भर्खरै :

भक्तपुर नपाका प्रमुख प्रजापतिसँग बडीमालिका नपाका प्रमुख खड्काबीच भेट

भक्तपुर, २ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले भक्तपुर नगरपालिकामा भेट गर्नुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेको कार्यबारे सङ्क्षिप्तमा जानकारी गराउँदै नगर प्रमुखहरूबीचको अनुभव आदानप्रदानले नगरपालिकाहरू अगाडि बढ्न सहज हुने बताउनुभयो ।
उहाँले विगतका वर्षहरूमा जस्तै आगामी वर्षमा पनि निर्वाचनको बेला निर्वाचन घोषणापत्रमार्पmत गरेका वाचाहरू पूरा गर्न लागि पर्ने बताउनुभयो ।
बडीमालिका नपाका प्रमुख खड्काले बडीमालिका नगरपालिकाले गरिरहेको विकास निर्माण लगायतका विविध गतिविधिबारे पनि सङ्क्षिप्त जानकारी गराउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा भक्तपुरले गरिरहेको कामबाट आपूmहरू प्रभावित भएको र जनताको हितमा काम गर्न भक्तपुर नगरपालिकाको अनुभवले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published.