भर्खरै :

सल्लाघारीमा रुख ढलेर तीन जनाको मृत्यु

भक्तपुर, ८ साउन । काठमाडौँबाट भक्तपुर आइरहेको बा. २ ख ३५८४ नम्बरको मिनिबसमा सवार २ जना र भक्तपुरबाट काठमाडौँ गइरहेको बा ६१ प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाले अनाहकमा ज्यान गुमाए । आइतबार दिउँसो भक्तपुर च्वङापाखामा रहेको सल्लाको रुख बाटोमा ढल्दा ३ जनाको ज्यान गएको हो । स्कुटरमा सवार भक्तपुर गोल्मढी बस्ने वर्ष ५२ का न्हुछेराम बखाद्यो र मिनिबसका यात्रुहरू भक्तपुर इताछेँ बस्ने वर्ष १८ का विशेष खर्बुजा, सिन्धुली घर भएका वर्ष ३० का राजकुमार भुजेलको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मिनीबसमा सवार १४ जना घाइतेहरूको इवामुरा अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये टाउकोमा चोट लागेका एकजनाबाहेक अन्य सामान्य रहेको अस्पतालले जनाएको छ । घाइतेहरू बसका चालक होमबहादुर मगर, सञ्चालक आकाश वाइबा, यात्रुहरू रितिक बासुकला, निशा लिगल, लक्ष्मीकुमार सुवाल, समिर आचार्य, सागर शर्मा, अप्सरा लिम्बु, सिम्रन लागे, निरबहादुर राई, कदमप्रसाद ह्योजू रहेका थिए ।
नेपाली सेनाको नियन्त्रणमा रहेको च्वङापाखाको वनमा धेरै वर्ष अघिको रुख हरेक वर्ष ढले पनि कुनै सावधानी अपनाएको देखिएन । हिजोमात्र सोही ठाउँमा अर्काे रुख ढल्दा आवागमन आधा दिनसम्म अवरोध भएको थियो । यसबाट पाठ सिक्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *