भर्खरै :

बीस प्रतिशत इन्धन खर्च कटौती

काठमाडौँ, ५ वैशाख । सरकारले आगामी असार मसान्तसम्म २० प्रतिशत इन्धन खर्च कटौती गर्ने भएको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै खर्च कटौती हुने जनाएको हो ।
“अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा प्रस्तुत भएको वक्तव्यको बुँदा नं १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौती गर्ने उल्लेख छ, बढ्दो व्यापार घाटा, विप्रेषण आव्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा परेको चापलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०७८÷७९ मा इन्धन शीर्षकमा विनियोजित बजेटमा थप कटौती गर्ने निर्णय भएको हो”, अर्थले जारी गरेको सूचनामा भनिएको छ ।
इन्धन शीर्षकमा विभिन्न मन्त्रालय÷निकाय तथा नेपाल सरकारसँग सम्बद्ध सार्वजनिक सङ्घ संस्थाहरू विकास आयोजना, शान्तिसुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका २० प्रतिशत इन्धन खर्च कटौती लागू हुनेछैन ।
छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरूकोे इन्धन सुविधा २० प्रतिशतले कटौती हुनेछ । बीस प्रतिशत इन्धन कटौती भए÷नभएको विषयमा अनुगमन केन्द्रीय निकायहरू, सबै संवैधानिक निकाय, प्रदेशमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सूचनामा उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *