भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, ९ साउन । वन तथा वातावरण मन्त्रालयको आयोजनामा साउन ६ गते होटल एभरेस्ट बानेश्वरमा ‘अन्तर्राष्ट्रिय दीगो पर्वतीय विकास वर्ष २०२२ को अवसरमा एक कार्यक्रम गरियो । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राख्नुभएको मन्तव्य सार–
हिमाल–पहाडमा रज्जुमार्ग र एकीकृत बस्ती विकासको व्यवस्था नभएसम्म सडक निर्माणको नाममा डोजर र टिपर आतङ्क यथावत हुने र पहिरो र डुबान पनि थप्दै जानेछ ।
सार्वजनिक निजी साझेदारीको नाममा शासक दलहरूले आ–आफ्ना कार्यकर्तालाई पुँजीवादको विकास गर्ने प्रशिक्षण दिएसम्म भ्रष्टाचार भइरहने हुँदा राज्यको स्वामित्वमा औद्योगिक विकास गर्ने शिक्षा दिनु जरुरी छ ।
ब्राजिलमा आपराधिक सञ्जालले अमेजन जङ्गल अवैध दोहन ग¥यो । अपराधीहरूले वन रक्षकलाई हमला गरे । राष्ट्रपति जायर बोल्सेनाराले अपराधीलाई कारबाही हुने कानुन बनाउन सकेनन् ।
भारतको शासकहरूले पनि वातावरण विनाशविरुद्ध काम गरेनन् । खुला सीमा र भारत निर्भर अर्थतन्त्रको काम भारतको खराबी नेपालमा पस्नु स्वाभाविक ठानियो । नेपालको हरियो वन तस्करको धन गराइयो । कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ‘वनपाले’ टेलिफिल्ममार्फत जङ्गल विनाश भएको विषय उठाएकै हुन् । कुनै पनि सरकार सचेत नहुँदा अहिले नेपालको पर्यावरणीय सन्तुलन बिग्रिएको छ ।
विश्व बैङ्क, एडीबी, आईएमएफलगायतले स्वतन्त्र बजारको नाममा नवउदारवाद वा आक्रामक पुँजीवादको पक्ष लिए । पुँजीवादले समाजलाई घातक प्रभाव पारेको बारे कुनै विषय प्रकाशित गरिएन । मानिसको आवश्यकताको एउटै उत्तर बजार ठान्ने नवउदारवाद हो । यो गलत छ ।
बस्तीको वरिपरि खेती र जङ्गलको व्यवस्था हुने गरी सरकारले योजना र नीति बनाई कार्यान्वयन गर्नुपर्छ । राजधानी काठमाडौँमा भूकम्पीय जोखिम, प्रदूषण, सडक जाम, फोहर अपराधको समस्याले चुलिएको तर्फ सरकारको ध्यान जानु आवश्यक छ ।
चुरे दोहन रोकिएको छैन । वातावरणीय प्रदूषण गर्नेबाटै दायित्व व्यहोर्नुपर्ने नीति कार्यान्वयन गरिएन । वन तथा वातावरण मन्त्रालयकै अधिकारीहरूले प्रदूषण फालेको भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्ने सरकारी बजेट वक्तव्यको प्रतिबद्धता कार्यान्वयन गरिएन । प्रदूषण तथा सडक जामको कारण काठमाडौँ उपत्यकाका बासिन्दाहरू फोक्सोको रोगी हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि सभामुख अग्निप्रसाद सापकोटा, विशेष अतिथि, उपसभामुख पुष्पा भुसाल हुनुहुन्थ्यो ।
मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेल, सहसचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, सहसचिव डा. राधा वाग्ले, इसिमोडका प्रतिनिधि भुटानका पूर्वमन्त्री पेमा ग्याम्सोले मन्तव्य र प्रस्तुति गर्नुभएको थियो ।
प्रस्तुतिमा ८ हजार मिटर बढीका १४ ओटा हिमालयमध्ये नेपालमा ८ ओटा रहेको, संरा सङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस घोषणा गरेको, गत चैत ९ गते प्रमको प्रमुख आतिथ्यमा चन्द्रागिरीमा छलफल भएको, संसारमा ९४ ओटा पर्वतीय मुलुक भएको, पर्वत र समतलको जीवन जोडिएको, युवालाई वैदेशिक रोजगारीमा पठाइँदा कृषि महिलाले धान्नु परेको, जलवायु परिवर्तनसँगै विश्वको तापक्रम बढेको, स्पेनमा ५०० जना मृत्यु भएको, १४३ वर्षयताकै बढी तातो भएको, हिउँविहीन हिमाल कायम भएको, हिमालय एसियाको जलस्रोतको भण्डार भएको, समुद्री सतह बढ्नुमा हिमालयको हिउँ ४० प्रतिशत पग्लेको आदि उल्लेख थियो ।
Leave a Reply