भर्खरै :

निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन तटस्थ व्यक्तिहरूको सरकार आवश्यक

निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन तटस्थ व्यक्तिहरूको सरकार आवश्यक

नेपालभाषा साहित्य तःमुंज्याको तयारी चालु

भक्तपुर, ५ असोज । यही असोज २१ र २२ गते भनपा वडा नं. १ स्थित भार्वाचोमा हुन गइरहेको ४२ औँ नेपालभाषा साहित्य तःमुंज्यालाई सफल पार्न आयोजक समितिले तयारी गरिरहेको छ ।
तयारीकै क्रममा आयोजक समितिले बुधबार साहित्यकार तथा साहित्यप्रेमीहरूको भेला गरी छलफल कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले अध्यादेशमार्फत नागरिकता विधेयक ल्याएर पास गर्न सकिने सम्भावना भएको हुँदा फेरि सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जन्मको आधारमा विदेशीलाई वंशजको नेपाली नागरिकता दिन नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “वंशजको नागरिक राष्ट्रपति र प्रधानमन्त्री हुनसक्ने हुँदा आमा–बुबा नेपाली नागरिक भएमात्र वंशजको नागरिकता दिनुपर्छ ।”
निर्वाचन घोषणा भएसँगै संसद् अन्त्य हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन चुनावमा भाग नलिने तटस्थ व्यक्तिहरूको सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पैसा बाँड्ने, भोज भतेर गर्ने, लोभलालच देखाउने, निर्वाचन आयोगको आचारसंहिता उल्लङ्घन हुने पुँजीवादी निर्वाचन स्वच्छ र निष्पक्ष नहुने बताउनुभयो ।
सचिव सुवालले युक्रेनमा अमेरिकी हतियार थुपारेर रुसलाई खतम गर्ने अमेरिकी प्रयास निन्दनीय छ भन्नुभयो ।
प्रतिनिधिसभाको बैठकमा हाजिर गरेर भाग्ने सांसदहरूको देश र जनताप्रति कुनै मतलब नरहेको चर्चा गर्दै उहाँले ठेकेदारको पछि लागेर कमिसन खाने, जग्गा खरिद–बिक्रीमा लाग्ने सांसदहरू लुटाहा हुन् भन्नुभयो ।
स्वतन्त्र उम्मेदवारहरूको पछाडि अन्य दलले प्रत्यक्ष या अप्रत्यक्षरूपमा सहयोग गरिरहेको स्पष्ट पार्दै उहाँले पार्टीको सिद्धान्त, दर्शन र विचारअनुसार काम गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा जिल्ला समिति भक्तपुरका संयोजक सुरेन्द्रराज गोसाईले ३ प्रतिशतको प्रावधान राखेर साना दललाई सिध्याउन ठूला दलका नेताहरूले ल्याएको कुत्सित कार्यको विरोध गर्दै त्यो तानाशाही चरित्र हो भन्नुभयो ।
प्रजातन्त्रलाई जीवनपद्धतिको रूपमा विकास नगरी दुईदलीय तानाशाही लाद्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले अहिले अमेरिकामा पनि जनताले दुईदलीय व्यवस्थाको विरोध गरिरहेको स्मरण गर्नुभयो ।
देश र जनताको हितमा विचारको राजनीति गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सङ्ख्या मुख्य होइन विचार हो, व्यक्तिवादी चिन्तनले समाज परिवर्तन सम्भव छैन ।”
परिवर्तन कहीँ पनि अचानक नहुने दृष्टान्त उल्लेख गर्दै संयोजक गोसाईले भागबन्डाको राजनीतिले भएको इज्जत र प्रतिष्ठा पनि गुम्दै गइरहेको बताउनुभयो ।
गएको स्थानीय तहको निर्वाचनमा सयौँ ठेकेदारहरू निर्वाचित भएकोमा चिन्ता व्यक्त गर्दै अब हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभामा ठेकेदार र म्यानपावर कम्पनीका व्यक्तिहरू निर्वाचित हुने त होइन भनी शङ्का व्यक्त गर्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबन्जारको सभापतित्वमा भएको सो कार्यक्रममा आयोजक समितिका अध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *