भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, ८ साउन । प्रतिनिधिसभाको आइतबारको बैठकमा कारागार विधेयक निर्णयार्थ पेश हुँदा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपुरक सङ्ख्या यकिन गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्नुभयो । तीन मिनेट जनाउ घण्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्दा कूल प्रतिनिधिसभा सदस्य २७५ को पच्चीस प्रतिशत ६९ जना उपस्थित हुनुपर्नेमा ६७ जनाको मात्र उपस्थिति भयो र बैठक १५ मिनेटको लागि स्थगित गरियो ।
पन्ध्र मिनेटपछि सुरु भएको बैठकमा सांसद सुवालले गणपूरक सङ्ख्या यकिन गर्न पुनः आग्रह गर्नुभयो । यसपटक ७१ जना सदस्य उपस्थित भयो र कारागार विधेयक पारित भयो ।
यसपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयकमाथि छलफल सुरु भयो । यो विधेयक निर्णयार्थ प्रस्तुत हुँदा सांसद सुवालले गणपूरक सङ्ख्या यकिन गर्न पुनः आग्रह गर्नुभयो । तीन मिनेट जनाउ घण्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्दा ५७ जना सदस्यको मात्र उपस्थिति भएकोले सभामुखले बैठक साउन १० गते दिनको एक बजेको लागि स्थगित गर्नुभयो । बैठकमा एमालेको बढीमा १५ जना र नेका, माओवादी र एकीकृत समाजवादीको ४० जनाको मात्र उपस्थिति भएकोले गणपूरक सङ्ख्या नपुगेको हो । एकै दिन सांसद सुवालले गणपूरक सङ्ख्या यकिन गर्न आग्रह गर्दा दुई पटक सङ्ख्या पुगेन र बैठक स्थगित भयो ।
Leave a Reply