सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
निबन्ध
कन्फुसियसको भनाइअनुसार “स्वास्नीमान्छेहरू र तल्लो वर्गका मानिसहरूसित व्यवहार गर्नु अत्यन्तै गाह्रो हुन्छ । उनीहरूलाई नजिक आउन दियो भने उनीहरू सम्मान राख्दैनन् र पर राख्यो भने इवी गर्छन् ।” यहाँ स्वास्नीमान्छेहरू र तल्लावर्गहरू एकै ठाउँमा थुप्राइएका छन् तर मलाई यसोभन्दा आश्चर्य लाग्छ । त्यो के भने यसमा उसले आफ्नी आमालाई पनि गाभेको थियो कि थिएन ? पछिका कट्टरपन्थी कन्फुसियसवादीहरू कमसेकम देखाउनाका लागि मात्र भए पनि सधैँ आफ्ना आमाहरूसित सम्मानपूर्वक व्यवहार गर्दथे । तर त्यसो भएर पनि चीनमा आमा भइसकेका स्वास्नीमान्छेहरू पनि आफ्ना छोरा नभएका सबै मानिसहरूबाट हेला गरिएकै छन् ।
१९११ को क्रान्तिपछि राजनैतिक अधिकारको भाग पाउनका लागि ख्यातीप्राप्त सुश्री सेन पाइ–चेनले संसद्को ढोकामा रहेको पालेलाई लात्तीले हानी र यो स्वास्नीमान्छे हुनुको एउटा फाइदा नै हो । मेरो व्यक्तिगत विचारमा त्यो मान्छे आफै ढलेको होला भन्ने विषयमा मलाई साह्रो शङ्का छ र हामीहरूमध्ये कुनै लोग्नेमान्छेले त्यसलाई लात्ती हानेको भए त्यसले पनि कैयौँ पटक लात्ती फर्काउँथ्यो होला । अचेल थुप्रै विवाहिता महिलाहरू विशिष्ट व्यक्तिहरूसित काँधमा काँध मिलाएर उभिन सक्छन् र उनीहरूसित जहाजमा वा सम्भावनाहरूमा सँगै बसेर तस्बीर खिन्न लाउन सक्छन् वा हवाईजहाज वा सिस्टबोटका अगाडि आफ्नो पहिलो यात्रा अघि उभिन र त्यहाँ रक्सीका सीसी फोर्न सक्छन् । यो अविवाहित स्वास्नीमान्छेहरूको अधिकार हुनसक्छ तर यसबारे मलाई विस्तृतरूपमा थाहा छैन) स्वास्नीमान्छे हुनुमा यो अर्को फाइदा हो । यसबाहेक अरू थुप्रै नयाँ व्यवसायहरू छन् । मैले कारखानामा काम गरिरहनेहरूको विषयमा कुरा गरिरहेको छैन, जसलाई मालिकहरूले रूचाउँछन् किनभने उनीहरूको ज्याला थोरै छ र उनीहरू अह्राएजस्तै खुरुखुरु काम गर्छन् । अन्य ठाउँहरूमा उनीहरू स्वास्नीमान्छे भएकाले उनीहरूलाई ‘फलका गमलाहरू’ भने तापनि ‘सबै किसिमका सेवा विस्तृत रूपमा थाहा छैन) स्वास्नीमान्छे हुनुमा यो अर्को फाइदा हो । यसबाहेक अरू थुप्रै नयाँ व्यवसायहरू छन् । मैले कारखानामा काम गरिरहनेहरूको विषयमा कुरा गरिरहेको छैन, जसलाई मालिकहरूले रूचाउँछन् किनभने उनीहरूको ज्याला थोरै छ र उनीहरू अह्राए जस्तै खुरुखुरु काम गर्छन् । अन्य ठाउँहरूमा उनीहरू स्वास्नीमान्छे भएकाले उनीहरूलाई फूलका गमलाहरू भने तापनि “सबै किसिमका सेवा स्वास्नीमान्छेहरूबाट हुनेछ” भन्ने खालका सम्मानित घोषणाहरू भने उनका विषयमा बरोबर देख्छौँ । लोग्नेमान्छेहरू भाउन्ने हुने खालको उच्च ओहदामा उठ्न चाहन्छन् भने उनीहरूले खाली पुरूषत्वको मात्र भर परेर पुग्दैन, उनीहरू कमसेकम कुकुरमा पनि फेरिनु पर्नेछ ।
