खतरा र आणविक हतियारमा शक्तिशाली हुने लगातारको रटानले मोरिसन आफ्नो देशमा जनताको समर्थन पुनः पाउने सोचमा छन् । अर्थतन्त्र र अर्थतन्त्रको गलत व्यवस्थापनको कारण जनतामा बढेको असन्तोष थामथुम बनाउन उनले यस्ता काम गरिरहेका छन् ।
एसिया प्रशान्त क्षेत्रमा राजनीतिक उपलब्धिको लागि आणविक हतियारमार्फत आक्रामक बन्न खोज्नुले आणविक निःशस्त्रीकरणलाई कमजोर बनाउनुका साथै न्यूनाङ्कनको जोखिम बढ्नेछ । अउकसले हाइपरसोनिक मिसाइल बनाउने पछिल्लो घटनाक्रम उसको नयाँ निचता हो । यसले विवादास्पद अउकसलाई अझ विवादमा तान्नेछ ।
(लेखक इस्लामाबाद नीति अध्ययन प्रतिष्ठानका पूर्व सहायता अनुसन्धाता हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *