किसानको नाममा ४० प्रतिशत प्रोत्साहन बिचौलियालाई पोषण
- श्रावण ११, २०८३
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन नतिजा क्रमशः सार्वजनिक भइरहेको छ । एकातिर पुराना जनप्रतिनिधिहरूको पदावधि सकिएको छ भने अर्कोतिर नवनिर्वाचित सदस्यहरूको पदभार ग्रहण हुँदै छ । नवनिर्वाचित प्रमुखहरूले आ–आफ्नो घोषणापत्र, प्रतिबद्धतापत्रबमोजिम काम गर्ने वाचा गरिरहेका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएसँगै मानिसमा अनेक खुलदुली भइरहेको छ । चुनाव नतिजा हेर्दा अहिले नेका अघिल्लो स्थान, एमाले दोस्रो स्थान र माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यो नतिजासँगै राजनीतिक दलका नेताहरूको पनि विभिन्न टिप्पणी आइरहेको छ । एकीकृत समाजवादी र जसपाले गठबन्धनले धोका दिएको कारण थोरैमात्र सीट जितेको टिप्पणी गरका छन् ।
अहिले जनताको घर आँगन र गाउँ–ठाउँमा चुनावको नतिजाबारे गन्थन भइरहेको देखिन्छ । यो निर्वाचनमा विगतमा काम गर्न नसकेका या नगरेका उम्मेदवार, भ्रष्टाचार र अनियमिततामा मुछिएका पुराना जनप्रतिनिधिहरूलाई हराएको चर्चा भइरहेको छ । कतिले गठबन्धनको कारण गलत व्यक्तिहरू निर्वाचित भएको पनि सञ्चारमाध्यममा आइरहेको छ । दलका नेताहरूकै खल्तीबाट हचुवाको भरमा टिकट दिइएकोले पनि यो पटकको निर्वाचनमा कति उम्मेदवारहरू हारेको जनगुनासो छ ।
ठूला र सत्तासीन दलका जनप्रतिनिधिहरू दलगत, व्यक्तिगत स्वार्थमा लागेको, आफ्ना आसेपासेलाई मात्र हेरेको कारण कति मतदाताले स्वतन्त्र उम्मेदवारलाई छानेको या रोजेको पनि जनताले हेरिरहेका छन् । सत्तासीन दलको पकड क्षेत्र काठमाडौँमा स्वतन्त्र, उम्मेदवारको मत धेरै आउनु दलकै निम्ति चुनौती हो । दलभित्र माफियाकरण भइरहेको चर्चाले पनि दलका उम्मेदवारलाई चयन नगरी स्वतन्त्र उम्मेदवारलाई मतदाताले चयन गरे । जनप्रतिनिधि र कर्मचारी संयन्त्र सेवाभन्दा मेवामा पल्केको कारणले राजनीतिक दल र नेताप्रति वितृष्णा पैदा भएको देखिन्छ । गठबन्धन गर्नु आवश्यक छैन भन्ने थाहा हुँदा हुँदै ठूलो दल, ठूलो शक्ति र बढी सीट जितेको देखाउन ठूला दलहरू गठबन्धनमा जुटे । यसकारण जनप्रतिनिधिहरू इमानदार, निःस्वार्थी, चरित्रवान, जनसेवक, समाजसेवी, योग्य र सक्षम नभएसम्म गाउँ–ठाउँको विकास सम्भव छैन ।
Leave a Reply