ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
ह्यारी भिल्लेगस ‘पोम्बो’

लेखक परिचय
ह्यारी भिल्लेगसको जन्म पूर्वी क्युवाको सिएरा माइस्त्रा पहाडको बँेसी गाउँ यारामा सन् १९४० मा भएको थियो । किशोरावस्थामै उनी संरा अमेरिकी कठपुतली फुलहेनसिओ बाटिस्टाको तानाशाहीविरुद्ध सङ्घर्षमा सामेल भए । मेनजेनिलो सहरमा उनी भूमिगत गतिविधिमा सक्रिय थिए ।
सन् १९५७ मा भिल्लेगस विद्रोही सेनामा भर्ती भए । सेनाभित्र उनी अर्नेस्टो चे ग्वेभाराले नेतृत्व गरेको चौथो कमान्डमा थिए । ग्वेभाराले नेतृत्व गरेको दस्ताले गरेका धेरै सशस्त्र हमलामा उनी लडे । त्यो दस्ता सशस्त्र हमला गर्दै क्युवा छिचोलेर इस्काम्ब्रे पहाडमा नयाँ मोर्चा बनाउन सफल भयो । सन् १९५८ मा उनी सान्टा क्लाराको लडाइँमा लडे । क्युवाको क्रान्तिकारी लडाइँमा त्यो सबभन्दा पछाडिको निर्णायक हमला थियो ।
सन् १९५९ को १ जनवरीमा बाटिस्टाको तानाशाही शासन ढल्यो । त्यसपछि भिल्लेगसले ग्वेभाराको सचिवालयमा बसेर काम गरे । सन् १९६०–६१ मा क्युवाका व्यापक कामदार जनता मिलेर क्युवाली उद्योग कलकारखाना कब्जा गरी राज्यको नियन्त्रणमा ल्याउने आन्दोलनलाई क्रान्तिकारी सरकारले समर्थन ग¥यो । ग्वेभारा त्यत्तिबेला क्युवाका उद्योग मन्त्री थिए । ग्वेभाराको सहयोगीको रूपमा भिल्लेगसले एउटा कारखानाको प्रबन्धकको जिम्मेवारी वहन गरे । कारखानाको प्रबन्धकको रूपमा उनले औद्योगिक उत्पादनको पुनःसंरचना गरी नयाँ ढङ्गले अघि बढाउन मजदुरहरूको नेतृत्व गरे । अर्को वर्ष उनी पुनः सक्रिय सैनिक जिम्मेवारीमा फर्के ।
सन् १९६५ मा भिल्लेगस अफ्रिका गएको अन्तर्राष्ट्रवादी अभियानमा सामेल भए । अफ्रिकी देश कङ्गोका साम्राज्यवादविरोधी शक्तिसँग मिलेर चे ग्वेभारा नेतृत्वका एक सय जना क्युवालीहरूले गरेको सशस्त्र सङ्घर्षमा उनी क्युवाली टोलीको गुढी समूहको सदस्यको रूपमा काम गरेका थिए । त्यहीँ भिल्लेगसले पोम्पो उपनाम पाए । उनी आज पनि यही नामले चर्चित छन् ।
संसारभर उनी सन् १९६६–६७ मा बोलिभियामा ग्वेभारासँगै लडेका क्युवाली क्रान्तिकारीहरूमध्ये एक जना योद्धा भनी चिनिएका छन् । त्यहाँ पनि उनले ग्वेभारा नेतृत्वको क्युवाली टोलीको गुढी समूहका सदस्यको भूमिका खेलेका थिए । त्यो सङ्घर्षको मूल लक्ष्य ल्याटिन अमेरिकाको दक्षिणी टुप्पाका देशहरूमा सत्ता प्राप्तिको लागि क्रान्तिकारी सङ्घर्षको बाटो खोल्नु थियो । सन् १९६७ को