नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
विश्व कतातिर जाने ? शान्ति या युद्ध ? विकास अथवा अधोगति ? खुलापन वा बन्द ? सहकार्य या प्रतिद्वन्द्विता ? जून २२ मा राति आयोजित ब्रिक्स मुलुकको उद्योग वाणिज्य मञ्चको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत गर्नुभएको सम्बोधनमा प्रस्तुत ‘युगको प्रश्न’ बाट निकै ठूलो प्रतिक्रिया आएको देखिन्छ ।
उक्त सम्बोधन ऐतिहासिक उचाइमा उभिँदा मानव जातिको हित कल्याणको लागि वास्तविक कदम चालिएको सम्बोधन नै हो । किन ‘युगको प्रश्न’ प्रस्तुत गरिएको छ ? किनकि हाल विश्वका जनतासामु युगसम्बन्धी कठिनाइ र चिन्ता आइपरेको छ ।
“एकताबद्ध भएर सहकार्य गर्दै सँगै मिलेर विश्व शान्ति र स्थिरताको संरक्षण गर्नुपर्छ । एकले अर्काको ख्याल विचार र सहयोग गर्दै सँगै मिलेर विश्वको दिगो विकासलाई प्रवद्र्धन गर्नुपर्छ । हामीले एउटै डुङ्गामा बसेर सहकार्य र साझा जीतको लक्ष्यलाई साकार तुल्याउनुपर्छ । हामीले सहिष्णु धारणा लिँदै सँगसँगै खुलापन र मेलमिलापको विस्तार गर्नुपर्छ । हामीले साहस बोकेर चुनौतीको सामना गर्दै मानव जातिको भाग्य एकरूपताको निर्माण गर्ने लक्ष्यतिर हिँड्दै जानुपर्छ”, राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा भन्नुभयो । शान्तिको संरक्षण गर्ने र विकासलाई अघि बढाउने सकारात्मक सङ्केत पनि उहाँले देखाउनुभएको छ । उहाँको भनाइले भावी विश्व विकासका लागि सही दिशा देखाएको छ ।
Leave a Reply