गुमायो हनुमन्ते खोलाले प्राकृतिक गुण
- जेष्ठ १३, २०८३
यतिबेला चुुनावको प्रचार तीव्रगतिले भइरहेको छ । उम्मेदवारहरू सबै घरदैलोमा पुगिसकेका छन् । कहिल्यै जनताको घरदैलो नटेकेका मानिसहरू यतिबेला उम्मेदवार बनेर नेता, कार्यकर्ता र आफ्ना समर्थकसहित आफूलाई मत दिई विजयी बनाउन आग्रह गर्दै छन् । घोषणापत्रअनुसार काम गर्ने कबुल गर्दै छन् ।
दलका नेता तथा कार्यकर्ताहरूलाई पनि यतिबेला भोक निन्द्रा छैन । आफ्ना उम्मेदवार जिताउन दिनरात खटिरहेका छन् । उनीहरू आफ्ना पार्टीका उम्मेदवारको जित नै पार्टीको इज्जत र प्रतिष्ठाको कुरा सम्झी दिलोज्यानले लागेका छन् । साम, दाम, दण्ड र भेद नीति अपनाउनु परे पनि उनीहरूलाई जसरी भए पनि आफ्ना उम्मेदवार जित्नु परेको छ । उनीहरूको गतिविधि हेर्दा चुनाव देश र जनताको सुख समृद्धिको लागि मात्र युद्ध मैदान नभई पार्टीहरूका निमित्त पनि प्रतिष्ठाको युद्ध भएको छ । प्रतिष्ठाको युद्ध भएकै कारण पार्टीका नेता, कार्यकर्ता अनि समर्थकहरूसमेत दिलोज्यानले लाग्ने गरेको देखिन्छ ।
कुनै बेला चुनाव भन्यो कि जनताले गम्भीरताका साथ लिने गर्दथे । पाँच वर्षका लागि भए पनि देश र जनताको मुहार फेर्ने अवसरको रूपमा लिने गर्दथे । आफ्ना मन परेका तथा देश र जनताको निःस्वार्थ सेवा गर्ने उम्मेदवारलाई मत हाल्न पाउँदा उनीहरू खुसी हुन्थे । तर, यस पटकको चुनावमा जनतामा त्यति उत्साह देखिएन । शासक दलहरूले चुनाव जित्नका लागि मात्र जनतालाई प्रयोग गरे । उनीहरूले वाचा गरेका कुनै काम गरेनन् । उनीहरू जित्नको लागि हरेक हतकण्डा अपनाउँछन् । आकर्षक नारा र आश्वासन दिनु उनीहरूको संस्कारजस्तो भइसकेको छ । यो चुनावमा पनि हिजोका उम्मेदवारले जस्तै सुकुमवासीलाई घरखेत, गरिबलाई गाँंस, बास र कपास अनि बेरोजगारलाई रोजगार भन्दै आएका छन् । मतदाताहरूको जहाँ जहाँ जस्तो समस्या छ त्यही हामी पूरा गर्छौँ भनी उनीहरू भन्दै छन् । तिनीहरूको फटाहा आश्वासन सुनेर जनता वाक्कदिक्क छन् ।
यो उनीहरूको चुनाव जित्ने तरिका हो । यसतर्फ जनता सचेत हुनुपर्छ । अब देशमा विकृति विसङ्गति हटाउन यस पटकको चुनावमा गाउँ नगरदेखि नै ती वाचा पूरा नगर्ने, देश डुबाउने, भ्रष्टाचारमा लिप्त रहने दलहरूलाई ठेगाना लगाउनुपर्छ । अब जनता मिठो मिठो भाषण र उखानमा फस्नु हुँदैन ।
Leave a Reply