अक्टोबरमा चे ग्वेभाराको हत्या भयो । भिल्लेगसले बोलिभियाली सेना र संरा अमेरिकी गुप्तचर सेनाको घेराबन्दीमा परेका बाँचेका पाँच जना क्युवाली र बोलिभियाली गुरिल्लाहरूको नेतृत्व गरे । उनीसहित दुई जना क्युवालीहरू भागेर चिली पुगे र त्यहाँबाट सन् १९६८ को मार्चमा हवाना पुगे । त्यतिबेलाको उनको संस्मरण ‘पोम्पोः चेको एक जना गुरिल्ला’ पुस्तक स्पेनी, अङ्ग्रेजी र फ्रान्सेली भाषामा प्रकाशित छन् ।
सन् १९७० दशकको अधिकांश समय भिल्लेगसले ग्वान्टानामोमा सीमा रक्षक बिग्रेडको नेतृत्व गरे । क्युवाली क्रान्तिकारी सशस्त्र बल (एफएआर) ले ग्वान्टानामो खाडीमा तैनाथ संरा अमेरिकी जलसेनाबाट क्युवाको रक्षा गरेको छ । एक शताब्दीमा लामो समयअघि क्युवाली जनताबाट जबरजस्ती संरा अमेरिकाले क्युवाली भूमि ग्वान्टानामो खाडी खोसेको थियो ।
सन् १९७७–७९ मा भिल्लेगसले अङ्गोलामा तैनाथ क्युवाली स्वयम्सेवी सैनिक मिसनलाई मद्दत गरे । दक्षिण अफ्रिकाको तत्कालीन रङ्गभेदी शासन र त्यसलाई साथ दिँदै आएका संरा अमेरिकी र अन्य साम्राज्यवादी शक्तिबाट भर्खर स्वतन्त्र बनेको देश अङ्गोलाको रक्षाको निम्ति क्युवालीहरू त्यहाँ गएका थिए । अङ्गोलामा उनले उत्तरी क्षेत्रको मोटर सुसज्जित टुकडीको नेतृत्व गरेका थिए । क्युवाली लडाकुहरूले अङ्गोलाका सेनासँग सहकार्य गरेको थियो । सन् १९७९ मा क्युवा फर्केर पनि उनले क्युवाली क्रान्तिकारी सशस्त्र बलअन्तर्गत ट्याङ्क डिभिजनको मोटर सुसज्जित टुकडीको नेतृत्व गरे । सन् १९८१ मा उनलाई अङ्गोलामा क्युवाली उच्च कमान्ड र फिडेल क्यास्ट्रोले नेतृत्व गरेको हवानास्थित क्रान्तिकारी सशस्त्र बलको विशेष कमान्ड पोस्टबीच सम्पर्क अधिकारीको भूमिका दिइयो । सन् १९८८ मा कुइटो क्वानाभालेको लडाइँमा दक्षिण अफ्रिकी सेनाको निर्णायक पराजयपछि भिल्लेगस अङ्गोलामा बसे । क्युवाली नियोगको प्रमुख भएर उनले अङ्गोलाबाट क्युवाली सेनाको घर फिर्तीमा योगदान गरे ।
सन् १९९० मा क्युवा फर्केपछि भिल्लेगसले क्युवाको पश्चिम सेनाको राजनीतिक शाखा सम्हाले । क्रान्तिकारी सशस्त्र सेनाको मुख्यालयको दैनिक कार्य सञ्चालन निर्देशनालयको सदस्य बने । सन् १९९७ देखि २०११ सम्म उनी क्युवाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थिए । क्युवाली राष्ट्रिय सभाका उपाध्यक्ष बने । साथै क्युवाली क्रान्तिका योद्धाहरूको सङ्गठनका कार्यकारी उपाध्यक्षको जिम्मेवारी पनि सम्हाले । उनी महाधिवक्ता कार्यालयमा सैनिक सल्लाहकार थिए । सक्रिय जीवनबाट निवृत्त भएर उनी अहिले ब्रिगेडर जनरलमा पदासीन छन् ।
भिल्लेगसले पचासभन्दा बढी सम्मान तथा पदक पाएका छन् । तीमध्ये चार वटा पदक उनको साहसिक कार्यको लागि प्रदान गरिएका थिए । सन् १९९५ मा उनी क्युवाली गणतन्त्रका नायकको सम्मानबाट विभूषित भए । क्युवा सरकारले प्रदान गर्ने यो सबभन्दा उच्च पद हो ।
भूमिका
मेरी–एलिस वाटर्स

अरूको स्वतन्त्रताको लागि लड्न अनिच्छुकहरू कहिल्यै पनि आफ्नो लागि लड्न सक्दैनन् । –फिडेल क्यास्ट्रो (पिनर डेल रिओ, जुलाई सन् १९७६)
हाम्रा जनताले आफूलाई राम्ररी चिनेमात्र पनि, हामीले के कस्ता उपलब्धि हासिल गर्न सक्छौँ भन्ने कुरा बुझ्न सकेमात्र पनि त्यसको निम्ति हामीले अङ्गोलाप्रति आभारी हुनुपर्छ । –राउल क्यास्ट्रो (हवाना, मे, सन् १९९१)
सन् १९७५ देखि १९९१ सम्म क्युवाली क्रान्तिकारी नेतृत्वको अग्रसरतामा झन्डै ४ लाख २५ हजार क्युवाली स्वयम्सेवकहरूले अङ्गोलामा सेवा गरे । अङ्गोला सरकारले सहयोगको निम्ति गरेको आग्रहअनुसार उनीहरूले विभिन्न चरणमा त्यहाँ काम गरेका थिए । पोर्चुगलको झन्डै पाँच शताब्दी लामो निर्मम उपनिवेशवादी शोषण र उत्पीडनपश्चात् अङ्गोलाका जनताले सन् १९७५ मा स्वतन्त्रता प्राप्त गरेका थिए । तर, अङ्गोला दक्षिण अफ्रिकाको श्वेत सर्वोच्चतावादी सत्ता र उसका अफ्रिकी र अन्तर्राष्ट्रिय मित्रहरूको हमलाबाट अझै मुक्त हुन सकेको थिएन ।
अङ्गोलामा क्युवाली मिसनको बसाइ सोह्र वर्ष लम्बियो । क्युवाली मिसनको लक्ष्य अङ्गोलाको सुरक्षा गर्नु र वासिङटनको आड प्राप्त सैनिक हमलालाई पराजित गर्नु थियो । सन् १९८८ को मार्च महिनामा दक्षिण अङ्गोलामा कुइटो क्वानाभालेको लडाइँमा दक्षिणी अफ्रिकी रङ्गभेदी सरकारका सेनाको निर्णायक पराजयपछि मात्र क्युवाली मिसनको काम सम्पन्न भयो । कुइटो क्वानाभालेको लडाइँपश्चात् क्युवाली, अंगोलियाली र नामिबियाली लडाकुहरूको बलियो फौज दक्षिण अफ्रिकी शासनले उपनिवेश बनाएको नामिबियामा रहेका सैनिक आधारतर्फ लाग्यो ।

त्यत्ति नै बेला दक्षिण अफ्रिकाभित्रै फैलिएको रङ्गभेदविरुद्ध जनआन्दोलनबाट आत्तिएर प्रिटोरिका सरकारले शान्तिको प्रयास थाल्यो । पाँच महिनामा अङ्गोला, दक्षिण अफ्रिका र क्युवाबीच त्रिपक्षीय सहमति भयो । सन् १९८८ को डिसेम्बरमा न्यु योर्कस्थित संयुक्त राष्ट्र सङ्घीय मुख्यालयमा तीन पक्षबीच सहमतिमा हस्ताक्षर भयो । त्यो सम्झौताले ल्वान्डामा अङ्गोला सरकारको वैधानिकता र सार्वभौमिकतालाई मात्र मान्यता दिएन, बरु नामिबियालाई पनि स्वतन्त्र घोषणा ग¥यो । यो सफलताले रङ्गभेदविरुद्ध लडिरहेका दक्षिण अफ्रिकी कामदार र युवाहरूको आत्मविश्वास अझ बढायो ।
दक्षिण अफ्रिकाको जातिवादी शासन ढाल्न भएको सङ्घर्षका मुख्य नेतृत्व नेल्सन मन्डेलाले सन् १९९१ को जुलाईमा क्युवा र संसारका जनतालाई भन्नुभएको थियो, “कुइटा क्वानाभालेमा दक्षिण अफ्रिकी सेनाको पराजय क्युवाको ‘अतुलनीय’ योगदानको कारण मात्र सम्भव भएको हो । खासमा त्यो सिङ्गो अफ्रिकाको विजय थियो । रङ्गभेदको कलङ्कबाट हाम्रो देश र सिङ्गो महादेशलाई मुक्त पार्न भएको सङ्घर्षमा त्यो कोशेढुङ्गा थियो ।”
‘क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध’ अङ्गोलामा गएको त्यो ऐतिहासिक मिसनबारे क्युवाली क्रान्तिकारी सशस्त्र सेनाका बिग्रेडर जनरल ह्यारी भिल्लेगसले आफैले भोगेको आधारमा लेखेको पुस्तक हो । भिल्लेगस आज संसारभर ‘पोम्पो’ उपनामले कहलिएका छन् । पोम्पो भिल्लेगसलाई अर्नेस्टो चे ग्वेभाराले दिनुभएको स्वाहिली भाषाको उपनाम हो । पोम्पोले चेसँग रहेर एक दशक लडाइँ लडे । सुरुमा सन् १९५९ को जनवरीमा फुलहेनसिओ बाटिस्टाको संरा अमेरिकी आड प्राप्त अधिनायकवादी शासन पल्टाउन क्युवाली माटोमा क्रान्तिकारी लडाइँ लडे । पछि कङ्गो र बोलिभियामा अन्तर्राष्ट्रवादी मिसनमा पनि चेसँगै रहेर उनी लडाइँ लडे ।
सन् १९६७ को अक्टोबरमा बोलिभियामा चे ग्वेभारा पक्राउमा परे । भिल्लेगसले दुई जना बोलिभियाली र तीन जना क्युवाली सम्मिलित चे ग्वेभाराको सेनाका बचेका पाँच जना लडाकुहरूको नेतृत्व गरे । उनीहरू चार महिना बोलिभियाली सेना र संरा अमेरिकी गुप्तचर सेनाबाट जोगिएर हिँड्न सफल भए । भिल्लेगस र अन्य दुई जना क्युवालीहरू समयान्तरमा भागेर चिली पुगे र सन् १९६८ को मार्चमा हवाना फर्के ।
सन् १९७४ को अप्रिलमा पचास वर्ष पुरानो निकै मक्किसकेको फासीवादी पोर्चुगाली अधिनायकतन्त्र युवा सिपाहीँहरूले गरेको सैनिक विद्रोहबाट फालियो । पोर्चुगाली मजदुर र किसानहरूको क्रान्तिकारी आन्दोलन उठ्यो । पोर्चुगलभित्र पुरानो शासन व्यवस्थाको चर्को विरोध भइरहेको थियो भने गिनी बिसाउलगायत पोर्चुगलका अफ्रिकी उपनिवेशहरूमा राष्ट्रिय मुक्ति सङ्घर्ष फैलिरहेको थियो । लिसवन (पोर्चुगलको राजधानी) सरकारले सबै अफ्रिकी देशको स्वतन्त्रतालाई मान्यता दिन बाध्य भयो ।
अफ्रिकामा पोर्चुगलको निर्मम उपनिवेश टुटेपछि अरू साम्राज्यवादी शक्तिहरूले ती भूभागलाई आफ्नो बनाउन वर्षौँ भरमग्दुर प्रयत्न गरे । सन् १९७५ को नोभेम्बर ११ मा पोर्चुगलको सबभन्दा ठूलो र धनी उपनिवेश अङ्गोला स्वाधीन भएपछि उपनिवेशवादी शक्तिहरूले पोर्चुगलका उपनिवेशमाथि कब्जा गर्ने प्रयासलाई अझ गति दिए ।

अङ्गोला स्वाधीन हुनु केही महिनाअघि सन् १९७५ को अप्रिलमा भियतनामको विजयी राष्ट्रिय मुक्ति सेनाले सैगोन सहर (पछि त्यसको नाम हो चि मिन्ह सहर नामकरण गरियो) बाट संरा अमेरिकी सेना र अधिकारी भागेका थिए । साम्राज्यवादी विश्व व्यवस्थामाथिको यो धक्काबीच अफ्रिकाको दक्षिणी भागको भविष्य (उपनिवेशवादीको लागि) ‘खतरा’ मा परेको थियो । कङ्गोदेखि त्यत्तिबेला रोडेसिया (आजभोलि जिम्बाबे) हुँदै तल द केप अफ न्यु होपसम्म उपनिवेशवादीहरूले गुमाउने ‘खतरा’ बढेको थियो । वासिङटनको आशीर्वाद पाएको र भरोसा प्राप्त प्रिटोरिकामा रङ्गभेदी शासनको निरन्तरता नै जोखिममा परेको थियो ।
सन् १९७५ को अक्टोबरमा दक्षिण अफ्रिकी र जायरियाली सेनाले अङ्गोलामा पहिलो पटक हमला थालेका थिए । सशस्त्र सेना दक्षिणी अफ्रिकी आधार रहेको दक्षिण–पश्चिम अफ्रिका (नामिबिया) को सीमा नाघेर उत्तरतिर अघि बढेका थिए । सँगै अर्कोतिर जायर (कङ्गो) बाट दक्षिणतिरबाट सैनिक हमला थालिएको थियो । जायरको साम्राज्यवाद पक्षधर मोबुटु अधिनायकतन्त्रले तेलमा धनी काबिन्डा र सके जति अङ्गोलाको भूभाग आफ्नो वशमा ल्याउन चाहन्थे ।
दक्षिणी अफ्रिका र जायरको यो संयुक्त सैनिक कारबाहीको मूल लक्ष्य अङ्गोला मुक्ति जनमोर्चा (एमपीएलए) को नेतृत्वमा सरकार बन्नुअघि नै नोभेम्बर ११ पूर्व अङ्गोलाको राजधानी ल्वान्डा सहर कब्जा गर्नु थियो । एमपीएलए व्यापक जनसमर्थनसहितको उपनिवेशवादविरोधी शक्तिशाली सङ्गठन थियो । अङ्गोलाको स्वाधीनताको घोषणा हुन सात दिनमात्र बाँकी रहेको परिस्थितिमा ल्वान्डामा नयाँ सरकार पराजित हुने खतरा थियो ।
ठीक त्यही बेला अङ्गोलाको एमपीएलए नेतृत्वको अन्तरिम सरकारले सहायताको निम्ति गरेको आह्वानप्रति क्युवा सरकार र जनताको नेतृत्वले थालेको अग्रसरता शीघ्र र निर्णायक थियो । केही घण्टाभित्रै कार्लोटा कारबाही थालियो । कार्लोटा क्युवाका एक जना अफ्रिकी मूलकी महिला थिइन् । उनले क्युवामा दासता र उपनिवेशवादको दुई थरी उत्पीडनको विरोधमा दुई वटा विद्रोह गरेकी थिइन् । सन् १८४३ मा उनी पक्राउ परिन् र उनको निर्मम हत्या गरियो ।
ल्वान्डा सहरमा स्वाधीनता समारोह हुने अघिल्लो दिन झन्डै दुई सयजना भर्खरमात्र अङ्गोला पुगेका क्युवाली अन्तर्राष्ट्रवादी स्वयम्सेवकहरू अङ्गोलाको सिपाहीँहरूसँगै उभिए । अङ्गोलाका सेना र क्युवाली स्वयम्सेवकहरू मिलेर दक्षिण दिशामा जायरतिर हानिए । राजधानी ल्वान्डाको मूलद्वार त्यही दिशामा थियो । तत्काल दक्षिण अफ्रिकी र उसका साम्राज्यवादी मित्रहरूका सपनामा पानी पोखियो ।
पाँच महिनाभन्दा कम समयावधिमा ३५ हजार क्युवाली स्वयम्सेवक अङ्गोलामा पुगिसकेका थिए । अङ्गोलाका सिपाहीँसँग मिलेर उनीहरूले दक्षिण अफ्रिकी रङ्गभेदी शासन र मोबुटुको अधिनायकवादी सेना दुवैलाई अङ्गोलाबाट भगाउन सफल भए ।
तर, त्यो त सुरुआतमात्र थियो ।
एक दशकभन्दा लामो समयसम्म अङ्गोला सरकारविरुद्ध परोक्षरूपमा ‘कम सघनताको लडाइँ’ लडियो । जोनस साभिम्बीको नेतृत्वमा अङ्गोलामा प्रिटोरिका (दक्षिण अफ्रिका) ले बनाएको दलाल सङ्गठन युनिटाको सहयोगमा अङ्गोलाको भित्रभित्रसम्म नियमितरूपमा हमला गरिरह्यो । त्यस्ता हमलाको निर्ममताको तह कुरा गरी साध्य थिएन । समयान्तरमा त्यस्ता कारबाहीमा मारिने र घाइतेहरूको सङ्ख्या अङ्गोलाको तर्फबाट लाखौँ पुगेको थियो । क्युवाली मिसन समाप्त हुनअघि अङ्गोलाको माटोमा मारिने क्युवालीको सङ्ख्या झन्डै २१ सय पुग्यो ।
सन् १९८७ को अन्तिमतिर दक्षिण अफ्रिकी सेनाले अङ्गोलाको सेनालाई पराजित गर्न सकिने आशाका साथ दोस्रोपटक ठूलो हमला ग¥यो । तर, यो पटक पनि रङ्गभेदी सरकारको हिसाबकिताब मिलेन । उल्टो उनीहरू पराजयको स्वाद चाखेर भाग्नुप¥यो ।
क्युवाली नेता फिडेल क्यास्ट्रोको प्रस्तावमा क्युवाली र अङ्गोलियाली नेतृत्वले अङ्गोलामा दक्षिण अफ्रिकाको ‘हात खुट्टा भाँच्ने’ उपयुक्त समय आएको निष्कर्षमा पुगे । अनि त्यहीअनुसार काम पनि भयो । सन् १९८८ को मार्चमा दक्षिणी अङ्गोलाको एउटा गाउँ कुइटो क्वानाभालेको नाम संसारभर फैलियो । दक्षिण अफ्रिकामा त यो नाम अझ टाठो सुनियो । नेल्सन मन्डेलाको शब्दमा त्यो विजयले ‘गोरा उत्पीडनकारीहरूको अपराजयताको मिथकलाई भत्काइदियो ।’
दुई वर्षभन्दा कम समयमा रङ्गभेदी राज्यले सत्ताइस वर्षभन्दा लामो समय कैद बनाइएका मन्डेलाको रिहाइ भयो । सन् १९९४ भित्र जातिवादी राज्य पराजित भयो र नेल्सन मन्डेला दक्षिण अफ्रिकाका राष्ट्रपति बन्नुभयो ।
नेपाली अनुवादः नीरज
Leave a Reply