भर्खरै :

नेमकिपा कैलालीको सातौँ सम्मेलन सम्पन्न

नेमकिपा कैलालीको सातौँ सम्मेलन सम्पन्न

कैलाली, ८ असोज । नेपाल मजदुर किसान पार्टी सातौँ कैलाली जिल्ला सम्मेलनको बन्दसत्रले रमेशकुमार रावलको अध्यक्षतामा १९ सदस्यीय कैलाली जिल्ला समिति गठन गरेको छ ।
बन्दसत्रमा नेमकिपाका केन्द्रीय सदस्य एवं नेमकिपा सुदूरपश्चिमका संयोजक नवराज कोइरालाले भारतीय विस्तारवाद नेपाली जनताको दुस्मन भए पनि भारतका कामदार जनता हाम्रा मित्र हुन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “भारतका कामदार जनताको समस्या हाम्रो पनि समस्या हो । ती समस्यामा हामी नेपालीहरूले साथ दिनुपर्छ ।”
अमेरिकी साम्राज्यवादले विश्वका कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन लागिपरेको उल्लेख गर्दै उहाँले अल्पविकसित देशहरूलाई सहयोगको नाममा संरा अमेरिकाले विभिन्न सन्धि–सम्झौतामा फसाएर आफ्नो अनुकूलताको सरकार बनाउने गरेको बताउनुभयो ।
आफूलाई कम्युनिस्ट भन्ने एमाले माओवादीहरू अराजक भएको र आफ्नो घोषणापत्रअनुसार जनताको लागि काम नगरेको उहाँले बताउनुभयो ।
एमसीसी पास गरेर नेपाललाई अमेरिकी युद्ध भूमि बनाउने उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले नागरिकता विधेयकले नेपाली जनतालाई भन्दा विदेशीको लागि फाइदा हुने र यसले नेपाल फिजी र सिक्किमको स्थितिमा पुग्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *