अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
कम्युनिस्टहरूको मूल ध्येय समाजवादी क्रान्ति नै हो । यसको सैद्धान्तिक र वैचारिक आधार माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा हो । आमूल परिवर्तन वर्गसङ्घर्षविना सम्भव छैन भन्ने कम्युनिस्टहरूको मान्यता हो । के नेपालका सबै कम्युनिस्ट पार्टीहरूले उक्त अवधारणाअनुसार देशमा राजनीति गरिरहेका छन् ? यो भूमिका कुन कुन दलले गरिरहेका छन् र कुन दलले गरिरहेका छैनन् ? सही मूल्याङ्कन गर्ने बेला आएको छ । यतिबेला पुष्पलाल स्मृति दिवसको सन्दर्भ जोडेर पत्रपत्रिकामा उनको योगदान र भूमिका तथा नेपालको कम्युनिस्ट आन्दोलनको भूमिकाबारे चर्चा परिचर्चा भइरहेको छ । यो बेला कुन कुन कम्युनिस्ट पार्टीले सिद्धान्त र विचारको आधारमा जनतालाई राजनीतिकरूपले सचेत पारिरहेका छन् ? विचारणीय छ ।
माक्र्सवादी र लेनिनवादी विचार बोकेको कम्युनिस्ट पार्टीले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नुपर्छ कि पर्दैन ? जनतालाई माक्र्सवाद र लेनिनवादको दर्शनबारे सुसूचित पार्नुपर्छ कि पर्दैन ? विदेशी पैसामा भुलेर र विदेशी शक्तिको आडमा सरकार अघि बढ्नु ठीक या गलत भन्नेबारे कम्युनिस्ट पार्टीले पर्गेल्नुपर्छ या पर्दैन ? समाजवादी सिद्धान्तको आधारमा कम्युनिस्ट पार्टी स्थापना भएको हो भने तदनुरूप राजनीति गर्न जनतामाझ पुग्नुपर्छ या पर्दैन ? देश र बहुमत जनताको हितमा काम गर्नुपर्ने दलले राजनीतिलाई पेसा बनाएर कमाउने धन्दा बनाउनु सही या गलत भन्नेबारे छलफल या बहस हुनुपर्छ कि पर्दैन ? पदको दुरूपयोग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा लागेर अकुत सम्पत्ति कमाउने नेता, मन्त्री र सांसदहरूको छानबिन गरेर सही मार्गमा ल्याउनुपर्छ या पर्दैन ? पुष्पलाल स्मृति दिवस मनाउने दलका नेताहरूले के यसबारे प्रश्न उठाएका छन् ? कम्युनिस्टको राज्य स्थापना गरेर बहुमत जनतालाई सुखी बनाउने उद्देश्यअनुसार सत्तामा रहेका कम्युनिस्ट पार्टीहरूले के यी काम गरिरहेका छन् ? यी कुनै काम भइरहेको छैन भने सत्तामा रहेका कम्युनिस्ट पार्टी र हाल बाहिर रहेका ठुला कम्युनिस्ट पार्टीले आफूलाई केको आधारमा सच्चा कम्युनिस्ट पार्टी हो भनेर दाबी गर्ने ? के कुनै दल बखानले सच्चा कम्युनिस्ट पार्टी हुन्छ ? पुष्पलालको स्मृति दिवस मनाउने दलका नेताहरूले आफ्नो दल कम्युनिस्ट पार्टी हो कि होइन ? कम्युनिस्टको सिद्धान्त र विचारअनुसार अघि बढिरहेको छ कि छैन ? बुझ्नुपर्छ कि पर्दैन ?
राजनीति कमाइ खाने भाँडो होइन । राजनीति देश र जनताको सेवा गर्न हो । राजनीति जसरी भए पनि सत्तामा पुग्ने भ¥याङ होइन । राजनीति गुलाबको ओछ्यान पनि होइन । देशलाई स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बनाउने, बहुमत जनताको सेवा गर्ने एउटा माध्यम हो । त्यो माध्यम सङ्घर्षबाट मात्र प्राप्त हुन्छ । पुँजीवादी सरकारमा रहेर समाजवादी क्रान्ति सम्भव छैन । यो हालको राजनीतिक घट्नाक्रमले देखाइरहेको यथार्थ हो । वर्गसङ्घर्ष नगर्ने र दलको मार्ग निर्देशक सिद्धान्त जे राखे पनि त्यो सच्चा कम्युनिस्ट पार्टी हुनेछैन । अझ वर्गसङ्घर्षको विरोध गर्ने या पुँजीवादी बन्दोबस्तभित्रै रहेर कम्युनिस्ट शासन आउँछ भनी बखान गर्ने दल त झनै कम्युनिस्ट होइन ।
Leave a Reply