भक्तपुर दरबार परिसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम
- जेष्ठ १३, २०८३
पञ्चायतको अन्त्यसँगै प्रजातन्त्र हुँदै देशमा गणतन्त्र स्थापना भयो । जनआन्दोलनले शासन व्यवस्था फेर्यो । तर, राजनीतिक संस्कार र विचारमा परिवर्तन भएन भन्ने भनाइ राजनीतिक विश्लेषकहरूको हो । सत्तारूढ र ठूला दलका नेताहरूको चिन्तन र विचार दलगत र व्यक्तिगतमा स्वार्थमा अल्झेको कारण राजनीतिक संस्कार नबदलिएको हो । ती नेताहरू स्वार्थी भए । तिनीहरूको अधिकांश समय भागबन्डामा खर्चियो । तिनीहरू सरकार ढाल्ने र सरकार टिकाउनेतर्फ लागेकाले देशमा राजनीतिक अस्थिरता देखियो । वर्षौँ र दशकौँसम्म यही स्थिति किन दोहोरिरह्यो ? राजनीतिक संस्कार बदल्नेतर्फ तिनीहरूको किन ध्यान पुगेन ?
कुनै दलको कमी कमजोरी औँल्याउनु गलत होइन । तर, कमी कमजोरी औँल्याएर आफूले केही काम गर्दैन या सुझबुझको राजनीति गर्दैन भने सही काम गर्यो भनेर कसरी भन्ने ¤ सत्तासीन र ठूला दलहरूको यस्तै राजनीतिले गर्दा राजावादीहरूले ठाउँ पाएका हुन् र फाइदा उठाउने काम गर्न लागेका हुन् । तर, कुनै दलको कमजोरी औँल्याउनेबित्तिकै त्यो दल सही हुन्छ, त्यो दलले देशको विकास गर्छ या आमूल परिवर्तन गर्छ भन्ने होइन । देशको कसरी विकास गर्ने भन्ने सवालमा नेताहरूबीच चिन्तनमनन गर्नु आवश्यक छ ।
सङ्कीर्ण विचारका कुनै पनि नेताले देश विकासमा टेवा पु¥याउँदैनन् बरू बिगार्छन् । नेताहरू दूरदर्शी हुनुपर्छ, देश र जनताप्रति समर्पित हुनुपर्छ, जिम्मेवारीबोध भएर काम गर्नुपर्छ भनी राजनीतिक विश्लेषकहरूले त्यसै भनेका होइनन् । सत्तारूढ र ठूला दलका नेताहरूले आ–आफ्नो दलको उद्देश्यअनुसार काम गरेनन् । उनीहरूले दलको सिद्धान्त र विचारलाई देखाउने दाँतको रूपमा लिए । ठूला दल भनिने कम्युनिस्टहरूको पथ प्रदर्शक या मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । तर, उनीहरू दलको उद्देश्यअनुसार लागेनन्, लागिरेहका छैनन् । त्यो नेकाले पनि लागु गरेन । माओवादी केन्द्र र एमालेले पनि लागु गरेनन् । वाक् कला भएका नेताहरू एकले अर्कोलाई केटाकेटी पारामा घोचपेच गर्दै आफूले आफूलाई ठूलो सम्झे । अरूलाई होच्याउन पाएपछि आफ्नो सपना पूरा भएको ठान्नु गलत मानसिकता हो ।
देशका सबैजसो ठूला दलले सरकारको नेतृत्व गरे या पालैपालो शासन गरे । उनीहरूले पालैपालो शासन चलाए । उनीहरूले देश र जनताप्रति समर्पित भएर राम्रो शासन गरेका भए, इमानदारीपूर्वक राजनीति गरेर जनताको सेवा गरेका भए एकले अर्कोलाई हिलोछ्याप्नु पर्ने स्थिति आउँदैनथ्यो । पालैपालो शासन गर्ने पालैपालो हिलोछ्याप्ने काम सत्तासीन र ठूला दलहरूबीच भइरहेको यथार्थ हो । यसबाट थाहा हुन्छ, ती शासक दलका नेताहरूले आफ्नो दलको सिद्धान्त र विचारअनुसार काम गरेनन् । व्यवस्था बदलिए पनि, शासक फेरिए पनि उनीहरूमा राजनीतिक संस्कार फेरिएन, राजनीतिक विचार फेरिएन । यो देशकै दुर्दशा हो, यो देशकै विडम्बना हो । तर, पनि शासक दलका नेताहरू किन विचार पु¥याउँदैनन् ? किन सोचेर काम गर्दैनन् ? दलका नेताहरू एक आपसमा बाझेर, दलहरू गठजोड गरेर देशले निकास दिनसक्दैन, जनताको समस्या समाधान गर्नसक्दैन । अतः दलका नेताहरू गम्भीर हुनुपर्छ, दलको उद्देश्यअनुसार काम गर्नुपर्छ । अनि देशको मुहार फेर्न सकिन्छ । राजनीतिक संस्कार नबदलिकन देशको नेतृत्व या शासकमात्र फेरेर देशमा परिवर्तन सम्भव छैन । यसबारे शासक दल र ठूला दलका नेताहरूले हेक्का राख्नैपर्छ ।
Leave a Reply