उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, ८ असोज । थालाछेँ बचत तथा ऋण सहकारी संस्था लि.को १५ औँ वार्षिक साधारण सभा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेंको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा अतिथि बिजुक्छेँले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा नेमकिपाले संसद् र सडकमा विरोध गरेकै कारण सोही विषयमा जनताले बुभ्mने मौका पाएको तथा नागरिकता विधेयक पारित भएमा देशै नरहने बताउनुभयो ।
सच्चा देशभक्त नेपालीले कहिले पनि हालको नागरिकता संशोधन विधेयकलाई समर्थन गर्दैनन्, विदेशी दलालहरूले मात्र त्यसलाई समर्थन गर्ने भएकाले आउँदो मंसिर ४ मा हुने आम निर्वाचनमा त्यस्ता देशघातीहरूलाई हराउनुपर्छ, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्योंमिखाले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सम्पदा पुनःनिर्माणको कारण भक्तपुर नगरपालिका नेपालका अन्य स्थानीय निकायको लागि उदाहरणीय बनेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का प्रतिनिधि राजकुमार लघुले शेयर सदस्यहरूले समुदायमा आधारित संस्थामा मात्र कारोबार गरी गैरसमुदायमा आधारित सहकारीहरूमा ब्याजमा लोभ गरी कारोबार गर्न नहुने बताउनुभयो ।
सिद्धि गणेश साकोसका ईश्वरमान दुमरु, सङ्गम साकोसका विजय लोहला तथा बेखाल साकोसका रामभक्त अवालले संस्थाको वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
साधारणसभामा ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरूलाई सम्मान, एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा संस्थाका उत्कृष्ट कारोबार गर्ने असल बचतकर्ता तथा ऋणीहरूलाई सम्मान एवं एकमहिने मखमली जुत्ता बनाउने तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
रामकृष्ण साँगाछेँको सभापतित्वमा सम्पन्न सभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षणको प्रतिवेदन पारित गरिएको थियो । सो सभामा बदनकेशरी प्रजापति, विश्वराम दुमरु, कृष्णभक्त गैडा तथा पूर्णप्रसाद शिल्पकारले पनि बोल्नुभएको थियो ।
Leave a Reply