जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौँ, २६ चैत । नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक चैत २५ र २६ गते भक्तपुरमा सम्पन्न भयो ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा भएको बैठकमा स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्रबारे छलफल भएको थियो । बैठकले निर्वाचनलाई जनताको राजनीतिक चेतनास्तर उठाउने कक्षाको रूपमा उपयोग गर्ने पार्टीको नीतिलाई कायम ग¥यो भने देशघाती एमसीसी सम्झौता पारित गरेका शासक दलहरू प्रतिगामी नै भएको हुँदा जनतालाई यसबारे राम्रोसँग शिक्षित र सचेत पार्ने निर्णय ग¥यो ।
बैठकमा पार्टी अध्यक्ष बिजुक्छेँले पार्टी र सिद्धान्त महत्वपूर्ण हुने चर्चा गर्दै सोभियत सङ्घको नेतृत्वले गल्ती गरेकोले युक्रेन अमेरिकाको कठपुतली बनेको उल्लेख गर्नुभयो ।
संरा अमेरिकी साम्राज्यवादले एकपछि अर्को युद्ध सुरु गरेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले युक्रेनमा संरा अमेरिकाको जैविक हतियार भण्डारण रहेको चर्चा गर्नुभयो ।
नेकाको देउवा सरकारले युक्रेन सङ्कटबारे अमेरिकी साम्राज्यवादलाई समर्थन गरेको र देशघाती एमसीसी अनुमोदन गरी युक्रेनको पक्षमा मत दिएको निन्दनीय छ, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
यसअघि बैठकमा स्थानीय तहको घोषणापत्रबारे समूह समूहमा छलफल भई सुझावसहित पारित गरिएको थियो । घोषणापत्रमा नेपाल मजदुर किसान पार्टीको नेतृत्वमा अगाडि बढेको भक्तपुर नगरपालिका देशकै एक नमुना भएको उल्लेख छ ।
Leave a Reply