भर्खरै :

सबै सांसदलाई उस्तै देख्नु दृष्टिदोष हो

सबै सांसदलाई उस्तै देख्नु दृष्टिदोष हो

अहिले मुलुकमा देखिएको राजनीतिक विकृतिको मुख्य कारण सत्तामोह र व्यक्तिगत स्वार्थ हो । सत्ता पाउने भएपछि सत्तारुढ दलका नेताहरू सिद्धान्त र विचार बन्धक राखी दलगत र व्यक्तिगत स्वार्थमात्र नलागी विदेशी शक्ति राष्ट्रको हितमा लाग्छन् । विचार केन्द्रित हुनुपर्ने निर्वाचनलाई तिनीहरू पैसा केन्द्रित गर्छन् । त्यही कारण निर्वाचनमा उम्मेदवारहरू लाखौँ–करोडौँ पैसा खर्च गर्छन् । सत्तारुढ र ठूला दलले उम्मेदवार पनि देश र जनताको सेवामा समर्पित होइन धनाढ्य र आफ्ना पक्षका व्यक्तिलाई उम्मेदवारमा सिफारिस गर्छन् । यसरी आफ्ना पक्षधर व्यक्तिलाई उम्मेदवारमा सिफारिस गर्ने देखिएकोले नै ती दलभित्र गुट–उपगुट देखिएका हुन् । यस्तो काम सबै दलमा भएको पाइँदैन । तर केही लेखक र बुद्धिजीवीहरू सबै दलका नेता–सांसदहरूलाई दोष दिन्छन् । यो गलत हो ।
ती लेखक र बुद्धिजीवीहरू जुनसुकै दलका सांसदहरूको काम गर्ने शैली एउटै देख्छन् । यो उनीहरूको दृष्टिदोष हो । देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयकको सवालमा संसद् र सडकमा नेमकिपाको भूमिका अरु दलको भन्दा भिन्न छ । देशघाती सम्झौता र विधेयकबारे नेमकिपाले सडक र सदनमा लगातार सङ्घर्ष गरिरह्यो । यस्तो विरोध अरु दल र दलका सांसदहरूले खासै गरेका छैनन् । भारतले गरेको नेपाली भूमि अतिक्रमणबारे पनि नेमकिपाले सशक्त ढङ्गले विरोध ग¥यो । यसकारण, संसद्मा प्रतिनिधित्व गरेका सबै दलका नेता र सांसदहरूलाई एउटै दृष्टिले हेर्नु मनासिब हुँदैन ।
संसद्मा प्रतिनिधित्व गर्ने दलहरूमध्ये अहिलेसम्म सरकारमा नजाने पार्टी नेमकिपामात्र हो । अरु दलका नेताहरूझैँ नेमकिपाका नेताहरू मन्त्री खान पसेनन् । नेमकिपा मन्त्रीको लोभमा परेन । नेमकिपाले संसदमा विदेशी हस्तक्षेप र दबाबको विरोध ग¥यो, भ्रष्टाचार, अनियमितता, मानव बेचबिखनको विरोध ग¥यो । नेमकिपाले मतसीमाको विरोध ग¥यो । नेपालमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने कुरा उठायो । निजीकरणको विरोध ग¥यो । विदेशमा सम्पत्ति राख्न नपाउने कुरो उठाइयो । यसकारण संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदहरू उस्तै हुन् भन्नु ठीक होइन । त्यो उनीहरूको भ्रम हो । यसबारे लेखक तथा बुद्धिजीवीहरूले यथार्थ बुझेर कलम चलाउनुपर्छ र बोल्नुपर्छ । नत्र जनतामा भ्रम पर्छ । सत्य तथ्य बुझेरमात्र कलम चलाउँदा र बोल्दा उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *