भर्खरै :

प्रज्ञा प्रतिष्ठानलाई बजेट अपुग भएको प्राज्ञसभाको ठहर

प्रज्ञा प्रतिष्ठानलाई बजेट अपुग भएको प्राज्ञसभाको ठहर

काठमाडौँ, ३० साउन (रासस) । नेपाल सरकारबाट विगतमा भन्दा कम बजेट विनियोजन भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभाको सोमबार सम्पन्न ३७ औँ बैठकले थप रकम माग गर्ने गरी चालु आर्थिक वर्षका लागि बजेट र कार्यक्रम स्वीकृत गरेको छ ।
सभाले रू. ३० करोड २० लाख ४२ हजारको बजेट पारित गरेको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उक्त बजेटबाट कर्मचारीहरूको १५ प्रतिशत वृद्धि तलब र उपदानलगायतका नियमित दायित्व धान्न गा¥हो हुने भएकाले सरकारसँग थप रकम माग गरिएको उपाध्यायले बताउनुभयो ।
गत आर्थिक वर्षमा सरकारबाट प्रतिष्ठानलाई रू. १९ करोड १२ लाख ६४ हजार विनियोजन भएकामा चालु आर्थिक वर्षका लागि रू. १४ करोड २३ लाख मात्रै विनियोजन भएको छ । गत आर्थिक वर्षमा रू. २५ करोड १४ लाख ३९ हजार आठ सय २४ यथार्थ आयव्यय विवरण सभामा प्रस्तुत भई पारित भएको छ । गत आवमा प्रतिष्ठानले आन्तरिक कोषबाट रू. ६ करोड एक लाख ८५ हजार खर्च गरेको थियो ।
प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र विधामा वार्षिकरूपमा अध्ययन÷अनुसन्धान गरी, गराई पुस्तकहरूको प्रकाशन, राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीयस्तरमा सम्मेलन, गोष्ठी र कार्यशाला गरेर नेपालका भाषा, साहित्य, संस्कृतिलगायतको उन्नयनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रतिष्ठानका वर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव उपाध्यायको कार्यकाल आउँदो असोज २० गते र अन्य पदाधिकारीको कार्यकाल मङ्सिर मसान्तमा सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *