ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
डेङ्गु देशव्यापी फैलिएको छ । उपत्यकामा मात्र दसौँ हजार डेङ्गुबाट प्रभावित भए । दुईदर्जनभन्दा बढी डेङ्गु रोगबाट मानिसको मृत्यु भइसकेको छ । कोरोनाको कहर नसकिँदै डेङ्गु फैलिएका कारण नेपालीहरूको अवस्था झन्झन् हुँदै छ । अस्पतालका शøयाहरू डेङ्गुका बिरामीले भरिएका छन् । कोरोनाकालीन समयमा जस्तै अहिले डेङ्गुका बिरामीले निजी अस्पताल र सरकारी अस्पताल भरिएका छन् । इमरजेन्सी सेवामा एउटा शøयामा पनि चार–चार जनासम्म बिरामी बसाएर उपचार भइरहेको छ । सरकारी अस्पतालमा त शøया नभएर बिरामीहरू घरमै उपचार गर्न बाध्य छन् ।
यस्तो परिस्थितिमा आफू पनि डेङ्गु रोगबाट बच्न असफल भएँ । सम्पूर्ण सावधानीका उपायहरू अपनाउँदा पनि मलाई डेङगु रोगले समात्यो । सुरुका दिनमा मलाई हल्का ज्वरो आयो । वडा कार्यालय र पार्टीको कामको व्यस्तताले गर्दा मैले ज्वरोलाई ठेलिरहेको थिएँ । गाईजात्राको समयमा नगरपालिकाले सांस्कृतिक विधाहरूको मूल्याङ्कनमा व्यस्त भएकोले गर्दा ज्वरोले मलाई च्याप्न सकेन । तर, एकदिन बेलुकापख अलि बढी ज्वरो बढेको आभास भयो । राति एघार बजेतिर ज्वरो बढेर एक सय तीनसम्म पुग्यो । त्यसपछि राति नै तत्काल ख्वप अस्पतालको इमरजेन्सीमा पुगेँ । डाक्टरको सल्लाहअनुसार सिटोमोल खाई एक घण्टा जति आराम गरेँ । त्यसपछि ज्वरो घट्यो र डाक्टरले राति नै घर पठाए । भोलिपल्ट फेरि ज्वरो एक सय तीन पुग्यो । म पुनः ख्वप अस्पताल पुगेँ । यसपटक रगत परीक्षण गरियो । यसबाट मलाई डेङ्गु भएको पत्ता लाग्यो र तत्कालै डाक्टरले भर्ना गरी उपचार सुरु गरियो । उपचार सुरु भए तापनि मलाई धेरै जीउ दुख्न थाल्यो र ज्वरोमा पनि खासै कमी आएन । खाना नरुच्ने, शरीरका जोर्नीहरू दुख्ने, टाउको दुख्ने, बान्ता हुने लक्षणहरू देखा पर्न थाले । मेरो शरीरको तौल घट्यो र म दुब्लाएँ ।
म अस्पताल भर्ना भएको तेस्रो दिन राति दस बजेतिर मेरो मोबाइलमा एउटा मेसेज (खबर) आयो । मेसेज नौ बजे नै आएको थियो । तर, मैले दस बजेतिर औषधि खान लाग्दा मोबाइल हेरेकोले मात्र मेसेज आएको थाहा भयो । मेसेजमा लेखिएको थियो, “वडाध्यक्षज्यू, यति राति मेसेज पठाएकोमा क्षमा पाऊँ । तर, खबर गर्नु जरुरी सम्झेकोले लेखेको छु । टोलको पाटीमा एक जना ज्येष्ठ नागरिक सिकिस्त अवस्थामा बेवारिस छ । तपाईँँले आवश्यक व्यवस्था गर्नुप¥यो । तपाईँको शुभेच्छुक ।” मेसेज पढ्नासाथ मैले त्यहीँ टोलमा गत वर्ष परिवारले पाटीमा छोडेको सिजख्व भाइलाई सम्झँे । पहिला पनि यस्तै समस्यामा एकजना भाइलाई वडा कार्यालयले २२ दिन उपचार गरेर बचाएर ल्याएका थियौँ । फेरि त्यस्तै समस्या आयो भन्ने लाग्यो । मैले तुरुन्तै त्यस टोलको महिला कार्यकर्तालाई फोन गरेँ । फोनमा मैले त्यस महिला बहिनीलाई त्यस पाटीमा गई हेर्न र फोटो खिचेर मेसेन्जरमा पठाउन अनुरोध गरेँ । नभन्दै बहिनीले पाटीमा बेवारिस अवस्थामा सुतेको फोटो पठाइन् । त्यस लगत्तै जनप्रतिनिधि र पार्टी अग्रजहरूलाई फोन गरँे ।
बिहानै साथीहरू त्यस बिरामीलाई हेर्न गएको रिपोर्ट दिनुभयो । अस्पताल लानुपर्ने जानकारी दिनुभयो । मैले पनि चन्दा उठाउन, परिवारका व्यक्तिलाई सम्पर्क गर्न, अस्पताल भर्ना गर्न अनुरोध गरेँ । नभन्दै साथीहरूले अस्पतालमा भर्ना गर्न ख्वप अस्पताल नै ल्याउनुभयो । म आफै पनि त्यस अस्पतालमा थिएँ । तर, अस्पतालले त्यस ज्येष्ठ नागरिकलाई भर्ना गर्न मानेन किनकि बिरामीको जिम्मा लिने र कुरेर बस्ने कोही तयार थिएन । यसको कारणले अस्पतालका कर्मचारीहरूले भर्ना गर्न नमानेको मलाई खबर गर्नुभयो । मैले सीधै अस्पताल इन्चार्जलाई फोन गरेँ । उहाँले कोही जिम्मा लिन तयार नभएको र अस्पतालमा बस्न र कागजमा हस्ताक्षर गर्न नमानेको जानकारी दिनुभयो । मैले आफ्नो जिम्मामा भर्ना गर्न अनुरोध गरेँ । त्यसपछि बल्ल त्यस ज्येष्ठ नागरिकको उपचार गर्न सुरु भयो ।
म केही दिन अस्पतालमा उपचार गरेर घर फर्केँ । तर, त्यस व्यक्तिको अस्पतालमै भर्ना भई उपचार भइरहेको थियो । टोलका पार्टी कार्यकर्ताहरू पालैपालो अस्पतालमा हेर्न गएका थिए । उसको नजिकका भतिजाहरूले पालैपालो खाना खुवाउन गएका रहेछन् । यो खबरले म खुसी भएँ । तर, केही दिनपछि साथीहरू अस्पतालमा कुर्न जान दिक्क मान्न थालेजस्तो लाग्यो । अस्पताल प्रशासनले मलाई कोही कुर्न नआएको जानकारी दियो । जो भए पनि एक जना पठाउनको लागि अनुरोध गरेँ । तर, साथीहरूले हुन्छ, जान्छु भनी जवाफ दिए । तर, कोही पनि अस्पताल नगएको खबर प्राप्त भयो । सायद साथीहरूलाई पनि धेरै दिन भएकोले अलि गाह्रो भयो होला भनी अनुमान गरेँ । तर, भतिजाहरूले निरन्तर खाना खुवाउने काम गरिरहे ।
बिरामी भएकोले वडा कार्यालय नगएको पनि एक हप्ताभन्दा बढी भइसकेको थियो । त्यहीँ भएर मलाई अलि गाह्रो भए पनि वडा कार्यालयमा गई काम गर्न सुरु गरँे । कुर्सीमा बसेको केही बेरपछि अस्पताल प्रशासनले फेरि फोन गर्नुभयो र भन्नुभयो, “तपाईँको बिरामी निको भयो । धेरै दिन अस्पतालमा उपचार भयो । अब घर लानुस् । जो भए पनि एक जनालाई पठाई दिनुस् । अब अवस्था राम्रो भइसकेको छ ।” यो कुरा सुनेर म खुसी भएँ । मैले फोनमा नै जवाफ फर्र्काएँ, “हुन्छ, म जसलाई भए पनि डिस्चार्ज गर्न पठाउँछु ।” मैले तुरुन्त त्यस टोलका एकजना पार्टी कार्यकर्तालाई फोन गरेँ र बिरामीलाई लिन जान अनुराधे गरँे । उहाँले छलफल गर्नुपर्छ भनी जवाफ दिनुभयो । त्यसपछि अर्को साथीलाई फोन गरेँ । उहाँले हुन्छ म लिन जान्छु भन्नुभयो । त्यसपछि म ढुक्क भएँ । तर, बेलुका फेरि अस्पतालको इन्र्चाजले फोन गर्नुभयोे । फोन उठाएपछि मलाई निकै नरमाइलो लाग्यो । साथीहरू किन अस्पताल जान गाह्रो मान्नेको होला । सायद अस्पतालबाट डिस्चार्ज गर्दा पैसा तिर्नु पर्ला भनी डराएको अनुभव गरेँ । त्यसपछि बिरामीका भतिजालाई फोन लगाएँ । उहाँले भोलि बिहान लिन जान्छु भनी जवाफ दिनुभयो । त्यसपछि म ढुक्क भएर सुतेँ । भोलिपल्ट दस बजे अस्पताल इन्र्चाजले फेरि फोन गरी कोहीँ नआएको जानकारी दिनुभयो । मलाई नमज्जा लाग्यो । अब त अस्पताल प्रशासनले मलाई मात्र नभई अरू जनप्रतिनिधिलाई पनि फोन गरेको खबर आयो । वडामा पनि सेवाग्राहीहरूको भिड लागेकोले मैले अरूलाई लिन जानको लागि अनुरोध गर्न सकिनँ । बेलुका फेरि अस्पतालको इन्चार्जले मलाई फोन गर्नुभयो र कोहीँ लिन नआएको जानकारी गराउनुभयो ।
भोलिपल्ट मैले अस्पताल भर्ना गर्न लाने जनप्रतिनिधिलाई बिरामीको अवस्था र कोहीँ पनि डिस्चार्ज गरेर अस्पतालबाट फिर्ता ल्याउन तयार नभएको बताएँ र उहाँलाई लिन जान अनुरोध पनि गरेँ । उहाँले आफू अहिले नै बिरामीलाई लिन जाने जानकारी दिनुभयो । उहाँले बाइक भएको कोहीँ व्यक्ति पठाइदिन अनुरोध गर्नुभयो । आफूलाई अलि ठीक भएकोले दुवै जना जाऊँ भनी अनुरोध गरेँ । अस्पताल जानुअघि त्यस बिरामी भाडामा बस्ने गुठीयारसँग म भेट्न गएँ । उहाँले सीधै गुठी घरमा बिरामीलाई राख्न नसक्ने र बिरामी तल माथि भएमा कसले जिम्मा लिने भनी प्रश्न तेस्र्याउनुभयो । मैले भनेँ, “बिरामीको अवस्था निकै सुधार भइसकेको डाक्टरले जानकारी दिएका छन् । फेरि बिरामी अवस्थामा कोठामा नराख्नु भनेको अन्याय हुन्छ । नियमित भाडा तिरिरहेको हुँदा कमसेकम एक महिना भए पनि राख्नुपर्दछ । बरु बिरामी पूरै निको भएपछि अर्को कुनै उपाय गरेर अर्को घरमा राख्न लानु राम्रो होला । आजलाई यही कोठामा राख्नुबाहेक अर्को विकल्प छैन ।” कुराकानीकै क्रममा टोलवासीहरू कोहीँ बिरामीलाई यहाँ ल्याउन नहुने र पाटीमा राख्नुपर्ने भन्न थाले भने कोहीँ अर्कै घरमा लान अनुरोध गर्दै थिए । कोहीँ बिरामीलाई गाली गर्दै थिए । मैले बिरामीलाई कमसेकम एक महिना यही कोठामा राख्न अनुरोध गरेँ । त्यसपछि दुवै जना अस्पताल गएर लागेको खर्च तिरेर त्यस ज्येष्ठ नागरिकलाई गुठीको घरमा ल्याएँ ।
त्यस ज्येष्ठ नागरिकको आफ्नै घर नभएकोले गुठीको घरमा भाडामा बसिरहेको रहेछ । गुठीयारहरूले पनि बिरामी तलमाथि होला कि भनी चिन्ता लिएको कारण बिरामीलाई अन्तै राख्ने कि भनी प्रस्ताव राखे । हामीले बिरामीलाई गुठीको कोठामा नै राख्यौँ । आवश्यक औषधिको व्यवस्था पनि गरियो । साथै भतिजाहरूलाई पालैपालो खानाको व्यवस्थापन गर्न अनुरोध गरँे । वडाको नर्स र स्वयम्सेविका बहिनीलाई पनि नियमित औषधि खुवाउन र हेर्न जानको लागि अनुरोध गरेँ ।
बिरामीलाई घर ल्याएको धेरै दिनसम्म खासै सुधार देखिएन । म पनि दैनिकजस्तै हेर्न गएँ । वडाको घरदैलो गर्ने नर्स तथा स्वयम्सेविका पनि दिनहुँजस्तै औषधि खुवाउन र चेकअप गर्न गएकी थिइन् । भतिजाहरू नियमित खाना पु¥याउन गए तापनि बिरामीमा खासै सुधार भएन । सम्भवतः बिरामी बसेको कोठाले पनि सुधार नभएको अनुभव भयो । कोठामा उज्यालो पुग्दैनथ्यो । प्रकाश निकै कममात्र आउँथ्यो । गल्लीभित्रको घर भएकोले पनि सायद यस्तो भएको थियो । सरसफाइ भएन । दिनभरि स्याहार गर्ने कोही भएन । यसले गर्दा बिरामीमा सुधार नदेखिएको गुनासो आयो । टोलमा चर्चाको विषय बन्न गयो । त्यसपछि आश्रममा राख्न लानुपर्ने चर्चा भयो ।
एक दिन भतिजाले मलाई खाना खुवाउन र सरसफाइ गर्न गाह्रो भएको गुनासो गर्नुभयो । उहाँले पनि आश्रममा लान पाए हुने अनुरोध गर्नुभयो । मैले भक्तपुरकै एउटा आश्रममा सम्पर्क गरेँ र आश्रमको अवस्था हेर्न पनि गएँ । आश्रम सञ्चालकले सहर्ष बिरामीलाई ल्याउन अनुरोध गर्नुभयो । त्यसपछि त्यस ज्येष्ठ नागरिकलाई आश्रममा लानको लागि एक दिन बिहान वडावासीहरूको बैठक बोलाएँ । तर, बैठकमा आधी पनि सहभागी भएनन् । सम्भवतः त्यस ज्येष्ठ नागरिक समाजप्रति गैरजिम्मेवार र आफ्नो निजी स्वार्थमात्र हेर्ने प्रकृतिको भएकोले होला जस्तो लाग्यो । जीवनभर समाज र देशप्रति नसोच्ने र आफ्नो निजी स्वार्थ र भएको सम्पत्ति सबै बेचेर खाएको कारण त्यस व्यक्तिप्रति समाजको वितृष्णा भएकै कारणले वडाको बैठकमा सहभागी कम भएको गुनासो सुनियो ।
बैठकमा हाम्रै टोलको ज्येष्ठ नागरिकलाई धेरै दिन अस्पतालमा उपचार गरेको र कोठामा दसौँ दिन राख्दा पनि कुनै सुधार नभएकोले आवश्यक छलफल गर्न बैठक बोलाएको जानकारी दिएँ । साथै वडा नर्स, स्वयम्सेविका र भतिजाहरूको निरन्तर प्रयास हुँदा पनि बिरामीको अवस्था सुधार नभएकोले गर्दा त्यस ज्येष्ठ नागरिकलाई अस्रममा लाने कि भनी राय लिन बैठक बोलाएको अनुरोध गरेँ । बैठकमा आ–आफ्नो राय दिन दिन अनुरोध गरेँ । पालैपालो बोल्ने क्रममा भतिजाले भन्नुभयो, “आश्रममा लाने राम्रै कुरा हो । हामीले धेरै दिन हेरविचार ग¥यौँ । तर, आश्रममा लाँदा मलाई जिम्मेवारी लिन गाह्रो हुन्छ ।” अर्कोले भन्नुभयो, “यस ज्येष्ठ नागरिकका भान्जाहरू एक जना काठमाडौँ र एकजना भक्तपुरमा नै बस्छन् । मोबाइल नम्बर लिनुस् र फोन गर्नुस् । उनीहरूलाई आश्रममा लाने पनि जानकारी गराउनुपर्दछ र जिम्मेवारी पनि बनाउनुपर्दछ ।” उहाँको कुरामा सबैले समर्थन गरे । मैले पनि भान्जाहरूको नम्बर लिएँ र पालैपालो फोन गरेँ । भान्जाहरूले गैरजिम्मेवारीपूर्वक जवाफ दिए ।
भान्जाहरूको बेवास्तापछि हामीले ज्येष्ठ नागरिकलाई वडा कार्यालयको रोहवर र निगरानीमा आश्रममा राख्न लाने निर्णय भयो । त्यसपछि मैले बैठकलाई समापन गरँे । त्यस दिन कार्यव्यस्तताले गर्दा त्यस ज्येष्ठ नागरिकलाई आश्रम लान पाएन । भोलिपल्ट प्रथम प्रहरमा नै सचिवलाई त्यस नागरिकको कोहीँ नभएको, घरमा पनि हेर्ने कोहीँ नभएको र आर्थिकरूपमा पनि धेरै विपन्न भएको सिफारिस बनाएँ । त्यसपछि वडा नर्स, स्वयम्सेविका र जनप्रतिनिधिलाई लिएर म त्यस ज्येष्ठ नागरिकको कोठामा पुगँे । टोलवासीहरू झ्यालबाट कोहीँ आँगनमा बसेर त कोहीँ पसलमा बसेर हेर्दै थिए । हामीले त्यस ज्येष्ठ नागरिकलाई एउटा भ्यानमा राख्यौँ र उसका सबै सामानहरू पनि राख्यौँ । टोलमा मानिसहरू एक आपसमा भलाकुसारी गर्दै थिए । हामीले भ्यानलाई अगाडि बढायौँ । आश्रममा त्यस नागरिकलाई राखेर आयौँ ।
Leave a Reply