नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
चाँगुनारायण नगरपालिका वडा नं ५ मा बसोबास गर्ने स्थानीय जनताको प्रमुख आयस्रोत कृषि नै हो । कृषि पेशामा लाग्ने स्थानीयहरूलाई यो असारको समय खुसीको समय हुनुपर्ने हो । तर, जति जति वर्षाको समय सुरू हुँदै जान्छ, उति उति स्थानीय जनताको मनको पीडा पनि बढ्दै जान्छ । कारण, खरिपाटी सैनिक शिक्षालय हुँदै ५ नं वडा कार्यालय छालिङ जोडिने प्रमुख सडकको दुरवस्था वर्षामा यो बाटोको हालत हिँडी नसक्नुको हुन्छ । सार्वजनिक यातायातको सुविधा नभएको कारण जनताले झन् बढी दुःख पाएका छन् ।
देश सङ्घीयतामा गएर स्थानीय सरकारको एक कार्यकाल पूरा हुँदा पनि उक्त बाटोको मुहार फेरिएन । जनताको मत लिएर जितेका जनप्रतिनिधिहरूको बेवास्ताको कारण यसको अवस्था झन् बिग्रँदो छ । पाँच वर्षअघि मोटरसाइकल चढेर आएका वडाअध्यक्ष र कर्मचारी पजेरो चढ्ने हैसियतमा पुगे । तर, सडकको हालत उस्तै छ । पैदल हिँड्दै गर्दा एक स्थानीयले गुनासो पोख्दै भने, “डाक्टरले सुत्केरी गराउन नसकेका महिलालाई एम्बुलेन्सबाट यो बाटो ल्याउने हो भने कि बिच बाटोमै सुत्केरी हुन्छिन् कि उनको ज्यान जान्छ ।”
सडकमा नाली कुलोको व्यवस्था छैन । वर्षाको समयमा पानी बाटो हुँदै बग्ने गरेको देखिन्छ । ठाउँ–ठाउँमा ठूल्ठूला खाल्डा परेका छन् । उकालोमा वर्षाैँ पहिले गरेको ढलान बिग्रिएर डन्डी देखिन थालेका छन् । डन्डीमा अल्झिएर मोटरसाइकल र मान्छे लड्न थालेका छन् । हिउँदमा धुलो उडेर बाटो हिँडी नसक्नुको हुन्छ । केही वर्षअगाडि बल्लबल्ल भक्तपुर मिनिबस समितिले सञ्चालनमा ल्याएको यातायात सुविधासमेत सडकको दुरवस्थाकै कारण बन्द भयो । तत्पश्चात केही व्यक्तिले इलेक्ट्रिक टेम्पोहरू सञ्चालन गरेर सुविधा दिएका थिए । त्यसलाई दर्ता नभएको, स्वीकृति नलिइएको भनी हटाइयो । छालिङका जनता यातायात सुविधाबाट वञ्चित छन् ।
विद्यालय कलेज जाने विद्यार्थीहरू मनमा पीडा र रिस बोकेर कष्टपूर्ण यात्रा गर्दै छन् । अभिभावक पनि छोराछोरी घर नफर्कुन्जेल चिन्तामा बस्न बाध्य छन् । स्थानीय जनताको गुनासो स्थानीय सरकारमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरूले सुन्दैनन् । राजनीतिलाई ‘कमाइ खाने भाँडो’ बनाएका निर्वाचित जनप्रतिनिधिहरूले निजी प्लटिङ्गमा जाने बाटोमा सरकारी बजेट राखेर दुरूपयोग गर्दै छन् भने छालिङ जाने मुख्य बाटो बेवारिसे बन्दै छ ।
भ्रष्टाचारलाई शून्य सहनसिलतामा राखेर काम गर्ने हो भने विकास कुनै ठूलो चराको नाम हुनेछैन । निजी प्लटिङ्गबाट मोटो रकम कुम्ल्याएर मुख्य बाटोमा दुईचार टिप ग्राभेल हालेको फोटो सामाजिक सञ्जालमा राखेर ‘विकास गरँे’ भन्ने जनप्रतिनिधिहरूदेखि छालिङका जनता सचेत हुनु जरूरी छ । उक्त बाटोको दुरवस्थाप्रति वडा कार्यालय, नगरपालिका र सम्बन्धित निकायको समयमै घ्यान जाओस् ।
Leave a Reply