मई चौथोको समयदेखि र स्वास्नीमान्छेको मुक्ति आन्दोलनदेखि यताका सफलताहरू यी हुन् । तर, व्यवसायी स्वास्नीमान्छेहरूबाट हामीहरू चर्को रूवाइ बरोबर सुन्छौँ र उता आलोचकहरू नौला स्वास्नीमान्छेहरूलाई हाँसेर उडाइदिन्छन् । आफ्ना सीमाभन्दा बाहिर नाघेर ती आलोचकहरूले समाजभित्र ठट्टा र तर्कहरूका नीति नौलानौला सामग्रीहरू जुटाएका छन् ।
यसको कारण के भने उनीहरू समाजमा रहे तापनि अरूहरूद्वारा पालिएर राखिएकै छन् । तपार्इँ अरूहरूबाट पालिएर राखिएका छन् भने तपार्इँले ती व्यक्तिहरूलाई आफूमाथि जथाभावी गर्न वा आफूलाई अपमानित गर्न दिनैपर्नेछ । कन्फुसियसले कसरी उजुर गन्यो भन्ने कुरो हामीले देखेका छौँ र स्वास्नीमान्छेहरू ‘पालिराख्न परेकोले’ उसलाई गाह्रो भएको कुरा पनि हामीलाई थाहा छ । ‘नजिकै राख्नु र पर’ राख्नु दुवै पटक्कै नमिल्ने भएको कारण यही नै हो । अचेलका धेरैजसो मानिसहरूको भनौँ लोग्नेहरूको उजुर यही नै हो, धेरैजसो स्वास्नीमान्छेहरूको उजुर पनि यही नै हो । ‘राख्ने’ र ‘राखिने’ को भिन्नतालाई नबढारेसम्म यी उजुरहरू र घुर्कीहरूलाई बढार्न सकिन्न ।
नसुधारिएको यस समाजमा जुनसुकै नयाँ ढाँचा पनि झ्याल सिँगार्नुजस्तै हो । तथ्य कुरा के भने कुनै कुरा पनि वास्तवमा फेरिएको हुँदैन । तपार्इँले पिँजडामा राखिएको सुगालाई पिँजडाबाट झिकेर अरू दन्डीमा उभिन दिनुभयो भने यसको अवस्था त फेरिएको जस्तो देखिन्छ तर वास्तवमा ऊ अझै पनि मान्छेहरूको खेलौना नै हुनेछ किनभने यसको हरेक टोकाइ र खाना अरूद्वारा नियन्त्रित छ । यस उखानको अर्थ पनि यही नै हो, “अरूको खाएपछि उसका सबै हुकुमलाई स्वीकार्नुपर्छ ।” यसकारण, लोग्नेमान्छेहरूसरह स्वास्नीमान्छेहरूले पनि आधिक अधिकार नपाउञ्जेल मलाई त तिनका विषयमा सुनाइने मीठा विशेषणहरू सबै खोक्रा हुन् भन्ने लाग्छ । वास्तवमा लोग्नेमान्छे र स्वास्नीमान्छे जातका बीच शारीरिक तथा मनोवैज्ञानिक भिन्नताहरू हुन्छन् जसरी एकै जातका सदस्यहरूका बीच छ भिन्नता पनि हुन्छन् । तर, समाजमा उनीहरूको स्थान समान हुनुपर्छ । उनीहरूको स्थान समान भएपछि मात्र हामीहरूले सच्चा स्वास्नीमान्छेहरू र सच्चा लोग्नेमान्छेहरू पाउनेछौँ र उजुर र घुर्कीको अन्त गर्नसक्नेछौँ ।
वास्तविक मुक्ति पाउनुअघि सङ्घर्ष हुन्छ, हुन्छ । तर, स्वास्नीमान्छेहरूले पनि लोग्नेमान्छेहरूले झैँ हतियार बोक्नैपर्छ वा बच्चालाई आफूले एकापट्टिको मात्र मुन्टो चुसाएर आधा जिम्मेवारी लोग्नेमान्छेहरूलाई छोड्नुपर्छ भनी मैले भनिरहेको छैन । मैले भन्न खोजेको मुख्य कुरा के भने हामीहरूले हालको अवस्थासित सन्तुष्ट भई चुप लाएर बस्नु हुँदैन, बरू विचारधारा र आर्थिक अवस्था यी दुवै कुराहरूमा मुक्ति पाउनका लागि सङ्घर्ष चलाउनुपर्छ । एकचोटि समाज मुक्त भएपछि व्यक्तिहरू पनि आफसेआफ मुक्त हुनेछन् । वास्तवमा आज स्वास्नीमान्छेहरूलाई कस्सिरहने साङ्लाहरूको विरोधमा मात्र भए पनि सङ्घर्ष गर्नु आवश्यक भएको छ ।
मैले स्वास्नीमान्छेहरूको समस्याहरूको विषयमा कहिल्यै अध्ययन नगरेको हुनाले, यसरी मेरो विचार दिँदा, योभन्दा बढी भन्ने आँट मसित छैन ।
स्रोतः (लुसुनका केही निबन्धहरूबाट)
Leave a Reply