भर्खरै :

नवदुर्गा देवगण नाचको पहिलो पूजाबारे जानकारी

सांस्कृतिक तथा ऐतिहासिक नगर भक्तपुरको मानव समाजमा आधारित जीवित देवताको रूपमा पुजिने नवदुर्गा देवगण जात्रा वर्षभरिमा ८ महिना मुकुण्डोसहितको विभिन्न मितिमा जात्रा हुन्छ । ४ महिना मुकुण्डोविनाको जात्रा हुन्छ । परम्पराअनुसार हरेक वर्ष २०७९ भाद्र १४ गते मङ्गल चौथीको दिन (चोथा पूजा) मा नवदुर्गा देवगणहरूको विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम हुन्छ । सोही क्रममा देवगणहरूबाट बिहानैदेखि आ–आफ्नो घरमा विशेष पूजा तयारी गरी भनपा ९ गछँे मन्दिरमा पूजा सामग्री भित्याइन्छ । देवगणहरूले आ–आप्mनो देवताको जिम्मेवारी ग्रहण गरी सेतो जामा (घाजि नं) पहिरन गरी भनपा ९ वडा झतापो नासद्यो मन्दिरमा नित्यनाथको पूजा गरी नाचको तालिम सिद्ध हुनको लागि सम्पूर्ण देवगणहरूको नित्य पूजा गरिन्छ । कर्मचारीको तान्त्रिक विधिका साथ ‘थुना’ एउटाको बलि चढाएर पूजा सम्पन्न गर्ने चलन छ । नित्यनाथ पूजा सम्पन्नपश्चात् प्रसाद ग्रहण गरी मन्दिरमा देवगणहरूले मुकुण्डोविनाको सेतो जामा (घाजि नं) पहिरन गरी यस वर्ष पहिलो पटक नाच प्रदर्शन हुन्छ । गणेश, ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, महाकाली, भैरव र सिमदुम बालकुमारीहरूको पालैपालो नाच प्रस्तुत हुन्छ । सर्वप्रथम मङ्गल सिद्धि नाच प्रदर्शन गर्दै अन्तमा केही अंश गोसौतानेगु नाच आ–आफ्नो देवगणहरूको जिम्मेवारीअनुसार बाजाको तालमा प्रस्तुत हुन्छ । त्यसपछि देवगणहरू चोथा पूजाका सामग्रीहरू तयारी गर्दै देवगणहरूको मङ्गल चौथी चोथा पूजा सम्पन्न गरिन्छ । दोस्रो दिन सम्पूर्ण देवगणहरू मन्दिरमा भेला गरी विजया दशमीको लागि ब्रह्मायणी पिठमा यज्ञको लागि आवश्यक काठ तयारी गर्न पिपलको बोट रहेको ठाउँमा गएर ब्रह्मायणी देवगणको बाहुल्यताबाट शुभसाइत गरी काठको दाउरा मन्दिरमा भित्याउने परम्परा छ । साँझपख देवगण परिवार पूजाका साथ प्रसाद ग्रहण गरी दोस्रो दिन सम्पन्न गरिन्छ । घण्टाकर्ण च¥हे (गाठा मङ्गल च¥हे ) पछि बाट नयाँ पिँढी देवगणहरूले २ महिनाको अवधिमा विजया दशमीसम्ममा तालिम प्राप्त गरी देवगणहरूको जिम्मेवारी निभाउनुपर्ने परम्परा रहेको छ । यस संस्कृतिको हालसम्म केही परिमार्जन नगरी नाच, भाषा, तालको देवगणहरूले सबै विद्या घोकन्थे । हरेक वर्ष यस संस्कृतिलाई निरन्तरता दिन जुसिबजु, चित्रकार, कर्माचार्य, प्रजापति, मानन्धर, साही, परियार, शाक्य र उजाजू (वनमाला) जातिहरूको सक्रियतामा विभिन्न तिथि मितिमा आवश्यक पहल गरी नवदुर्गा देवगण जात्रा सञ्चालन हुने किंवदन्ती छ । निम्नअनुसार जात्रामा संलग्न हुने जिम्मेवारीका साथ कार्य विभाजन गरिएको छ ।
१. उजाजू ः वनमाला, देवगणको भूमिका वर्षभरि नै जिम्मेवारीका साथ जात्रा सञ्चालन गर्ने जिम्मा लिइएको हुन्छ ।
२. जुसिबजु ः ज्योतिष, नामकरणको दिनमा उहाँको बाहुल्यताबाट देवगणहरूको नाम लिस्ट (नामधलं) तयारी गर्ने विशेष जिम्मेवारी रहेको छ ।
३. पुन्चा (चित्रकार) ः देवगणहरूको सम्पूर्ण मुकुण्डोहरू तयार गर्ने विशेष जिम्मेवारी रहेको हुन्छ ।
४. आचाजु (कर्मचार्य) ः देवगण जात्रामा विशेष तान्त्रिक पूजाको जिम्मेवारी बहन गरिएको हुन्छ ।
५. हाकुज्या (प्रजापति) ः देवगणको लागि आवश्यक माटोको कलेश, माटोको भाँडाकुँडासमेत तयारी गरी जिम्मेवारी बहन गरिन्छ ।
६. सायमी (मानन्धर) ः भ.न.पा. ५ याछँेमा विजया दशमीका दिन मुकुण्डो घरमा लिन जाँदा कंह बाजा बजाउने जिम्मेवारी बहन गर्ने जनजाति हो ।
७. जुगिचा (परियार) ः घण्टाकर्ण –गाथामोग च¥हेको दिनमा जात्राको लागि महालिं बाजा बजाउने जिम्मेवारी रहेको पाइन्छ ।
८. नाय्चा (साही) ः विजया दशमीको खँमे बलि दिन नायोखिं बाजा बजाउने तथा राँगो बलि दिने जनजातिमा पर्छ ।
९. बारेजू (शाक्य) देवगणलाई आवश्यक चाँदीको जिस्टि चढाउने चाँदीको जायघँघला धुलाई गरी देवगणलाई भोजन चढाउने जनजातिमा पर्छ ।
यस जात्रामा विभिन्न तिथि मितिलगायत थप जनजातिमध्ये केही जिम्मेवारी बहन गर्नेमा निम्न थरका जनजाति पर्छन् ः
१. मुस्याख्व जाति ः खँमे जात्रामा खँमे समाउने साथै थिम बाजा मर्मतको लागि आर्थिक सहयोग गर्ने जिम्मेवारी बहन गर्ने ।
२. न्हसुवाल ः विजया दशमीको दिनमा मुकुण्डो हस्तान्तरण गर्ने बेलामा देवगणहरूलाई जलपान, (गुचुगुचु) गर्ने जिम्मेवारी निभाउने ।
३. मगजु ः देवगणहरूलाई आवश्यक कमलको फूल र पातमा सहयोग गर्ने ।
४. राजउपाध्याय ः देवगणहरूको बेलविवाह, तिथि मितिको पूजाको लागि सर–सल्लाह र सिजानकेगु (अन्तिम भोजन) खुवाउने जिम्मेवारी बहन गर्ने रहेको छ ।
अन्तमा, यस संस्कृतिलाई निरन्तरता दिन प्रत्यक्ष या अप्रत्यक्ष सम्पूर्ण नेवारी जनजातिहरू, श्रद्धालु भक्तजनहरूको अपार सहयोगमा यस संस्कृति परापूर्वकालदेखि भक्तपुरको ऐतिहासिक धरोहरको रूपमा हालसम्म जात्रा सञ्चालन गरिरहेको छ ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *