भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, ९ साउन । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका प्रमुख खड्गबहादुर रावतले सोमबार भक्तपुर नगरपालिकाको अवलोकन भ्रमण गर्नुभएको छ । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग घोडाघोडी नपाका प्रमुख रावत सम्मिलित जनप्रतिनिधि टोलीले आइतबार भेट गर्याे ।
उहाँहरूबिच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, विकास मोडलका विषयमा भएका विविध गतिविधिहरूबारे अनुभव आदानप्रदान भयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले गुणस्तरीय प्राविधिकहरू उत्पादन गर्दै आइरहेको बताउँदै हरेक वर्ष ती दुई कलेजबाट ४३२ जना इन्जिनियरहरू उत्पादन गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको काम ठेक्काबाट गर्न नहुनेमा हामी स्पष्ट छौँ । भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढङ्गले गुणस्तरीय काम सम्पन्न गर्दै आएको छ ।”
भक्तपुर नगरपालिकाका हरेक गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले मासिक ‘भक्तपुर’, नेपालभाषाको पाक्षिक ‘ख्वप पौ’, निरन्तर प्रकाशित गर्दै आएको र अनलाइन पत्रिका ‘भक्तपुर खबर डट कम’, ‘भक्तपुर म्युनिसिपालिटी’ फेसबुक पेज र भक्तपुर एफएममार्फत ‘ख्वप सः’ कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको अवगत गराउनुभयो ।
त्यस्तै घोडाघोडी नपाका प्रमुख खड्गबहादुर रावतले भक्तपुर नपाको उपभोक्ता मोडल अत्यन्त प्रभावकारी रहे तापनि घोडाघोडी नपामा उपभोक्ता समितिमार्फत काम गर्न भएको समस्याबारे प्रकाश पार्नुभयो । विकासको मूल आधार नै शिक्षालाई मानेको बताउँदै उहाँले घोडाघोडी नगरपालिकामा विभिन्न भाषा, संस्कृति, रीतिरिवाज तथा चालचलन भएका समुदायको बसोबास रहेको बताउनुभयो । उहाँले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्था, ख्वप अस्पताल र इन्जिनियरिङ शिक्षाबारे जिज्ञासा राख्नुभएको थियो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवाल, घोडाघोडी नपा–१ का वडाध्यक्ष घनश्याम ओझा, वडा नं. ३ का वडाध्यक्ष कृष्ण गौतम, प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यलगायतको उपस्थिति थियो ।
प्रमुख प्रजापतिले उहाँहरूलाई भादगाउँले टोपी र खादाले स्वागत गर्नुभएको थियो भने भक्तपुरको मौलिक मयुरको झ्याल र नपाका केही प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।
Leave a Reply