भर्खरै :

देश नै नरहने लोकतन्त्रको के अर्थ ?

देश नै नरहने लोकतन्त्रको के अर्थ ?

२००७ सालमा प्रजातन्त्र आयो । २०१७ सालमा सक्रिय राजतन्त्रले २००७ सालको प्रजातन्त्र खोस्यो । २०२१ सालमा राजा महेन्द्रको पालामा जग्गा नापी भयो । नापी आउँदा भक्तपुरको अग्रज किसान कार्यकर्ताहरूको अथक प्रयासले किसानहरूले कमाएको जग्गामा मोहियानी नाम राख्न सफल भए । किसानको घैँटोमा घाम लाग्यो । भनिन्छ, बुद्धको सुन्दर बगैँचा लुम्बिनी आफैमा गर्विलो छ ।
कति खुसी, कति गुनिलो र कति स्वादिलो । सुन्दर नेपालमा असक्षम प्रधानमन्त्रीले गल्ती गरे देशलाई घाटा हुन्छ । नेपाल, चीन र भारतमा सँगसँगै प्रजातन्त्र आएको थियो । नेपालका सपुत सहिदको रगत कहाँ गयो ? सपुत वीर गोर्खालीको रगत कहाँ गयो, भीमसेन थापाको सपना कहाँ गयो ? अनगिन्ती सपुतहरूको आधारशिला कहाँ गयो ? बुद्धसम्मान मेरो देश, मेरो संस्कृति, मेरो संस्कार सम्पदा हो । जाँडरक्सी र पैसा खर्च गरेर, भोज खुवाएर सामान वितरण गरेर जित्ने उम्मेदवार सच्चा पक्कै होइन । त्यो त पैसाको उम्मेदवार हो । गान्धीजस्तो पनि होइन, बुद्धको सिद्धान्तजस्तो पनि पक्कै होइन । त्यो जनताको उम्मेदवार होइन । आमाबुबा र गुरूअगाडि खुट्टाले भुइँमा पाइला राख्दा पैतला पनि छुँदैन । नक्कली उम्मेदवारको महिमा अपरम्पार । हरेक पार्टीको एउटा नीति हुनुपर्ने थियो, नीति नै भएन । पार्टीको सिद्धान्त क्रान्तिकारी हुनुपर्छ, भावना क्रान्तिकारी हुनुपर्छ । गठबन्धनले देशको अस्तित्व बुझ्दैन । उनीहरू जनताको पिर मर्का कहिल्यै देख्दैनन् । एमसीसीको ५५ अर्ब सहयोग विष मान्नुपर्छ । नागरिकता विधेयक पारित गर्नु अर्को विष पिउनु हो । एमसीसी पारित नगर्नु भनेकै हो, नागरिकता विधेयक पारित नगर्नु भनेकै हो । पाँचपल्ट प्रधानमन्त्री भएर पञ्चशीलको अर्थ नबुझ्ने कस्तो प्रधानमन्त्री ? विदेशी चटके नाटकमा लम्पसारमा पर्ने कस्ता शासक वर्गहरू ? लोकतन्त्रलाई गणतन्त्रले खायो । अब गणतन्त्रलाई खान कतिबेर लाग्ला ? जनताको कुरा नसुन्ने कस्तो शासक वर्ग ? के गठबन्धन भनेको काले–काले मिलेर भाले खाने हो ? एमसीसी पास गर्ने देशद्रोही र नागरिकता विधेयक पास गर्नेहरूलाई जनताले चिन्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *